Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग १)

यो आलेख मूलतः येशू ख्रीष्ट कुन सालतिर जन्मनुभयो र त्यसको निर्धारणको लागि के-कस्ता विधिहरूको प्रयोग गरिन्छन् भन्ने कुरासित सम्बन्धित भएकोले यहाँ डिसेम्बर २५ लाई किन येशूको जन्मोत्सवको रूपमा मनाइन्छ भनी चर्चा गरिने छैन । चारवटा सुसमाचारीय पुस्तक (मत्ती, मर्कूस, लूका र यूहन्ना) येशू ख्रीष्टको बारेमा बताउने सर्वाधिक भरपर्दा जीवनीहरू मात्र …

Read More »

येशू बेथलेहेममा जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

मीकाले भविष्यवाणी गरे, “तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ” (मीका ५:२) । मीका एक अगमवक्ता थिए जसले करिब ७३७-६९६ ख्रिस्टपूर्वको बिचमा यहूदामा भविष्यवाणी गरे । तिनी यशैया, आमोस …

Read More »

बालक येशूलाई भेट्न आउने ज्योतिषीहरू को थिए ?

यो सालको ख्रिस्टमस नजिकिँदै छ । हिजो हामीले यस साइटमा ख्रिस्टमसको तारा (जसलाई बेथलेहेमको तारा पनि भनिन्छ) को पहिचानको सम्बन्धमा अध्ययन गर्‍यौँ । ख्रिस्टमसको मौसममा ताराको विषयमा मात्र नभएर बालक येशूलाई भेट गर्न आउने ज्योतिषीहरूको पनि चर्चा हुने गर्दछ । यो रचना ती ज्योतिषीहरूको पहिचान, तिनीहरूको स्थान र प्राचीन प्यालेस्टाइनमा …

Read More »

ख्रिस्टमसको तारा वास्तवमा के थियो (मत्ती २:१-१२) ?

ख्रिस्टमसको ताराको विषयमा मत्ती २:१-१२ मा अभिलिखित गरिएको छ । ख्रिस्टमसको तारालाई बेथलेहेमको तारा पनि भनिन्छ जसले ज्योतिषीहरू (“बुद्धिमान् मानिसहरू” भनेर अनुवाद गर्नु बढी मुनासिब हुन्छ कि ?) लाई येशू अर्थात् मसीहको जन्मबारे अवगत गरायो । मत्तीको सुसमाचारअनुसार ती ज्योतिषीहरूले पूर्वमा एउटा तारा देखे जसले तिनीहरूलाई यरूशलेम आउन प्रेरित गर्‍यो …

Read More »

येशू— जसले साधारण जीवन जिउनुभयो तर असाधारण प्रभाव पार्नुभयो

दुई हजार वर्षअगि एउटा दुर्गम गाउँमा एउटा निम्न स्तरकी स्त्रीबाट अलौकिक ढङ्गमा एउटा बालकको जन्म भयो । उहाँ अर्को गाउँमा हुर्कनुभयो जहाँ उहाँले सिकर्मीको रूपमा काम गर्नुभयो । उहाँ गरिबीमा बाँच्नुभयो । आफू बाँचेको मुलुकको सिमाना उहाँले जीवनमा एक पटक मात्र पार गर्नुभयो । उहाँसँग न धन-सम्पत्ति थियो न त …

Read More »

बेथलेहेम— जहाँ संसारका मुक्तिदाता जन्मनुभयो

मुक्तिदाता प्रभु येशू बेथलेहेममा जन्मनुभएकोले यो ठाउँ सारा दुनियाँमा मुक्तिदाताको जन्म स्थानको रूपमा प्रसिद्ध छ । बेथलेहेमको अर्थ हुन्छ, “रोटीको घर ।” यरूशलेमदेखि करिब १० किलोमिटर दक्षिण-पश्चिममा पर्ने यो सहरलाई पहिले एप्रात (उत्पत्ति ४८:७) वा एप्राता (मीका ५:२) भनिन्थ्यो । बाइबल धर्मशास्त्रमा पहिलो पटक उत्पत्ति ३५:१६ मा यसको उल्लेख भएको …

Read More »

कन्याबाट येशूको जन्मको लागि ७ ओटा साक्षी

सीएनएनद्वारा प्रसारण हुने ल्यारी किङ्ग लाइभ नामक कार्यक्रम सीएनएनको सबैभन्दा लामो समयसम्म चलेको र सबैभन्दा बेसी हेरिएको कार्यक्रम हो । ख्रिस्टाब्द १९८५–२०१० सम्म चलेको यस कार्यक्रमलाई हरेक रात १० लाखभन्दा बढी दर्शकले हेर्ने गर्थे ।[i] यस कार्यक्रमका सञ्चालक ल्यारी किङ्गलाई एक पटक सोधियो, “सारा इतिहासबाट कुनै एक जना व्यक्तिलाई अन्तर्वार्ताको …

Read More »

के परमेश्वरको लागि कन्याबाट येशूको जन्म मामुली कुरो होइन र ?

७९ प्रतिशत अमेरिकीले येशू कन्याबाट जन्मनुभयो भनेर विश्वास गरे तापनि दार्शनिक विलियम लेन क्रेगको लागि तिनी जवान छँदा ख्रीष्टियान विश्वासमा आउनको लागि त्यो अवरोध बनेको थियो । तिनले भने, “मेरो विचारमा यो वाहियात कुरो थियो । कन्याबाटको जन्म साँचो हुनको लागि मरियमको डिम्बमा शून्यताबाट y क्रोमोजोमको रचना भएको हुनुपर्थ्यो । …

Read More »

इस्लाम धर्मअनुसार पनि येशू कन्याबाट जन्मनुभयो

इस्लाम संसारको दोस्रो ठुलो धर्म हो । पहिलो ख्रीष्टियान हो । संसारका ५२ ओटा देशमा बाहुल्यता रहेको इस्लाम धर्मका अनुयायीहरू खास गरी एसिया र अफ्रिकामा बस्दछन् । संसारको जम्मा जनसङ्ख्याको झन्डै २३% (करिब १ अरब ५८ करोड) मानिसहरूले यस धर्मलाई अङ्गाल्छन् । मुहमदद्वारा स्थापित इस्लाम धर्म ख्रिस्टाब्द सातौँ शताब्दीको पूर्वाद्धमा …

Read More »

येशूको जन्मबारे भएको पानथेराको कथा के हो ?

कन्याबाट येशूको जन्मबारे नकारात्मक तर्कहरू पनि छन् । यस्तो अवधारणा ख्रीष्टियान शिक्षाका वैरीहरूसाथै यहूदीहरूले रचेका हुन् । यस तर्कलाई कुनै पनि हालतमा नकारात्मक रूपमा नबुझ्न यी पङ्क्तिकार पाठकलाई विनम्र अनुरोध गर्दछन् । यो तर्कलाई यहाँ उल्लेख गर्नुको उद्देश्य यति मात्र हो कि मण्डलीको प्रारम्भिक दिनहरूमा नै येशूको जन्मको प्रकृतिबारे बाहिरी …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle