Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

बाइबलसित सम्बन्धित तीन हजार वर्ष पुरानो शिलालेख फेला पारियो

इस्राएलका महानतम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए । इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेका भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकताबारे नै प्रश्न उठाउँदै आएका थिए । तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको …

Read More »

च्यातेर फ्याँकिएको सुसमाचारीय पर्चाको टुक्राले बटुवाको ह्रदयलाई छोयो

भारतको कुनै एउटा गाउँमा साधु सुन्दर सिंह सुसमाचारका पर्चाहरू बाँड्दै थिए । त्यसरी बाँड्ने क्रममा तिनी रेलभित्र प्रवेश गरे र केही गैरख्रिस्टियानहरूसित तिनको भेट भयो । एक जना मान्छेलाई तिनले यूहन्नाको सुसमाचारको पर्चा दिए । त्यस मान्छेले त्यो पर्चालाई हातमा लियो अनि रिसाउँदै त्यसलाई च्यातेर टुक्राटुक्रा पारी झ्यालबाट बाहिर फालिदियो …

Read More »

बुद्ध धर्मको दृष्टिकोणमा येशू 

छैटौँ शताब्दी ख्रिस्टपूर्वमा नेपालमा जन्मेका गौतम बुद्धले यस धर्मको सुरुआत गरेका थिए । संसारको जम्मा जनसङ्ख्याको झन्डै ७% (करिब ४७ करोड) अनुयायी भएको यस धर्ममा पनि हिन्दु धर्ममा झैँ विभिन्न परम्परा, विश्वास र अभ्यासहरू पाइन्छन् । यसका अनुयायीहरू मूलतः एसिया महादेशमा बस्दछन् । संसारको १४ ओटा देशमा यस धर्मको बाहुल्यता …

Read More »

सुसमाचारबारे १८ ओटा घतलाग्दा भनाइ (भाग २)

हामीकहाँ आइपुग्न परमेश्वरले जे गर्नुभएको छ त्यस विषयमा भएको खबर नै सुसमाचार हो । यो परमेश्वरकहाँ पुग्न हामीले के गर्नुपर्छ भन्ने सल्लाह होइन । टिम केलर, रक्षाशास्त्री, पास्टरसाथै ईश्वरशास्त्री येशू हामीलाई जीवनका प्रश्नहरूको जवाफ दिन आउनुभएन, उहाँ आफै जवाफ बन्न आउनुभयो । टिम केलर, रक्षाशास्त्री, पास्टरसाथै ईश्वरशास्त्री तपाईं जुनसुकै परिस्थितिमा …

Read More »

फेला पर्‍यो पन्तियस पिलातसको शिलालेख

ख्रिस्टाब्द १९६१ को जुन महिनामा एउटा शिलालेख फेला पारियो जसले नयाँ करारको एउटा महत्त्वपूर्ण पात्रको पुष्टि गर्छ । तिनको नाउँ हो— पन्तियस पिलातस । तिनले नै येशूलाई क्रूसमा टाँग्ने आज्ञा दिएका थिए । यस आविष्कारले पिलातसको अस्तित्वलाई आशङ्का गर्नै नसक्ने गरी पुष्टि गरिदिएको छ । इटालीका पुरातत्त्वविद् डा. एन्टोनिओ फ्रोभाको …

Read More »

सभ्यता निर्माणमा येशूको शिक्षाको भूमिका

पावल एल. माइर इतिहासकारसाथै उपन्यासकार हुन् । ख्रिस्टियमतबारे आख्यानेतर र ख्रीष्टियान इतिहासबारे तिनका उपन्यासहरू निकै लोकप्रिय छन् । सोर्‍हवटा प्रकाशित पुस्तकका लेखक माइर १९३० मा जन्मेका थिए । अल्भिन जे. स्किमिडद्वारा लिखित How Christianity Changed the World नामक पुस्तकमा माइरले प्रस्तावना लेखेका छन् जहाँ तिनले सभ्यता निर्माणमा येशूको शिक्षाले खेलेको …

Read More »

इस्लाम धर्मको दृष्टिकोणमा येशू

संसारको दोस्रो ठुलो धर्म हो— इस्लाम । पहिलो ख्रीष्टियान हो । संसारका ५२ ओटा देशमा बाहुल्यता रहेको इस्लाम धर्मका अनुयायीहरू खास गरी एसिया र अफ्रिकामा बस्दछन् । संसारको जम्मा जनसङ्ख्याको झन्डै २३% (करिब १ अरब ५८ करोड) मानिसहरूले यस धर्मलाई अङ्गाल्छन् । इस्लाम धर्मको अनुयायीलाई मुसलमान भनिन्छ र यसको धर्मशास्त्रको …

Read More »

सोलोमन बतशेबाबाट जन्मेका दाऊदका कुनचाहिँ छोरा थिए— माहिला वा काहिँला ?

राजा दाऊद र बतशेबाबाट जन्मेका पहिलो छोरो शिशुवस्थामा नै मरेपछि सोलोमनको जन्म भएकोले २ शमूएलअनुसार तिनी माहिला छोरा थिए, “तब दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्‍त्‍वना दिए । दाऊद तिनीकहाँ गए, र तिनीसित सहवास गरे, अनि तिनले एउटा छोरो जन्‍माइन्‌, र त्‍यसको नाउँ सोलोमन राखियो” (१२:२४) । तर १ इतिहासको पुस्तकमा …

Read More »

पीएलओका सदस्य तासिर सशस्त्र लडाकुबाट आत्मिक लडाकु बने

तिनको नाउँ हो, तासिर अबु सदा । तासिर सशस्त्र द्वन्द्वद्वारा प्यालेस्टाइनको स्वतन्त्रता स्थापित गर्ने उद्देश्यले स्थापित भएको प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (अर्थात् पीएलओ) का सदस्य थिए । तिनी पीएलओ प्रमुख यासिर अराफतका व्यक्तिगत चालक पनि थिए । तासिरको जन्म ख्रिस्टाब्द १९५१ मा प्यालेस्टाइनको गाजामा भएको थियो । तिनका माता पिता साउदी …

Read More »

सुसमाचारबारे १७ ओटा मन छुने भनाइ (भाग १)

सुसमाचारले विगतको लागि क्षमा, वर्तमानको लागि नयाँ जीवन र भविष्यको लागि आशा प्रदान गर्दछ । जोन सेन्तामु, प्रधान बिशप महान् आज्ञा विचार गर्नको लागि दिइएको विकल्प होइन, यो त पालन गर्नको लागि दिइएको आदेश हो । हडसन टेलर, ख्रीष्टियान मिसनरी परमेश्वरले सुसमाचारलाई बाइबलमा मात्र लेख्नुभएको छैन तर रुख, फुल, बादल …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle