“येशू साँचो मुक्तिदाता हुनुहुन्छ कि हुनुहुन्न भनी बिहानै प्रार्थना गर्दा मैले बाँसुरीको प्रस्ट आवाज र बन्दुक पड्केको ठुलो आवाज सुनेँ जसले कोठा नै हल्लाइदिए । मैले माथिबाट मलाई तीन पटक बोलाइएको आवाज सुनेँ, ‘सन चु किल, सन चु किल, सन चु किल!’ म थर्थर काँपेँ र मेरो शिर नै नउठाई …
Read More »Kamal Adhikari
कहिल्यै स्कुल नगएका चार्ल्स अमेरिकाकै विशाल मण्डली स्थापना गर्न सफल भए
१८५१ मा चार्ल्स टिन्डले अमेरिकामा दासको रूपमा जन्मेका थिए । तिनका पिता दास थिए भने आमा फुक्का । तिनकी आमाले तिनलाई ख्रीष्टलाई प्रेम गर्नुपर्छ भनी सिकाए तापनि तिनको मालिकले तिनलाई मण्डलीमा जान रोकेको थियो । गएको खण्डमा तिनलाई कोर्राले हानिन्थ्यो भनी धम्की आउँथ्यो मालिकबाट । अमेरिकी गृहयुद्धको समाप्तिपछि चार्ल्स मुक्त …
Read More »कन्याबाट येशूको जन्मबारे ७ ओटा तर्कसङ्गत भनाइ
हाम्रा परमेश्वर येशू … पवित्र आत्माद्वारा … मरियमको कोखमा गर्भधारण हुनुभयो । इग्नेसियस, एन्टिओखियाका बिशप उहाँ आफै सर्वोच्च परमेश्वरका पुत्र हुनुहुन्छ जो पवित्र आत्माद्वारा देखिनुभयो; स्वर्गबाट ओर्लनुभयो अनि हिब्रू कन्याबाट जन्मेर देह धारण गर्नुभयो । अरिस्तिदेस, लेखक पिता परमेश्वरको एकलौटे पुत्र हाम्रा शिक्षक येशू ख्रीष्ट सम्भोगको परिणामस्वरूप जन्मनुभएन । … …
Read More »परमेश्वरको अस्तित्वको प्रश्न कत्तिको महत्त्वपूर्ण छ ?
ख्यातिप्राप्त समाजशास्त्रीसाथै धर्मको इतिहासकार रोड्नी स्टार्कको भनाइलाई पुस्तकमा उद्धृत गरिएको छ, “विज्ञान र धर्म एक-अर्कामा मेल मात्र खाँदैनन्, तर ती अलग गर्नै नसकिने गरी गाँसिएका छन् । गहन धार्मिक ख्रीष्टियान विद्वान्हरूद्वारा विज्ञानको उदय हासिल गरिएको हो ।” मैले केही हप्ताअगि पढेको पुस्तिकाको नाउँ Does God Exist? Why It Matters हो …
Read More »जङ्गलमै बसेर नयाँ करारलाई स्थानीय भाषामा अनुवाद गर्ने मिसनरी
रोबर्ट मोर्स आफ्नो परिवारसँगै बर्मामा मिसनरी बनेर गएका थिए । सेवाको क्रममा तिनी र तिनको परिवार बर्माबाट निष्कासन गरिए । त्यस बेला केही केटाकेटीहरू बिरामी थिए भने एक जना स्त्रीको बच्चा जन्माउने बेला आइपुगिसकेको थियो । परिस्थिति प्रतिकूल भएकोले तिनीहरू अमेरिका फर्केर जान सकेनन् । बाँच्नका लागि तिनीहरू पहाडहरूमा लुके …
Read More »निकोलको जीवनमा बिमार आशिष् साबित भयो
विलियम रोबर्ट निकोलको जीवनमा बिमार आशिष् साबित भयो किनकि यही अस्वस्थताले तिनको सेवाकार्यको निधो गरेको थियो । ख्रिस्टाब्द १८५१ मा स्कटल्यान्डमा जन्मँदा तिनका फोक्सो कमजोर थिए । तिनकी आमासाथै परिवारका अन्य दुई जना क्षयरोगको कारण मरे । पिता पास्टर ह्यारीले तिनलाई हुर्काए । पिताको मण्डलीमा केवल सय जना विश्वासी भए …
Read More »एउटा गाला चड्काउनेलाई अर्को पनि थापिदेऊ भन्नुको मतलब के हो (मत्ती ५:३९) ?
येशूले भन्नुभयो, “तिमीहरूले सुनेका छौ, यसो भनिएको थियो, ‘आँखाको बदला आँखा, र दाँतको बदला दाँत ।’ तर म तिमीहरूलाई भन्दछु, दुष्टको मुकाबिला नगर । जसले तिम्रो दाहिने गाला चड्काउला, त्यसलाई अर्को गाला पनि थापिदेऊ” (मत्ती ५:३८-३९) । के सबै परिस्थितिमा हामीले अर्को गाला पनि थापिदिनुपर्ने हो ? होइन भने, येशूको …
Read More »१० वर्षको उमेरमा आत्महत्या गर्ने कोसिस गरेका ठिटोलाई बाइबलले बदल्यो
१० वर्षको उमेरमा तिनले आफ्नै टाउकोमा बन्दुकले हानेर मर्ने कोसिस गरे । तर भाग्यवशः बन्दुक पड्काउन नमिल्ने गरी राखिएकोले गोली पड्केन । किन १० वर्षको ठिटोले आत्महत्या गर्न खोजिरहेका थिए ? कथा यस्तो छ । १६ वर्षको उमेरमा तिनकी आमा कोही एक जना पुरुषबाट गर्भवती भइन् । तिनकी आमा कलगर्ल …
Read More »येशू ख्रीष्टको विषयमा १५ ओटा शानदार भनाइ (भाग २)
येशू महान्तम धार्मिक प्रतिभावान् व्यक्ति हुनुहुन्थ्यो । उहाँको सुन्दरता अनन्त छ र उहाँको शासनको कहिल्यै अन्त्य हुने छैन । हरेक क्षेत्रमा येशू अद्वितीय हुनुहुन्छ र कुनै कुरो उहाँसित तुलना गर्न सकिँदैन । अर्नेस्ट रेनान, दार्शनिकसाथै लेखक ख्रीष्टमा भएको प्रत्येक कुरोले मलाई चकित तुल्याउँछ । … म जति उहाँको नजिक जान्छु …
Read More »नाजी शिविरमा आफूलाई यातना दिने पहरेदारलाई क्षमा दिइन् बुमले
कोरी टेन बुम नेदरल्यान्डका एक जना ख्रीष्टियान महिलाको नाउँ हो । दोस्रो विश्वयुद्धको बेलामा उनी र उनको परिवारका अन्य सदस्यहरूले नाजी सेनाको हातबाट यहूदीहरूलाई भगाउन मद्दत गरेका थिए । पछि त्यो कुरा पत्ता लागेपछि उनीसँगै उनको परिवारलाई बन्दी शिविरमा थुनियो । उनको परिवार निर्वासनमा नै मरे भने उनी मुश्किलैले बाँचिन् …
Read More »