कमल अधिकारीको सङ्‌क्षिप्त परिचय

कमल अधिकारी बाइबल शिक्षक, लेखकसाथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित छवटा पुस्तक प्रकाशित भइसकेका छन्ः

१. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६)
२. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६)
३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४)
४. येशू को हुनुहुन्छ ? (२०१८)
५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

६. कठिन प्रश्नहरू सरल जवाफहरू: बाइबलका १५१ ओटा कठिनाइ तथा विरोधाभासको व्याख्या (भाग १)

तासको कुलतमा फसेका तिनी कसरी मेहनती प्रिन्सिपल बन्न सके भन्ने तिनको प्रेरणादायी गवाहीको लागि यस लिङ्कमा जानुहोस्: https://kamaladhikari.com.np/1607/

सम्पर्कको लागि:
Website : https://kamaladhikari.com.np/
Email : kamal_adhikari2010@yahoo.com
Facebook : https://www.facebook.com/kamal.adhikari2014
Facebook Page: www.facebook.com/reasonstobelieve2014
YouTube : http://www.youtube.com/c/ReasonstoBelieve2017
Mobile No. : 977-9843743453

Facebook Comments

Powered by Youth Circle