Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

येशू याकूबको वंशमा जन्मनुहुँदा १,३०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

गन्ती २२-२४ अध्यायहरूमा गैरइस्राएली अगमवक्ता बालामको कथा पाइन्छ । तिनका सातवटा प्रवचन अर्थात् ईश्वरवाणीमध्ये तेस्रो (गन्ती २४:५-९) र चौथो (गन्ती २४:१७-१९) खास गरी उल्लेखनीय छन् किनकि यी खण्डहरू मसीहसित सम्बन्धित छन् भनी लामो समयदेखि अर्थ खोलिएको छ । अगमवक्ता बालामले भने, “म उहाँलाई देख्‍छु, तर अहिले त होइन । म …

Read More »

येशू अब्राहामको सन्तान भएर जन्मनुहुँदा २,००० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

मोशापछि नयाँ करारमा पुरानो करारबाट सबैभन्दा धेरै पटक उल्लेख गरिएको नाउँ हो, अब्राहाम । उत्पत्ति ११:२६ मा पहिलो पटक तिनको उल्लेख गरिएको छ । उत्पत्ति १२-२५ अध्यायसम्म तिनको बारेमा सबिस्तार वर्णन पाइन्छ । अब्राहामलाई ‘परमेश्वरका मित्र’ भनिएको छ (याकूब २:२३) जुन उपाधी अन्य कुनै पनि बाइबलीय पात्रलाई दिइएको छैन । …

Read More »

येशू यिशैको वंशमा जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

यिशै इस्राएलका महान्‌तम राजा दाऊदका पिता थिए । यिशै ओबेदका छोरा थिए भने रूथ र बोअजका नाति । तिनी यहूदाको बेथलेहेममा बस्थे र यहूदाको कुलका थिए । बेथलेहेमका परिचित बासिन्दा तिनी कृषक थिए र तिनले भेडा-बाख्राहरू पाल्थे । यिशै इस्राएलकै सर्वाधिक परिचित राजा दाऊदका पिता भएकाले र येशूको वंशावलीमा तिनको …

Read More »

येशू दाऊदको वंशमा जन्मनुहुँदा १,००० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

दाऊद पुरानो करारका एक महत्त्वपूर्ण पात्रसाथै संयुक्त इस्राएल राज्यका द्वितीय राजा थिए जसले इस्राएलमाथि ४० वर्ष (करिब १०१०-९७० ख्रिस्टपूर्व) सम्म राज्य गरे । २ शमूएल ७ अध्यायमा पुरानो करारकै एउटा महत्त्वपूर्ण भविष्यवाणी पाइन्छ जसअनुसार दाऊद आफ्नो महलमा सुरक्षित थिए र चारैतिरका शत्रुहरूबाट तिनले विश्राम पाएका थिए । नातान अगमवक्ता राजा …

Read More »

येशूको जन्मवरिपरि भएका ७ ओटा घटना

चारवटा सुसमाचारमध्ये मत्ती र लूकाले येशूको जन्मको बारेमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् (मत्ती १:१८-२:२३; लूका १:२६-५६; २:१-४०) । यी विवरणहरूलाई नियाली मुक्तिदाता येशूको जन्मको वरिपरि भएका ७ ओटा घटनालाई हामी सङ्क्षिप्त रूपमा ध्यान दिने छौँ । यहाँ ती घटनाहरूलाई क्रमैसँग राखिएका छन् । १. योसेफ र मरियमको मगनी …

Read More »

येशू यहूदाको कुलमा जन्मनुहुँदा १,७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

याकूबको मृत्यु हुनुअगि तिनले आफ्ना छोराहरूलाई डाकी तिनीहरूको बारेमा विविध भविष्यवाणीमूलक आशिष्‌हरू दिए । आफ्ना काहिँला छोरा यहूदाको सम्बन्धमा तिनको वचन यस्तो थियो, “यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बीचबाट हट्‌नेछैन, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । र जातिहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌” (उत्पत्ति ४९:१०) । येशूको जन्मभन्दा झन्डै …

Read More »

येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग २)

हिजो यस साइटमा येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग १) भन्ने शीर्षकमा एउटा रचना पोस्ट गरिएको थियो । यो आलेख त्यसैको निरन्तरता भएकोले यसलाई भाग २ भनिएको हो । येशू ख्रीष्टको जन्मबारे उपलब्ध बाइबलीयसाथै बाइबलेतर विवरणहरूलाई विश्लेषण गर्दा अधिकांश बाइबल विद्वान्‌हरूको बुझाइअनुसार येशू ख्रीष्ट ६-४ ख्रिस्टपूर्वको बिचमा जन्मनुभएको थियो भनी …

Read More »

येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग १)

यो आलेख मूलतः येशू ख्रीष्ट कुन सालतिर जन्मनुभयो र त्यसको निर्धारणको लागि के-कस्ता विधिहरूको प्रयोग गरिन्छन् भन्ने कुरासित सम्बन्धित भएकोले यहाँ डिसेम्बर २५ लाई किन येशूको जन्मोत्सवको रूपमा मनाइन्छ भनी चर्चा गरिने छैन । चारवटा सुसमाचारीय पुस्तक (मत्ती, मर्कूस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक भरपर्दा जीवनीहरू मात्र …

Read More »

येशू बेथलेहेममा जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

मीकाले भविष्यवाणी गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ” (मीका ५:२) । मीका एक अगमवक्ता थिए जसले करिब ७३७-६९६ ख्रिस्टपूर्वको बिचमा यहूदामा भविष्यवाणी गरे । तिनी यशैया, आमोस …

Read More »

बालक येशूलाई भेट्न आउने ज्योतिषीहरू को थिए ?

यो सालको ख्रिस्टमस नजिकिँदै छ । हिजो हामीले यस साइटमा ख्रिस्टमसको तारा (जसलाई बेथलेहेमको तारा पनि भनिन्छ) को पहिचानको सम्बन्धमा अध्ययन गर्‍यौँ । ख्रिस्टमसको मौसममा ताराको विषयमा मात्र नभएर बालक येशूलाई भेट गर्न आउने ज्योतिषीहरूको पनि चर्चा हुने गर्दछ । यो रचना ती ज्योतिषीहरूको पहिचान, तिनीहरूको स्थान र प्राचीन प्यालेस्टाइनमा …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle