Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

कार्यकारणभावमूलक तर्क भनेको के हो ?

कार्यकारणभावमूलक अङ्ग्रेजी cosmological  को अनुवाद हो । यो ग्रिक शब्द कस्मोसबाट आउँछ, जसको अर्थ हुन्छ, “संसार” वा “विश्व” । तसर्थ, कार्यकारणभावमूलक तर्क भनेको विश्वको आरम्भबाटको तर्क हो । यसलाई विश्वविज्ञानगत तर्क पनि भनिन्छ । विश्व (अर्थात् युनिभर्स) अहिले अस्तित्वमा छ भन्ने तथ्यलाई कसैले इन्कार गर्न सक्दैन । शून्यताबाट केही कुरो …

Read More »

पृथ्वीको व्यवस्थित रचनाले केलाई अङ्कित गर्छ ?

पृथ्वी हाम्रो सौर्य मण्डलको सूर्यबाट तेस्रो ग्रह हो । हालसम्मको मानवीय ज्ञानअनुसार यो मात्र एउटा यस्तो पिण्ड हो जसमा जीवको अस्तित्व छ । यस अद्भुत ग्रहको बारेमा कतिपय रहस्यहरू उजागर हुन बाँकी भए तापनि पत्ता लगाइएका तथ्यहरूले पनि हामीलाई छक्क पार्छन् । १. तपाईंले कुनै अफिसको टेबुलमा राखिएको ग्लोबलाई देख्नुभएको …

Read More »

के मानवीय दिमागले बुद्धिमान् रचनाकारलाई अङ्कित गर्दैन र ?

मानवीय दिमाग पृथ्वीमा मात्र नभई सम्भवत: विश्वमा नै विद्यमान सबैभन्दा जटिल संरचना हो । यो खप्परभित्र भएको भौतिक संरचना हो । यो रासायनिक पदार्थ, एन्जाइम र हर्मोनहरूद्वारा बनेको हुन्छ जसलाई नाप्न र विश्लेषण गर्न सकिन्छ । जम्मा तीन पाउन्ड तौल भएको यो मानवीय दिमाग यति सानो ठाउँ भए तापनि यसमा …

Read More »

नैतिक नियमको तर्क भनेको के हो ?

नैतिक नियमको तर्कको जरा रोमी २:१२–१५ मा गडेको छ, जहाँ बताइएको छ कि ह्रदयमा लेखिएको व्यवस्थाको कारणले कुनै मानिसलाई बहाना छैन । दार्शनिक इम्मानुएल कान्टको समयदेखि यस तर्कलाई विभिन्न ढाँचामा प्रस्तुत गरिएको छ । तर सी. एस. लेविसद्वारा लिखित चर्चित पुस्तक मेएर क्रिस्चियानिटीमा प्रस्तुत रूप नै सबैभन्दा प्रसिद्ध छ । …

Read More »

सोद्देश्यमूलक तर्क भनेको के हो ?

सोद्देश्यमूलक अङ्ग्रेजी teleological को अनुवाद हो । यो ग्रिक शब्द telos बाट आउँछ जसको अर्थ हुन्छ, “उद्देश्य” वा “रचना” । विश्वको चारैतिर हेर्दा हामी पाउँछौं कि यो अविश्वसनीय रूपमा विचित्र, योजनाबद्ध, व्यवस्थित र सोद्देश्यमूलक छ । विश्व अस्तित्वमा मात्रै छैन, तर यो भद्रगोल नभई व्यवस्थित रचना भएकोले यसको पछाडि रचनाकार …

Read More »

७ जना नास्तिक जो प्रसिद्ध ख्रीष्टियान अगुवा बने

इतिहासमा मनग्गे नास्तिकहरू ख्रीष्टियान भएका छन् जसमध्ये यहाँ ७ जनाको चर्चा गरिएको छ । (१) रबी जकरिया— असफल आत्महत्याको प्रयासदेखि सुप्रसिद्ध वक्तासम्म १७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् …

Read More »

यो सम्पूर्ण विश्व कहाँबाट आयो ?

म ललितपुर जिल्लामा बस्छु । ३ नम्बर प्रदेशमा भएका १३ ओटा जिल्लामध्ये एउटा जिल्लाको नाम हो, ललितपुर । हाम्रो प्रदेश पनि नेपालका ७ ओटामध्ये एउटा हो । एसियामा भएका ४८ ओटा देशमध्ये एउटा देशको नाउँ हो, नेपाल । एसिया पनि पृथ्वीमा भएका ७ ओटा महादेशमध्ये एक हो । पृथ्वी पनि …

Read More »

जीव जननको नियम भनेको के हो ?

चार्ल्स डार्बिन (ख्रिस्टाब्द १८०९-१८८२) द्वारा प्रतिपादित विकासवादी सिद्धान्त उन्नाइसौँ शताब्दीका वैज्ञानिकहरूका माझमा सम्भाव्य जस्तो देखिए तापनि बिसौँ शताब्दीमा जीव विज्ञानबारे भएका नयाँ-नयाँ खोजहरूले यसलाई गतिलै झट्का दिएका छन् । अलौकिक हस्तक्षेपविना नै जीवलगायत सारा विश्वको व्याख्या गर्ने प्रयास हो प्रकृतिवादी विकासवाद । यस परिकल्पनालाई अङ्गाल्नेहरूले कम सेकम एक पटक निर्जीव …

Read More »

रेडियोबाट बजेको ख्रीष्टियान गीतले आत्महत्या रोक्यो

शैतानको चिप्लाइ नाम गरेको चट्टानको एउटा छेउमा बिल मान्सोडरले आफ्नो कार रोके । सन्त फ्रान्सिस्कोदेखि झन्डै पच्चिस माइल दक्षिणमा पर्ने यो भिर दुई सय फिट उचाइमा रहेको थियो । आत्महत्याको लागि यो नै उपयुक्त ठाउँ हो भनी बिलको ठम्याइ रहयो । भोलिपल्ट बिहान तिनी घरमा एकलै थिए । आफ्नो पाप …

Read More »

मिसनरीको सुसमाचारद्वारा डरलाग्दो हत्याराको परिवर्तन

ख्रिस्टाब्द १७९५ मा स्कटल्यान्डमा जन्मेका रोबर्ट मोफाट उन्नाइसौँ शताब्दीमा अफ्रिकामा मिसनरी भएर जाने प्रभुका साहसिला सेवक हुन् । तिनी विश्वविख्यात मिसनरी डेभिड लिभिङ्गस्टोनका ससुरा थिए । दक्षिण अफ्रिकामा ५० वर्षभन्दा बेसी समय बिताएका मोफाटले उक्त देशको बेखुनास नामक आदिवासीको भाषामा बाइबललाई अनुवाद गरे । मोफाटले जुन ठाउँमा सुसमाचार लिएर गएका …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle