आन्द्रु पलाउ अन्तर्राष्ट्रिय जगत्मा परिचित वक्ता लुइस पलाउका छोरा हुन् । आन्द्रुले पिताको मार्गलाई पछ्याई अहिले तिनी सुसमाचार प्रचारक बनेका छन् । तर तिनको जीवनमा एउटा यस्तो समय थियो जुन बेला तिनी प्रभु येशू ख्रीष्टबाट निकै टाढा गएका थिए । तिनको आफ्नो पुस्तक The Secret Life of a Fool: One …
Read More »Kamal Adhikari
बाइबलीय पात्रको नाम उल्लिखित २,००० वर्ष पुरानो शिलालेख पत्ता लाग्यो
आफ्नो दोस्रो सुसमाचारीय प्रचार यात्रा (ख्रिस्टाब्द ४९–५२) मा पावलले कोरिन्थमा १८ महिना बिताएपछि तिनको सुसमाचारीय सेवामा विरोध आयो । यो राजनीतिक दङ्गा थियो जसको विषयमा इतिहासकार लूकाले अभिलिखित गरेका छन्, “जब गलियोन अखैयाका शासक भए, तब यहूदीहरू एकै मतका भईकन पावलमाथि आक्रमण गरे, र तिनलाई अदालतमा ल्याए, र यसो भने, …
Read More »अपहरणमा परेका मिसनरी प्रार्थनाको परिणामस्वरूप १६ महिनापछि मुक्त भए
बेन्जामिन वेर आफ्नी पत्नी क्यारोलसँगै पश्चिम एसियाली मुलुक लेबानोनमा प्रभुको सेवा गर्दै थिए । यी दम्पती मिसनरी बनेर त्यस देशमा गएका थिए । तर मे १९८४ मा बेन्जामिन अकस्मात् अपहरणमा परे । इस्लामिक जिहाद (पछि यसको नाउँ हेजबोल्लाह राखियो) नाउँ गरेको अतिवादी समूहले मिसनरीको अपहरण गरेको थियो । अपहरणपश्चात् बेन्जामिनलाई …
Read More »के परमेश्वरको लागि कुनै कुरो असम्भव छ (मत्ती १९:२६) ?
येशूले भन्नुभयो, “मानिसहरूका लागि यो असम्भव छ, तर परमेश्वरको लागि सबै कुरा सम्भव छ” (मत्ती १९:२६) । तर परमेश्वरका लागि पनि केही कुराहरू असम्भव छन् भनी बाइबलमै लेखिएको छ । जस्तै: उहाँको लागि झुट बोल्नु असम्भव कुरो हो, “बदली हुन नसक्ने यी दुई कुराहरूमा परमेश्वर असत्य ठहरिनु असम्भव छ” (हिब्रू …
Read More »मैले कहिल्यै नचिनेको येशू
मैले पछिल्लो पटक पढेर सिद्ध्याएको पुस्तकको नाउँ हो— द जिजस आई नेभर न्यु (नेपालीमा मैले कहिल्यै नचिनेको येशू) । पुस्तक पठन यात्रामा यो मेरो ४२ औँ पुस्तक हो । २५२ पृष्ठको यस किताबलाई मैले १२ दिन लगाएर सकेँ । ख्रिस्टाब्द १९९५ मा प्रकाशित यस कृतिले स्वर्ण पदक हात पारेको थियो …
Read More »ख्रीष्टियान विश्वासलाई खिल्लामा उडाउने प्राध्यापकले अन्तत: घुँडा टेके
रिचार्ड लुम्सडेन अमेरिकाको लुसियाना राज्यस्थित तुलाने विश्वविद्यालयका प्राध्यापक थिए । तिनले परजीविशास्त्रसाथै कोष जीवशास्त्र पढाउने गर्थे । डार्बिनवादी विकासवादलाई अङ्गाल्ने तिनी नास्तिक थिए । तिनको बुझाइमा बाइबलमा अभिलिखित सृष्टिको विवरण काल्पनिकसिवाय केही थिएन । कक्षा कोठाहरूमा ख्रीष्टियान विश्वासको खिल्ली उडाउन पाउँदा तिनलाई आनन्द लाग्थ्यो । ख्रिस्टाब्द १९८० को दसकमा लुसियाना …
Read More »बौद्धिक रचनाबारे १५ ओटा भनाइ (भाग २)
भौतिकशास्त्रसम्बन्धी हालैका सिद्धान्तहरूको दृष्टिकोणबाट हेर्दा ख्रिस्टियमत केवल धर्म होइन तर परीक्षणात्मक तवरले जाँच गर्न सकिने विज्ञान हो । फ्र्याङ्क जे. टिप्लर, भौतिकशास्त्रीसाथै विश्व–उत्पत्तिशास्त्रविद् बौद्धिक संरचनाको सन्निकट प्रतिफल छः यसले डार्बिनवादी विकासवादको नास्तिकवादी सम्पत्तिलाई नष्ट पार्छ । बौद्धिक संरचनाले बौद्धिक रूपमा सन्तुष्ट नास्तिक हुन असम्भव बनाइदिन्छ । विलियम ए. डेम्ब्स्की, गणितज्ञ, …
Read More »च्यातिएको बाइबल पढेर नयाँ जन्म पाए आन्दोलनकारी युआनले
दक्षिण अमेरिकामा पर्ने राष्ट्र बोलिभियामा अवस्थित एउटा सहरको नाउँ हो, ओरुरो । त्यहाँ युआन नाउँ गरेका एक जना आन्दोलनकारी थिए जो कामदारहरूका लागि न्यायको पक्षमा लड्दै दिए । एकातिर तिनी समाजदेखि रिसाएका थिए भने अर्कोतिर आफ्नै भाग्यदेखि विरक्तिएका थिए । भोक र थकाइले गरुङ्गो शरीर लिई अगाडि हिँड्दै जाँदा तिनको …
Read More »बाइबलीय पात्रको उल्लेख गर्ने २,६०० वर्ष पुरानो छाप फेला पारियो
ख्रीष्टियान धर्मशास्त्र बाइबलको पुरानो करारका ३९ ओटा पुस्तकमध्ये एउटा हो, यर्मिया । यस पुस्तकका लेखक स्वयम् यर्मिया नै थिए जो अगमवक्ता पनि थिए । तिनले यहूदाको आसन्न निर्वासनको विषयमा भविष्यवाणी गर्दा थुप्रै राजनीतिक अगुवाहरूले तिनको खेदो गरे । अगमवक्ताको विरुद्धमा उत्री तिनलाई सताउनेहरूमध्ये एक थिए, पशहूरका छोरा गदल्याह । यर्मिया …
Read More »भिन्सीको विश्वप्रसिद्ध चित्र प्रभु–भोज पछाडि गजबको शिक्षा लुकेको छ
लिओनार्दो दा भिन्सी बहुप्रतिभाशाली व्यक्तित्व थिए । ख्रिस्टाब्द १४५२ मा फ्लोरेन्स (वर्तमान इटालीमा पर्ने) मा जन्मेका भिन्सी चित्रकार, अन्वेषक, कालिगड, वैज्ञानिक, सङ्गीतकार, गणितज्ञ आदि थिए । तिनी मानव इतिहासका महानतम चित्रकारहरूको सूचीमा पर्छन् । तिनका चित्रहरूमध्ये मोनालिसा सर्वाधिक प्रसिद्ध छ । भिन्सीका विश्वचर्चित चित्रहरूको सूचीमा पर्ने अर्को एउटा चित्र पनि …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 