Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

कोरोना भाइरसको फैलावटको कारण अनलाइन सङ्गतिमा उल्लेखनीय वृद्धि

कोरोना भाइरस प्रभावित देशहरूको सूचीमा अमेरिका पहिलो स्थानमा पुगेको छ । यो लेख तयार पार्दासम्म अमेरिकामा ८५,७५५ जना सङ्क्रमित भएका छन् भने १,३०४ जनाको ज्यान गइसकेको छ । १,८६८ निको भएका छन् भने २,१२२ जना गम्भीर अवस्थामा छन् ।[i] कोरोना भाइरसको विश्वव्यापी महामारीको कारण मनग्गे मण्डली भवनहरू बन्द भए तापनि …

Read More »

ख्रीष्टियान संस्था सामरिटन्स पर्सद्वारा कोरोना सङ्क्रमित इटलीमा उल्लेखनीय सहयोग

कोरोना भाइरसले विश्वभरि भयाभह स्थिति सृजना गरिदिएको छ । मृत्युदरको सवालमा युरोपेली मुलुक इटली पहिलो स्थानमा छ ।  यो लेख तयार पार्दासम्म कोरोना भाइरसको कारणले गर्दा इटलीमा ४,८२५ जनाको मृत्यु भइसकेको छ भने ५३,५७८ जना सङ्क्रमित भएका छन् । इटली कोरोना भाइरसको फैलावटसित जुधिरहँदा सामरिटन्स पर्सले ६८ शैय्याको अस्थायी पाल …

Read More »

मण्डली भवनहरू क्‍वारेन्टाइनको लागि दिन तयार हुनुपर्छ

शास्‍त्रीहरूमध्‍ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने । येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्‍यचाहिँ कुन हो ?” येशूले जवाफ दिनुभयो, “सबैभन्‍दा मुख्‍यचाहिँ यो हो: ‘हे इस्राएल सुन्‌, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ । तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, …

Read More »

ख्रीष्टियानलाई कोरोनाले छुँदैन भन्नु भ्रम हो

पुरानो करारका एक परिचित पात्रको नाउँ हो, एलीशा । तिनी अगमवक्ता मात्र नभएर आश्चर्यकर्म गर्ने जन पनि थिए । आफ्ना गुरु एलियाको स्वार्गारोहणमा गुरुले भन्दा दुई गुणा आश्चर्यकर्म गर्ने शक्ति पाएका तिनको सेवाकार्य झन्डै ६० वर्षसम्म लम्बिएको थियो । एलीशाको कथा मूलत: २ राजा २-१४ अध्यायहरूमा पढ्न पाइन्छ । धेरै …

Read More »

कोरोना भाइरसबारे ख्रीष्टियान दृष्टिकोण

विश्वलाई त्रसित बनाइरहेको भाइरसको नाउँ हो, कोरोना भाइरस (कोभिड-१९) । विश्व स्वास्थ्य सङ्गठनका अनुसार यो भाइरस गत साल अर्थात् २०१९ मा मात्र पत्ता लगाइएको थियो र त्योभन्दा अगि मान्छेमा देखा परेको थिएन ।[i] छिमेकी मुलुक चीनको हुबेई प्रान्तको राजधानी सहर वुहानबाट गत डिसेम्बरबाट सुरु भएको यो भाइरस जताततै फैलिन थालेपछि …

Read More »

निर्भिक बिशप रोमेरोको अन्त्येष्टि सभामा सारा संसारबाट २,५०,००० मानिस ओइरिए

२४ मार्च १९८० को मिति थियो । साँझ बिशप ओस्कार रोमेरोले अस्पतालद्वारा सञ्चालित एउटा मण्डलीमा प्रभु-भोजको अगुवाइ गरे । आफ्नो प्रवचन सकेर तिनी वेदीको बिच भागमा गए । तिनी बोलिरहँदा मण्डलीको सडकको सामुन्ने रहेको सडकमा रातो रङको एउटा कार आएर रोकियो । बन्दुकधारी गाडिबाट निस्केर मण्डलीको ढोकातर्फ अगाडि बढे र …

Read More »

मानिस परमेश्वरको स्वरूपमा सृजित सर्वश्रेष्ठ प्राणी हो

दार्शनिक इम्मानुएल कान्टको साँझमा हिँड्ने आदत थियो । त्यसरी हिँड्दा तिनी मनन गर्थे र विचार गर्थे । एक पटक तिनी कुनै एउटा बगैँचामा बसिरहेका थिए । तिनी एकै ठाउँमा धेरै घण्टासम्म बसिरहेका देखेर एक जना प्रहरीलाई शङ्का लाग्यो । ती प्रहरी तिनीकहाँ आएर तिनलाई प्रश्न गरे, “तपाईं के गर्दै हुनुहुन्छ …

Read More »

ख्रीष्‍टियान ईश्‍वरशास्‍त्रीबाट प्रधानमन्त्री बनेका कुपरले देशको मुहार फेरिदिए

२९ अक्टोबर १८३७ मा नेदरल्यान्डका एक जना पास्टरको घरमा एक बालकको जन्म भयो । तिनको नाउँ थियो, अब्राहाम कुपर । परिवारले तिनलाई “ब्राम” भनेर डाक्थ्यो । कुपर विश्‍वविद्यालयमा भर्ना भए र त्यस बेलाका डच विश्‍वविद्यालका प्राध्यापकहरू आधुनिकवादबाट प्रभावित थिए जसले ईश्‍वरीय प्रकाशलाई भन्दा मानवीय तर्कलाई उचाल्थ्यो । कुपर यसबाट प्रभावित …

Read More »

नासाका अन्तरिक्ष यात्री मिचेलले पूरै बाइबलको वचनलाई चन्द्रमामा पुर्‍याए

५ फेब्रुअरी १९७१ मा बाइबलले एउटा गजबको इतिहास रच्‍यो । उक्त दिन पूरै बाइबलले चन्द्रमाको धरातलमा पाइला टेकेको थियो । अगिल्ला अन्तरिक्ष उडानहरूमा पनि बाइबलका वचनहरूलाई अन्तरिक्षमा लगिएको भए तापनि उक्त दिने भने बाइबलको सम्पूर्ण वचनलाई चन्द्रमामा पुर्‍याइएको थियो । नासाका अन्तरिक्ष यात्री  इजर मिचेलले अपोल्लो १४ नामक मिसनमार्फत उक्त …

Read More »

हेन्‍री डुनान्टः जसको पहलमा अन्तर्राष्ट्रिय रेड क्रसको स्थापना भयो

ख्रिस्टाब्द १८५९ मा व्यापारको सिलसिलामा नेपोलिएन तृतियलाई भेट्न जाँदा एकीकरणको निम्ति गरिएको इटालीको युद्धलाई हेन्‍री डुनान्टले आफ्नै आँखाले देखे । युद्धको केही हप्तापश्चात् युद्धक्षेत्र नजिकै मण्डलीहरूमा राखिएका घाइतेहरूको उपचारमा तिनी अथक रूपमा खटिए । तिनले भनेका छन्, “मेरो हातलाई चुम्बन गर्न इच्छा गर्ने ती घाइतेहरूका आँखालाई म कहिल्यै भुल्ने छैनँ …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle