Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

विश्वप्रसिद्ध नास्तिक दार्शनिक फ्लुलाई वैज्ञानिक साक्षीले परमेश्वरतर्फ डोर्‍यायो

ख्रिस्टाब्द २०१५ देखि आफूले पढेर सिद्ध्याएका पुस्तकहरूको अभिलेख राख्न थालेँ । २०२० को अन्त्यसम्म आइपुग्दा मैले ठ्याक्कै १०० ओटा किताब पढेर सकेछु । २०२१ मा पढिने पुस्तकहरूको सूची बनाउँदा म आत्मकथामा केन्द्रित हुन चाहेँ । त्यसैले एन्टोनी फ्लुको आत्मकथाबाट २०२१ को पुस्तक पठन यात्राको शुभारम्भ गरेँ । फ्लु विश्वविख्यात नास्तिक …

Read More »

धर्म र विज्ञान शत्रु हुन् कि मित्र ?

“सत्रौँ शताब्दीमा पहिलो पटक धर्मले विज्ञानसित भेट्दा जम्काभेट मैत्रीपूर्ण थियो । वैज्ञानिक क्रान्तिका अधिकांश संस्थापकहरू भक्त ख्रीष्टियानहरू थिए जसले विश्वास गर्थे कि तिनीहरूका वैज्ञानिक काममा तिनीहरूले सृष्टिकर्ताको रचनालाई अध्ययन गर्दै थिए ।” When Science Meets Religion: Enemies, Strangers, or Partners? नामक पुस्तकबाट साभार गरिएको यस अंशमा परमेश्वरप्रति वैज्ञानिक क्रान्तिका वैज्ञानिकहरूको …

Read More »

नास्तिकवादी वैज्ञानिक डाउकिन्सको भ्रम

ख्रिस्टाब्द २००६ मा अक्सफोर्ड विश्वविद्यालयका जीवशास्त्री रिचार्ड डाउकिन्सले The God Delusion नामक पुस्तक प्रकाशित गरे । परमेश्वरमाथिको विश्वास भ्रम हो भनी नास्तिकवादी प्राध्यापक डाउकिन्सले यस कृतिमा तर्क गरेका छन् । ख्रिस्टाब्द २००७ मा रक्षाशास्त्री अलिस्टर म्याकग्रेथ र मनोवैज्ञानिक जोना कोलिकट म्याकग्रेथले The Dawkins Delusion? Atheist Fundamentalism and the Denial of …

Read More »

आफ्ना छोराछोरीहरूलाई कसरी परमेश्वरको बाटोमा हुर्काउने ?

परमेश्वरको अस्तित्वको लागि के साक्षी छ ? कसरी असल परमेश्वरले दुष्ट्याइँ र दु:खकष्ट अनुमति दिन सक्नुहुन्छ ? किन परमेश्वरले कनानीहरूको नरसंहार गर्ने आज्ञा दिनुभयो ? कसरी प्रेमिलो परमेश्वरले मानिसहरूलाई नरकमा पठाउन सक्नुहुन्छ ? के विश्वास तर्कको विपरीत छ ? वस्तुपरक र भावपरक सत्यताको बिचमा के भिन्नता छ ? के ख्रीष्टियानहरू …

Read More »

म जति धेरै विज्ञानलाई बुझ्छु, त्यति धेरै परमेश्वरमा विश्वास गर्दछु– लेनोक्स

“मैले ख्याल गरेको पहिलो कुरो यही हो कि दर्शनशास्त्रबारे हकिङ्गको भनाइ दर्शनशास्त्रसम्बन्धी भनाइ नै हो । यो विज्ञानसम्बन्धी भनाइ होइन भन्ने कुरो प्रस्ट छ– बरु यो त विज्ञानबारे पराभौतिकशास्त्रीय भनाइ हो । त्यसकारण दर्शनशास्त्र मरेको छ भन्ने तिनको भनाइ आफैमा बाझिएको छ । यो तार्किक बेमेलताको एउटा उत्तम उदाहरण हो …

Read More »

तपाईंले बाइबलमा भरोसा गर्नुपर्ने ७ ओटा कारण

एर्विन डब्लु. लुट्जर पास्टर, शिक्षकसाथै लेखक हुन् । अमेरिकाको सिकागोस्थित मुडी चर्चमा ३५ वर्षसम्म वरिष्ठ पास्टर भई सेवा पुर्‍याएका तिनले ५० ओटाभन्दा बेसी पुस्तक लेखेका छन् । 7 Reasons Why You Can Trust the Bible नाम गरेको पुस्तक तिनको एउटा कृतिको नाउँ हो । पुस्तक पठन यात्रामा यो मेरो ९६ …

Read More »

पत्रुसका पिता को थिए– योना वा योआनेस वा यूहन्ना ?

पत्रुस येशूका १२ जना चेलामध्ये एक थिए । तिनलाई सिमोन वा केफास पनि भनिन्छ । तिनका पिता को थिए ? मत्तीको सुसमाचारअनुसार योना थिए, “येशूले तिनलाई भन्‍नुभयो, ‘योनाको छोरो सिमोन, तिमी धन्‍य हौ । किनभने मानिसबाट तिमीलाई यो प्रकट भएको होइन, तर स्‍वर्गमा हुनुहुने मेरा पिताले प्रकट गर्नुभएको हो'” (१६:१७) …

Read More »

परमेश्वर, स्टिफेन हकिङ्ग र बहुविश्व

३८४ ख्रिस्टपूर्वमा अर्थात् येशूभन्दा झन्डै ४०० वर्षअगि जन्मेका ग्रिक दार्शनिक अरस्तु (वा अरिस्टोटल) निकै प्रभावशाली भए तापनि आधुनिक विज्ञानको उदयसँगै तिनका कैयौँ धारणा गलत साबित भए । “यी प्राचीन दार्शनिक पाँचवटा तत्त्वबारे गलत थिए । तिनी अन्तरिक्षबारे गलत थिए । तिनी प्राकृतिक र प्रचण्ड चालबारे गलत थिए । हलुङ्गो वस्तुभन्दा …

Read More »

मानव-जातिसाथै यो सम्पूर्ण विश्व कहाँबाट आयो ?

यो विश्व (अर्थात् युनिभर्स) कतैबाट यहाँ आएको नभई सधैँ अस्तित्वमा थियो भनी लामो समयदेखि विश्वास गरिन्थ्यो । तर यो सधैँ यहाँ रहेनछ भनी वैज्ञानिक खोजहरूले देखाएका छन् । झन्डै १३.८ अरब वर्षअगि यो विश्व अस्तित्वमा आएको रहेछ । यो माथिको अनुच्छेद Evolution and Intelligent Design in a Nutshell नामक पुस्तकबाट …

Read More »

बाइबलमा भुल छ भनी प्रमाण खोज्न हिँडेका राम्से अन्तत: बाइबल विद्वान् बने

आफ्ना नास्तिक आमाबाबुद्वारा अविश्वासीको रूपमा विलियम राम्सेलाई हुर्काइएको थियो । उन्नाइसौँ शताब्दीमा तिनले जर्मनीको ऐतिहासिक स्कुलबाट शिक्षा पाएका थिए । परिणामस्वरूप कट्टरवादीहरूले भनेजस्तै प्रेरितको पुस्तक पहिलो शताब्दीमा नभई दोस्रो शताब्दीको मध्यतिर लेखिएको थियो भनी तिनलाई सिकाइएको थियो । त्यसमा तिनी निकै विश्वस्त थिए । तर तिनलाई प्रमाण चाहिएको थियो । …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle