Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

कोरोना भाइरसबारे ख्रीष्टियान दृष्टिकोण

विश्वलाई त्रसित बनाइरहेको भाइरसको नाउँ हो, कोरोना भाइरस (कोभिड-१९) । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस गत साल अर्थात् २०१९ मा मात्र पत्ता लगाइएको थियो र त्योभन्दा अगि मान्छेमा देखा परेको थिएन ।[i] छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर वुहानबाट गत डिसेम्बरबाट सुरु भएको यो भाइरस जताततै फैलिन थालेपछि …

Read More »

निर्भिक बिशप रोमेरोको अन्त्येष्टि सभामा सारा संसारबाट २,५०,००० मानिस ओइरिए

२४ मार्च १९८० को मिति थियो । साँझ बिशप ओस्कार रोमेरोले अस्पतालद्वारा सञ्चालित एउटा मण्डलीमा प्रभु-भोजको अगुवाइ गरे । आफ्नो प्रवचन सकेर तिनी वेदीको बिच भागमा गए । तिनी बोलिरहँदा मण्डलीको सडकको सामुन्ने रहेको सडकमा रातो रङको एउटा कार आएर रोकियो । बन्दुकधारी गाडिबाट निस्केर मण्डलीको ढोकातर्फ अगाडि बढे र …

Read More »

मानिस परमेश्वरको स्वरूपमा सृजित सर्वश्रेष्ठ प्राणी हो

दार्शनिक इम्मानुएल कान्टको साँझमा हिँड्ने आदत थियो । त्यसरी हिँड्दा तिनी मनन गर्थे र विचार गर्थे । एक पटक तिनी कुनै एउटा बगैँचामा बसिरहेका थिए । तिनी एकै ठाउँमा धेरै घण्टासम्म बसिरहेका देखेर एक जना प्रहरीलाई शङ्का लाग्यो । ती प्रहरी तिनीकहाँ आएर तिनलाई प्रश्न गरे, “तपाईं के गर्दै हुनुहुन्छ …

Read More »

ख्रीष्‍टियान ईश्‍वरशास्‍त्रीबाट प्रधानमन्त्री बनेका कुपरले देशको मुहार फेरिदिए

२९ अक्टोबर १८३७ मा नेदरल्यान्डका एक जना पास्टरको घरमा एक बालकको जन्म भयो । तिनको नाउँ थियो, अब्राहाम कुपर । परिवारले तिनलाई “ब्राम” भनेर डाक्थ्यो । कुपर विश्‍वविद्यालयमा भर्ना भए र त्यस बेलाका डच विश्‍वविद्यालका प्राध्यापकहरू आधुनिकवादबाट प्रभावित थिए जसले ईश्‍वरीय प्रकाशलाई भन्दा मानवीय तर्कलाई उचाल्थ्यो । कुपर यसबाट प्रभावित …

Read More »

नासाका अन्तरिक्ष यात्री मिचेलले पूरै बाइबलको वचनलाई चन्द्रमामा पुर्‍याए

५ फेब्रुअरी १९७१ मा बाइबलले एउटा गजबको इतिहास रच्‍यो । उक्त दिन पूरै बाइबलले चन्द्रमाको धरातलमा पाइला टेकेको थियो । अगिल्ला अन्तरिक्ष उडानहरूमा पनि बाइबलका वचनहरूलाई अन्तरिक्षमा लगिएको भए तापनि उक्त दिने भने बाइबलको सम्पूर्ण वचनलाई चन्द्रमामा पुर्‍याइएको थियो । नासाका अन्तरिक्ष यात्री  इजर मिचेलले अपोल्लो १४ नामक मिसनमार्फत उक्त …

Read More »

हेन्‍री डुनान्टः जसको पहलमा अन्तर्राष्ट्रिय रेड क्रसको स्थापना भयो

ख्रिस्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतियलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्‍री डुनान्टले आफ्नै आँखाले देखे । युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए । तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई म कहिल्यै भुल्ने छैनँ …

Read More »

प्रसिद्ध वैज्ञानिक सर आइज्याक न्युटनले जोसका साथ बाइबल पढ्ने गर्थे

हामीले इतिहासका महान्‌तम वैज्ञानिकहरूको बारेमा सोच्दा सर आइज्याक न्युटनको नाउँ तुरुन्तै आउँछ । ख्रिस्टाब्द १६४२ मा इङ्गल्यान्डमा जन्मेका तिनी गणितज्ञ, खगोलविद्, ईश्वरशास्त्री, भौतिकशास्त्रीसाथै लेखक थिए । तिनी वैज्ञानिक क्रान्तिका एक महत्त्वपूर्ण पात्र मात्र नभई मानव इतिहासकै सर्वाधिक प्रभावशाली वैज्ञानिकहरूको सूचीमा पनि पर्छन् । १६८७ मा पहिलो पटक प्रकाशित प्रिन्सिपिया नामक …

Read More »

सीएमबी विकिरण— बाइबलीय अवधारणाको पुष्टि गर्ने मजबुत वैज्ञानिक साक्षी

विश्‍व (युनिभर्स) अनन्त नभई यसको आरम्भ भएको थियो भन्‍नाका लागि विभिन्न मजबुत वैज्ञानिक साक्षीहरू छन् जसमध्ये एउटा होः सीएमबी नाम गरेको विकिरण । सीएमबीको पूरा अर्थ हुन्छ— कस्मिक माइक्रोवेभ ब्याकग्राउन्ड । यो महाविस्फोटमा विश्वको थालनी भएपछि बाँकी रहेको विद्युत चुम्बकीय विकिरण हो । ख्रिस्टाब्द १९६५ मा यस विकिरणलाई सन्जोगवश पत्ता …

Read More »

वैज्ञानिक केप्लरले सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन्

ख्रिस्टाब्द १५७१ मा जर्मनीमा जन्मेका जोहानन केप्लर गणितज्ञसाथै खगोलविद् थिए । सत्रौँ शताब्दीको वैज्ञानिक क्रान्तिका मुख्य पात्र केप्लर ग्रहको चालसम्बन्धी नियमहरूका लागि प्रसिद्ध छन् । ग्रहको चालसम्बन्धी तिनका तीनवटा प्रसिद्ध नियमलाई विज्ञानमा प्रायश: अगिल्ला “प्राकृतिक नियमहरू” भनिन्छ । ग्रहहरू सिद्ध वृत्तमा रही घुम्छन् भन्ने प्राचीन अरस्तुको सिद्धान्त केप्लरको गणितीय गणनाको …

Read More »

परिचित डाक्टरले स्वीकार गरे, “म पापी हुँ र येशू ख्रीष्ट मेरा मुक्तिदाता हुनुहुन्छ”

जेम्स सिम्पसोनले १८ वर्षको उमेरमा आफ्नो अन्तिम परीक्षा सके । तर तिनी निकै जवान भएकाले मेडिकल अभ्यासको लागि लाइसेन्स हात पार्न तिनले दुई वर्ष पर्खनुपरेको थियो । २८ वर्षकै उमेरमा तिनी एडिनवर्ग विश्वविद्यालयको मेडिकल शाखाको प्रमुखमा नियुक्त गरिए । ख्रिस्टाब्द १८११ मा स्कटल्यान्डमा जन्मेका सिम्पसोनलाई चिकित्सा इतिहासमा एक महत्त्वपूर्ण प्रतिभाको …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle