Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

येशू किन दुई हजार वर्षअगि आउनुभयो ?

येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ जो करिब ४ ख्रिस्टपूर्वमा जन्मनुभएको थियो । साढे तेत्तिस वर्ष यस धरतीमा रहनुभई उहाँ यस ग्रहबाट बिदा हुनुभयो । नयाँ करारका चारवटा सुसमाचार उहाँको बारेमा बताउने सर्वाधिक विश्वसनीय र अगिल्ला जीवनीहरू हुन् । येशू किन करिब दुई हजार वर्षअगि आउनुभयो ? किन त्योभन्दा अगाडि आउनुभएन ? …

Read More »

कन्याबाट येशूको जन्मको लागि मण्डली पिताहरूको साक्षी

बाइबलमा प्रस्ट रूपमा सिकाइएको कन्याबाट येशूको जन्मसम्बन्धी सिद्धान्तलाई आदि मण्डलीका पिताहरूले पनि प्रस्ट रूपमा सिकाए । मण्डलीका पिताहरू प्राचीन समयका प्रभावशाली ख्रीष्टियान ईश्वरशास्त्रीसाथै लेखकहरू थिए । येशूको शिक्षालाई उहाँका चेलाहरूले फैलाए भने उहाँका चेलाहरूको शिक्षालाई मण्डलीका पिताहरूले । यस आलेखमा तीन जना मण्डलीका पिताको साक्षीलाई उल्लेख गरिएको छ । (१) …

Read More »

जो जन्‍मनुहुनेछ, उहाँ पवित्र, अर्थात्‌ परमेश्‍वरका पुत्र कहलाइनुहुनेछ

“आरम्भदेखि नै सावधानीसाथ सबै कुराको खोजी” (लूका १:३) गरेका लेखक लूकाले आफ्नो विवरणमा प्रस्तुत गरेका छन्: छैटौँ महीनामा परमेश्वरले गब्रिएल स्वर्गदूतलाई गालीलको नासरत नाउँको सहरमा पठाउनुभयो । तिनी एउटी कन्ये–केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्ने एक जना मानिससँग भएको थियो । त्यस कन्येको नाउँ मरियम थियो । स्वर्गदूतले …

Read More »

जो तिनको गर्भमा हुनुहुन्छ, उहाँ पवित्र आत्माबाट हुनुहुन्छ

चारवटा सुसमाचारमध्ये मत्ती र लूकाले येशूको जन्मको बारेमा सबिस्तार वर्णनहरू उपलब्ध गराएका छन् । दुवै लेखकको दृष्टिकोण फरक–फरक भए तापनि एउटा तथ्यलाई व्यक्त गर्न भने तिनीहरूले भुलेका छैनन् । पवित्र आत्माको अलौकिक हस्तक्षेपद्वारा येशू कन्या मरियमको गर्भमा आश्चर्यमय ढङ्गमा गर्भधारण हुनुभयो भनी लेखकद्वयले प्रस्ट पारेका छन् । येशू कन्याबाट जन्मनुभएको …

Read More »

यशैया ७:१४ मा उल्लिखित ‘कन्या’ ले कसलाई जनाउँछ ?

यशैयाले भने, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ । हेर, कन्याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्माउनेछिन्, र उहाँको नाउँ इम्मानुएल राखिनेछ” (यशैया ७:१४) । यहूदाको इतिहासको विचलित घडीमा यशैयाद्वारा यो भविष्यवाणी आएको थियो । अगमवक्ताले ७३४ ख्रिस्टपूर्वमा यो भविष्यवाणी बोलेका थिए । आहाजले ७३५-७१५ ख्रिस्टपूर्वसम्म यहूदामा शासन …

Read More »

हेर, कन्‍या गर्भवती हुनेछ

मसीह कन्याबाट जन्मनुहुनेथियो भन्नाका लागि पुरानो करारमा पाइने प्रस्ट भविष्यवाणी यशैया ७:१४ हो जहाँ लेखिएको छ, “यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ । हेर, कन्‍या गर्भवती हुनेछ, र त्‍यसले एउटा छोरा जन्‍माउनेछ र उनको नाउँ इम्‍मानुएल राखिनेछ ।” यस पदमा उल्लिखित शब्द ‘कन्या’ अङ्ग्रेजी ‘भर्जिन’ को अनुवाद हो जसलाई …

Read More »

उत्पत्ति ३:१५— मसीहसम्बन्धी पहिलो भविष्यवाणी

आदम र हव्वा पापमा फसेपछि परमेश्वरले सर्पलाई भन्नुभयो, “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्” (उत्पत्ति ३:१५) । यो मसीहको बारेमा भएको पहिलो भविष्यवाणी हो । यस खण्डलाई प्रोटइभाङ्गेलियोन भनेर पनि चिनिन्छ । …

Read More »

पर्यटकहरूलाई ठग्ने उद्देश्यले अङ्ग्रेजी सिक्न चाहेका जँड्याहा ट्याक्सी ड्राइभर पास्टर बने

एसिया महादेशको दक्षिण पूर्वमा अवस्थित राष्ट्र फिलिपिन्सको राजधानी सहर मनिलामा हर्बी नाउँ गरेका मानिस बस्थे । उपद्रव गर्ने वातावरणमा हुर्केका तिनले ड्रग्सको कारोबार गर्थे । २१ वर्षकै उमेरमा तिनी अपराध गर्ने गिरोहमा मिल्न गए । तर तिनको गिरोह प्रहरीको निसानामा परेपछि तिनी ट्याक्सी ड्राइभर बने । अन्य चालकहरूले जस्तै तिनले …

Read More »

“यो विशाल विश्व कसरी आफै बन्न सक्छ ?”— वैज्ञानिक केप्लर

जोहानन केप्लर (ख्रिस्टाब्द १५७१-१६३०) जर्मनीका प्रतिभावान् गणितज्ञसाथै खगोलविद् थिए । विश्वचर्चित वैज्ञानिक सर आइज्याक न्युटनको जन्मअगि नै तिनीद्वारा प्रतिपादित विश्वव्यापी गुरुत्वाकर्षणको अवधारणाको समीप पुगेका थिए केप्लर । तिनी एक भक्त ख्रीष्टियान थिए । जीवनमा मनग्गे सङ्घर्णको अनुभूति गरेका केप्लरले आफ्नो कृति विश्वको रहस्यको निष्कर्षमा सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका …

Read More »

शौचालयमा फेला पारिएको वचनको टुक्राले परिवर्तन ल्यायो

हिएन फाम नाउँ गरेका एक जना जवान मानिसले एसियाको दक्षिण-पूर्वमा पर्ने मुलुक भियतनाममा अमेरिकी सैनिकहरूको लागि अनुवादको काम गर्थे । भियतनामको पतन भएलगत्तै फामलाई गिरफ्तार गरी झ्यालखानामा हालियो । तिनले अमेरिकीहरूलाई सहायता गरेका थिए भनी तिनलाई आरोप लागेको थियो । झ्यालखानाका हाकिमहरूले फामलाई प्रजातन्त्रको विरुद्धमा सिकाउन खोज्थे । तिनलाई दिनदिनै …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle