Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

ख्रिस्टमसको तारा वास्तवमा के थियो (मत्ती २:१-१२) ?

ख्रिस्टमसको ताराको विषयमा मत्ती २:१-१२ मा अभिलिखित गरिएको छ । ख्रिस्टमसको तारालाई बेथलेहेमको तारा पनि भनिन्छ जसले ज्योतिषीहरू (“बुद्धिमान् मानिसहरू” भनेर अनुवाद गर्नु बढी मुनासिब हुन्छ कि ?) लाई येशू अर्थात् मसीहको जन्मबारे अवगत गरायो । मत्तीको सुसमाचारअनुसार ती ज्योतिषीहरूले पूर्वमा एउटा तारा देखे जसले तिनीहरूलाई यरूशलेम आउन प्रेरित गर्‍यो …

Read More »

येशू— जसले साधारण जीवन जिउनुभयो तर असाधारण प्रभाव पार्नुभयो

दुई हजार वर्षअगि एउटा दुर्गम गाउँमा एउटा निम्न स्तरकी स्त्रीबाट अलौकिक ढङ्गमा एउटा बालकको जन्म भयो । उहाँ अर्को गाउँमा हुर्कनुभयो जहाँ उहाँले सिकर्मीको रूपमा काम गर्नुभयो । उहाँ गरिबीमा बाँच्नुभयो । आफू बाँचेको मुलुकको सिमाना उहाँले जीवनमा एक पटक मात्र पार गर्नुभयो । उहाँसँग न धन-सम्पत्ति थियो न त …

Read More »

बेथलेहेम— जहाँ संसारका मुक्तिदाता जन्मनुभयो

मुक्तिदाता प्रभु येशू बेथलेहेममा जन्मनुभएकोले यो ठाउँ सारा दुनियाँमा मुक्तिदाताको जन्म स्थानको रूपमा प्रसिद्ध छ । बेथलेहेमको अर्थ हुन्छ, “रोटीको घर ।” यरूशलेमदेखि करिब १० किलोमिटर दक्षिण-पश्चिममा पर्ने यो सहरलाई पहिले एप्रात (उत्पत्ति ४८:७) वा एप्राता (मीका ५:२) भनिन्थ्यो । बाइबल धर्मशास्त्रमा पहिलो पटक उत्पत्ति ३५:१६ मा यसको उल्लेख भएको …

Read More »

कन्याबाट येशूको जन्मको लागि ७ ओटा साक्षी

सीएनएनद्वारा प्रसारण हुने ल्यारी किङ्ग लाइभ नामक कार्यक्रम सीएनएनको सबैभन्दा लामो समयसम्म चलेको र सबैभन्दा बेसी हेरिएको कार्यक्रम हो । ख्रिस्टाब्द १९८५–२०१० सम्म चलेको यस कार्यक्रमलाई हरेक रात १० लाखभन्दा बढी दर्शकले हेर्ने गर्थे ।[i] यस कार्यक्रमका सञ्चालक ल्यारी किङ्गलाई एक पटक सोधियो, “सारा इतिहासबाट कुनै एक जना व्यक्तिलाई अन्तर्वार्ताको …

Read More »

के परमेश्वरको लागि कन्याबाट येशूको जन्म मामुली कुरो होइन र ?

७९ प्रतिशत अमेरिकीले येशू कन्याबाट जन्मनुभयो भनेर विश्वास गरे तापनि दार्शनिक विलियम लेन क्रेगको लागि तिनी जवान छँदा ख्रीष्टियान विश्वासमा आउनको लागि त्यो अवरोध बनेको थियो । तिनले भने, “मेरो विचारमा यो वाहियात कुरो थियो । कन्याबाटको जन्म साँचो हुनको लागि मरियमको डिम्बमा शून्यताबाट y क्रोमोजोमको रचना भएको हुनुपर्थ्यो । …

Read More »

इस्लाम धर्मअनुसार पनि येशू कन्याबाट जन्मनुभयो

इस्लाम संसारको दोस्रो ठुलो धर्म हो । पहिलो ख्रीष्टियान हो । संसारका ५२ ओटा देशमा बाहुल्यता रहेको इस्लाम धर्मका अनुयायीहरू खास गरी एसिया र अफ्रिकामा बस्दछन् । संसारको जम्मा जनसङ्ख्याको झन्डै २३% (करिब १ अरब ५८ करोड) मानिसहरूले यस धर्मलाई अङ्गाल्छन् । मुहमदद्वारा स्थापित इस्लाम धर्म ख्रिस्टाब्द सातौँ शताब्दीको पूर्वाद्धमा …

Read More »

येशूको जन्मबारे भएको पानथेराको कथा के हो ?

कन्याबाट येशूको जन्मबारे नकारात्मक तर्कहरू पनि छन् । यस्तो अवधारणा ख्रीष्टियान शिक्षाका वैरीहरूसाथै यहूदीहरूले रचेका हुन् । यस तर्कलाई कुनै पनि हालतमा नकारात्मक रूपमा नबुझ्न यी पङ्क्तिकार पाठकलाई विनम्र अनुरोध गर्दछन् । यो तर्कलाई यहाँ उल्लेख गर्नुको उद्देश्य यति मात्र हो कि मण्डलीको प्रारम्भिक दिनहरूमा नै येशूको जन्मको प्रकृतिबारे बाहिरी …

Read More »

येशू किन दुई हजार वर्षअगि आउनुभयो ?

येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ जो करिब ४ ख्रिस्टपूर्वमा जन्मनुभएको थियो । साढे तेत्तिस वर्ष यस धरतीमा रहनुभई उहाँ यस ग्रहबाट बिदा हुनुभयो । नयाँ करारका चारवटा सुसमाचार उहाँको बारेमा बताउने सर्वाधिक विश्वसनीय र अगिल्ला जीवनीहरू हुन् । येशू किन करिब दुई हजार वर्षअगि आउनुभयो ? किन त्योभन्दा अगाडि आउनुभएन ? …

Read More »

कन्याबाट येशूको जन्मको लागि मण्डली पिताहरूको साक्षी

बाइबलमा प्रस्ट रूपमा सिकाइएको कन्याबाट येशूको जन्मसम्बन्धी सिद्धान्तलाई आदि मण्डलीका पिताहरूले पनि प्रस्ट रूपमा सिकाए । मण्डलीका पिताहरू प्राचीन समयका प्रभावशाली ख्रीष्टियान ईश्वरशास्त्रीसाथै लेखकहरू थिए । येशूको शिक्षालाई उहाँका चेलाहरूले फैलाए भने उहाँका चेलाहरूको शिक्षालाई मण्डलीका पिताहरूले । यस आलेखमा तीन जना मण्डलीका पिताको साक्षीलाई उल्लेख गरिएको छ । (१) …

Read More »

जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ

“आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी” (लूका १:३) गरेका लेखक लूकाले आफ्नो विवरणमा प्रस्तुत गरेका छन्: छैटौँ महीनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो । तिनी एउटी कन्ये–केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो । त्यस कन्येको नाउँ मरियम थियो । स्वर्गदूतले …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle