येशूको सेवाकार्य केवल साँढे तीन वर्ष लम्बिएको थियो । तर त्यस सङ्क्षिप्त अवधिले मानव–जातिमा नमेटिने छाप छोडेर गएको छ । उहाँ आफ्नो जन्मस्थान इस्राएल देशमा मात्र परिचित हुनुहुन्न, तर मानव–जातिको बसोबास भएको ६ वटै महादेशमा उहाँलाई पछ्याउनेहरू मनग्गे छन् । आफूले स्थापना गर्नुभएको ख्रिस्टियमतमा मात्र उहाँको चर्चा हुँदैन तर संसारका …
Read More »Kamal Adhikari
मल्कीसेदेक को थिए (उत्पत्ति १४:१८-२०) ?
मल्कीसेदेक रहस्यमय पात्र मात्र नभएर कौतुहुल जगाउने पात्र पनि हुन् । तिनको बारेमा बाइबलका तीनवटा पुस्तकमा उल्लेख गरिएको छ (उत्पत्ति १४:१८-२०; भजनसंग्रह ११०:४; हिब्रू ५:६-११; ६:२०-७:२८) । बाइबलीय विवरणअनुसार मल्कीसेदेक शालेम अर्थात् यरूशलेमका राजा र सर्वोच्च परमेश्वरका पुजारी थिए । तिनको नाउँको अर्थ हुन्छ, ‘धार्मिकताका राजा ।’ हामी तिनलाई पहिलो …
Read More »ख्रीष्टियानहरूलाई घृणा गर्ने लेखिकाले अनुसन्धानको क्रममा येशूलाई अङ्गालिन्
३४ वर्षको पुग्दा रोजारिया बटरफिल्ड समलिङ्गी मात्र थिइनन्, तर नास्तिकसाथै न्युयोर्कस्थित साइराकुस विश्वविद्यालयका प्राध्यापक पनि थिइन् । उनी फ्राएड, हेगेल, मार्क्ससाथै डार्बिनका अवधारणाहरूको पक्षपोषक थिइन् । समलिङ्गी अवधारणाको पक्षमा उनी खुलेरै बोल्थिन् । उनी ख्रीष्टियानहरूलाई घृणा गर्थिन् र येशू उनको लागि वाहियात थियो । येशूको नाउँ उनको घाँटीमा हात्तिको दाराजस्तै …
Read More »बौद्धिक रचनाबारे १५ ओटा घतलाग्दा भनाइ (भाग १)
पाले [अङ्ग्रेज दार्शनिक] को बौद्धिक तर्क र विश्वको उत्पत्तिसम्बन्धी तर्कले परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्छन् र यो रचना परमेश्वरले गर्नुभएको हो भन्नाका लागि विश्वको व्यवस्थितपनाले दरिलो साक्षी जुटाउँछ । एडवार्ड हेरिसन, खगोलविद्साथै विश्व–उत्पत्तिशास्त्रविद् यस्तो खालको सृष्टिलाई हेरी परमेश्वरमाथि विश्वास नगर्नु मेरो लागि असम्भव हुन्छ । जोन ग्लेन, अन्तरिक्ष–यात्रीसाथै इन्जिनिएर म जति …
Read More »चुरोटको लागि लगिएको बाइबलद्वारा परिवर्तित झगडालु जँड्याहा प्रचारक बने
अफ्रिका महादेशको दक्षिणमा अवस्थित एउटा भूपरिवेष्टित मुलुकको नाउँ हो, जिम्बाब्वे । गेलर्ड काम्बारामी जिम्बाब्वे बाइबल सोसाइटीका महासचिव थिए । बाइबलको नयाँ करारलाई बाँड्दै जाने क्रममा तिनी एउटा दुर्गम गाउँमा पुगे । एक जना झगडालु जँड्याहा गाउँलेलाई तिनले नयाँ करारको एउटा प्रति दिन खोज्दा उसले लिन इन्कार गर्यो । बाइबलले मानिसलाई …
Read More »पत्ता लाग्यो बेथस्दाको जल–कुण्ड जहाँ येशूले पक्षाघातीलाई निको पार्नुभएको थियो
यहूदीहरूको निस्तार चाडको अवसरमा येशू यरूशलेम जानुहुँदा अठतिस वर्षदेखि बिरामी पर्दै आएका एक पक्षाघातीलाई येशूले चङ्गाइ गर्नुभयो भनी यूहन्नाले लेखेका छन् (यूहन्ना ५:१–१५) । तिनको बयानअनुसार भेडा–ढोकाको नजिक पर्ने यस जल–कुण्डमा पाँचवटा दलान थिए । चौथो सुसमारीय लेखक यूहन्नाले वर्णन गरेका ठाउँहरूमध्ये केही ठाउँहरू पुष्टि नभएकाले आलोचकहरूले तिनको सुसमाचारमाथि आशङ्काका …
Read More »ख्रीष्टले आफ्नो अनमोल रगतद्वारा हामीलाई छुटकारा दिनुभएको छ
ख्रिस्टाब्द १८३६ मा अमेरिकामा जन्मेका अदोनिराम जडसन प्रचारक, लेखकसाथै बाइबल अनुवादक थिए । तिनी बर्मामा मिसनरी भएर आएका थिए । अमेरिकामा पास्टर हुँदा जडसनले मण्डलीको सामुन्ने एक जना जवान केटोलाई भेटे जसले आफूसित एउटा खिया लागेको पिँजडा बोकिरहेको थियो । पिँजडाभित्र थुप्रै चराहरू डरले पखेटा फटफटाउँदै थिए । जडसनले सोधपुछ …
Read More »आत्महत्यासम्मको सोच बनाएका कुख्यात बन्दी परिवर्तन भई पास्टर बने
तिनी अमेरिकामा जन्मेका थिए । ११ वर्ष पुगेपछि तिनले चुरोट तान्न थाले र रक्सी पिउन सुरु गरे । तिनी विश्वविद्यालयबाट निष्कासित गरिए । खराबभन्दा खराब मानिसहरूसित तिनको सङ्गत हुन पुगेको थियो । किशोर अवस्था नाघेपछि तिनको जीवनले दुर्व्यसनी, निराशा र हिंसाको टाकुरा छोएको थियो । तिनले आफूलाई मात्र घृणा गर्थेनन्, …
Read More »येशूद्वारा व्यक्त भुसुना चाली ऊँटलाई निल्नुको अर्थ के हो (मत्ती २३:२४) ?
मत्ती २३ अध्यायमा येशूले शास्त्री र फरिसीहरूको विरुद्धमा सातवटा ‘धिक्कार’ का वचन बोल्नुभएको छ किनकि तिनीहरू पाखण्डी थिए । पदहरू २३-२४ मा येशूको चौथो धिक्कार पाइन्छ जसमा उहाँले भन्नुभयो, “अन्धा अगुवा हो, तिमीहरू भुसुना चाल्दछौ, तर ऊँटलाई चाहिँ निलिहाल्दछौ” (पद २४) । फरिसीहरूले भुसुना चाली ऊँटलाई निल्दथे भन्नुको अर्थ के …
Read More »असल लेखक असल पाठक पनि हो
धार्मिक परिवारमा हुर्के तापनि मण्डलीका दिक्कलाग्दा सेवाहरू र संसारमा विद्यमान दुष्ट्याइँको कारण १५ वर्षको उमेरमा सी. एस. लेविस नास्तिक बने । तिनी ख्रीष्टियान नहुन खोजेका थिए । तर आफ्ना सहकर्मीसाथै मित्र जे. आर. आर. टोल्किनका गहकिला तर्कहरूबाट प्रभावित भई लेविस बिस्तारै ख्रीष्टियान विश्वासतर्फ फर्के र ३३ वर्षको उमेरमा तिनले येशूलाई …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 