Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

येशूलाई याकूब र यूहन्नाले बिन्ती चढाए कि तिनीहरूकी आमाले ?

ख्रीष्टको राज्यमा याकूब र यूहन्नालाई उहाँको दाहिने र देब्रे हातपट्टि बस्न दिइओस् भनी याकूब र यूहन्नाले बिन्ती गरे (मर्कूस १०:३५) वा तिनीहरूकी आमाले (मत्ती २०:२०) ? मत्तीको विवरणअनुसार याकूब र यूहन्नाकी आमाले उक्त बिन्ती चढाइन्, “तब जब्दियाका छोराहरूकी आमाले आफ्ना छोराहरूलाई साथमा लिई उहाँको सामुन्ने घुँडा टेकी उहाँसँग बिन्ती गरिन् …

Read More »

बाइबल— अविनाशी पुस्तक

डायोक्लिसन रोमका सम्राट् थिए जसले ख्रिस्टाब्द २८४-३०५ सम्म शासन गरे । आफ्नो शासनकालमा तिनले ख्रीष्टियानहरूमाथि उग्र सतावट खन्याए । इतिहासकार युसेबियसले तिनको बारेमा लेखेका छन्, “जताततै राजकीय उर्दीहरू प्रकाशित गरिए जसअनुसार मण्डलीहरू पूर्ण रूपमा भत्काइनुपर्थ्यो भने बाइबल धर्मशास्त्रहरू आगोद्वारा नष्ट गरिनुपर्थ्यो ।”[i] कसैको हातमा बाइबलको प्रति फेला पारिएको खण्डमा जलाइनलाई …

Read More »

बाइबल— अनेकतामा एकता भएको

संसारका सबै पुस्तकमध्ये बाइबल विविध क्षेत्रहरूमा फरक छ । तीमध्ये एउटा क्षेत्र हो, बाइबलको एकत्व । पुरानो करारमा उनन्चालिस र नयाँ करारमा सत्ताइसवटा गरी बाइबलमा जम्माजम्मी छैँसट्ठी ओटा पुस्तक छन् । पञ्चग्रन्थ भनेर चिनिने मोशाद्वारा लिखित बाइबलका अगिल्ला पाँचवटा पुस्तक (उत्पत्ति-व्यवस्था) सम्भवत: १४०० ख्रिस्टपूर्वतिर लेखिए । प्रकाशको पुस्तक बाइबलको सबैभन्दा …

Read More »

बाइबल— संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तक

संसारमा सबैभन्दा बढी पढिने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी बिक्री-वितरण हुने पुस्तक कुन हो ? संसारमा सबैभन्दा बढी प्रचार-प्रसार हुने पुस्तक कुन हो ? यी सबैको जवाफ हुन्छ, बाइबल । चाहे आख्यान होस् वा आख्यानेतर अन्य कुनै पनि पुस्तक प्रचार-प्रसारमा बाइबलको नजिक पनि आएको छैन । हरेक वर्ष …

Read More »

बाइबल— संसारमा सबैभन्दा धेरै भाषामा अनुवाद गरिएको पुस्तक

एक भाषाको विषयवस्तुलाई अर्कोमा रूपान्तरित गर्ने कामलाई अनुवाद भनिन्छ ।[i] हिब्रू, आरमेइक र ग्रिक गरी बाइबललाई तीनवटा मूल भाषामा लेखिएको थियो तर आज हजारौँ भाषामा बाइबलको वचन उपलब्ध छ । विकिपिडियाअनुसार अक्टोबर २०१८ सम्ममा पूरै बाइबललाई ६८३ ओटा भाषामा, नयाँ करारलाई थप १,५३४ ओटा भाषामा र यसका अंशहरूलाई थप १,१३३ …

Read More »

ख्रीष्टियान शिक्षाको नतिजास्वरूप हटेका ७ ओटा कुरीति

अज्ञानता, अन्धविश्वाससाथै आस्थाजस्ता विविध कारणहरूले गर्दा मानव-जातिले इतिहासमा मनग्गे कुरीतिहरूको अभ्यास गरे । यहाँ यस्ता सातवटा कुरीतिको बारेमा चर्चा गरिएका छन् जुन मूलतः ख्रीष्टियान शिक्षाको नतिजास्वरूप हटे । (१) ग्ल्याडिएटरवाद प्राचीन रोममा खेलिने यो एउटा यस्तो डरलाग्दो खेल थियो जसमा मान्छेले मान्छेको ज्यान लिन्थ्यो । उक्त खेलको नाउँ हो, ग्ल्याडिएटरवाद …

Read More »

येशू यस धरतीमा किन आउनुभयो— तरवार चलाउन वा शान्ति ल्याउन ?

येशू यस धरतीमा तरवार चलाउन आउनुभयो (मत्ती १०:३४) कि शान्ति ल्याउन (यूहन्ना १४:२७) ? मत्ती १०:३४ मा प्रभु येशूले भन्नुभयो, “म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भनी नठान । शान्ति ल्याउन होइन, तर तरवार चलाउनलाई म आएको हुँ ।” जब कि अर्को ठाउँमा येशूले भन्नुभएको छ, “शान्ति म तिमीहरूसँग छोडिराख्छु …

Read More »

हाम्रा स्वर्गीय पिताको प्रेम-पत्र

मेरा छोरा तथा छोरी, तिमी मलाई चिन्दैनौ तर म तिम्रो बारेमा सबै कुरा जान्दछु (भजनसंग्रह १३९:१) । तिमी कहिले बस्छौ र उठ्छौ भनी म जान्दछु (भजनसंग्रह १३९:२) । म तिम्रा सबै आचरणसित परिचित छु (भजनसंग्रह १३९:३) । मैले तिम्रो शिरका सबै केश पनि गनेको छु (मत्ती १०:२९-३१) । किनभने तिमी …

Read More »

नोकरको चङ्गाइको निम्ति बिन्ती गर्न को गए— कप्तान वा धर्म-गुरुहरू ?

कप्तानको नोकरको चङ्गाइको निम्ति येशूलाई बिन्ति गर्न को गए— कप्तान आफै (मत्ती ८:५) वा यहूदी धर्म-गुरुहरू (लूका ७:३) ? एक पटक येशू कफर्नहुममा प्रवेश गर्नुहुँदा उहाँलाई एक जना कप्तानको नोकरको चङ्गाइको लागि बिन्ति गरियो । यो कथालाई मत्ती (८:५-१३) र लूका (७:१-१०) दुई जना सुसमाचारीय लेखकले अभिलिखित गरेका छन् । …

Read More »

यहूदा इस्करियोत कसरी मर्यो— आत्महत्याबाट वा भुँडी फुटेर ?

मत्तीको विवरणअनुसार यहूदा इस्करियोतले आत्महत्या गर्‍यो (मत्ती २७:१-५) भने प्रेरितको पुस्तकअनुसार त्यसको भुँडी फुट्यो (प्रेरित १:१८) । यी दुईवटा खण्डलाई तुलनात्मक रूपमा अध्ययन गर्दा के यी बेमेल देखिँदैनन् र ? वास्तवमा यहूदा इस्करियोतको मृत्यु कसरी भयो ? यहूदा इस्करियोतको मृत्युको सम्बन्धमा मत्तीले लेखेका छन्, “तब चाँदीका ती सिक्काहरू मन्दिरमा फ्याँकेर …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle