ख्रिस्टाब्द १९५० को दसकमा प्रकाशित पाश्चात्य जगत्का महान् पुस्तकहरूमा ‘परमेश्वर’ को विषयमा लेख्न सबैभन्दा धेरै ठाउँ दिइएको छ । पाश्चात्य जगत्का उल्लेखनीय विचारकहरूले यो विषयलाई सम्बोधन गरेका छन् । अन्य उल्लेखनीय विषयवस्तुहरूको तुलनामा परमेश्वरको बारेमा लेख्न किन यति धेरै ठाउँ दिइयो भनी सम्पादक मोर्टिमर एडलरलाई सोधिँदा तिनले नअनकनाई जवाफ दिए, …
Read More »विचार
चाँदीका मुठ्ठाहरू— हालसम्म फेला पारिएको बाइबलको सबैभन्दा पुरानो अंश
इस्राएलको तेल अभिभ विश्वविद्यालयमा पुरातत्त्वविद्या पढाउने प्राध्यापक गब्रिएल बार्के ख्रिस्टाब्द १९७९ मा प्राचीन यरूशलेमस्थित केतेफ हिन्नोम नाउँ गरेको पुरातात्त्विक क्षेत्रमा उत्खनन गर्दै थिए । उत्खननको क्रममा तिनले त्यहाँ फेला पारेका थुप्रै महत्त्वपूर्ण प्राचीन सामग्रीहरूमध्ये तिनले चाँदीका दुईवटा मुठ्ठा पनि फेला पारे जसलाई केतेफ हिन्नोम रक्षा कवचहरू भनिन्छ । यी मुठ्ठाहरू …
Read More »येशू अपोलोजिस्ट हुनुहुन्थ्यो
“येशू अपोलोजिस्ट हुनुहुन्थ्यो । आलोचनाको जवाफ दिन उहाँले तार्किक कारणको प्रयोग गर्नुभयो (उदाहरणको लागि, मत्ती २२:२३-३२) र उहाँ मसीह हुनुहुन्थ्यो भनी देखाउन उहाँले विविध साक्षीहरू पेस गर्नुभयो (यूहन्ना ५-८) । येशूले मानिसहरूलाई प्रेम गर्नुभयो; चङ्गाइ गर्नुभयो अनि परमेश्वरको राज्यको घोषणा गर्नुभयो । यसका अतिरिक्त, धर्मशास्त्रको सत्यताको रक्षा गर्नु र आफ्नो …
Read More »अपोलोजेटिक्स भनेको के हो ?
अपोलोजेटिक्स (apologetics) एउटा अङ्ग्रेजी शब्द हो जसलाई नेपालीमा रक्षाशास्त्र भनिन्छ । रक्षाशास्त्र भनेको ख्रीष्टियान विश्वासको तर्कसङ्गत प्रस्तुतिकरण हो । यसलाई पक्षमण्डनशास्त्र पनि भनिएको पाइन्छ । अपोलोजेटिक्स ग्रिक शब्द अपोलोगिया (apologia) बाट व्युत्पन्न भएको हो । नयाँ करारको ग्रिक बाइबलमा यो शब्द आठ पटक देखा पर्छ— प्रेरित २२:१; २५:१६; १ कोरिन्थी …
Read More »पुस्तक पढ्नुका ७ ओटा फाइदा
माइक्रोसफ्ट संस्थानका सहसंस्थापक बिल गेट्सले भनेका छन्, “पढ्नमा म धेरै समय बिताउँछु ।” जर्ज आर. आर. मार्टिन उपन्यासकार हुन् । २०११ मा अङ्ग्रेजी पत्रिका टाइमद्वारा प्रकाशित संसारका सर्वाधिक प्रभावशाली १०० जना मानिसको सूचीमा मार्टिनको नाउँ पनि परेको थियो । किताब पढ्ने सम्बन्धमा तिनको भनाइ छ, “एउटा पाठक मर्नुअगि उसले एक …
Read More »नयाँ वर्षबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा
१. अबको ३ दिनपछि हामी नयाँ वर्ष २०२१ मा प्रवेश गर्ने छौँ । हामी नयाँ वर्षमा प्रवेश गरिरहँदा यो पात्रोबारे जानकारी लिनु मुनासिब नै हुन्छ । संसारमा प्रयोगमा आएका विभिन्न थरीका पात्रोहरूमध्ये सबैभन्दा व्यापक रूपमा प्रयोग गरिएको पात्रोको नाउँ हो– ग्रेगोरी पात्रो । यो पात्रोअनुसार अहिले हामी २०२० मा छौँ …
Read More »ख्रिस्टमसबारे ७ ओटा सामान्य प्रश्नका सामान्य जवाफहरू
१. ख्रिस्टमस भनेको के हो ? ख्रिस्टमस जिजस क्राइस्ट अर्थात् येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने वार्षिक पर्व हो जुन डिसेम्बर २५ अर्थात् पौष १० गते मनाइन्छ । यो मूलत: ख्रीष्टियानहरूको बडादिन भए तापनि संसारका ख्रीष्टियानसाथै गैरख्रिस्टियान दुवै थरीका अरबौँ मानिस उहाँको जन्मोत्सवमा रमाउँछन् । आज यो संसारकै उत्सव बनेको छ …
Read More »आफ्नो ईश्वरत्वको लागि येशूका ७ ओटा दाबी
के येशूले आफूलाई परमेश्वरको रूपमा देख्नुभयो ? उहाँले आफूलाई जस्तो देख्नुभएको थियो हामीले पनि उहाँलाई त्यस्तै देख्नुपर्छ । म सातवटा साक्षी पेस गर्न चाहन्छु जसले उहाँको ईश्वरत्वको दाबीको पुष्टि गर्छन् । १. पिता र म एक हौँ (यूहन्ना १०:३०) यहूदीहरूले येशूलाई प्रश्न गरे, “कहिलेसम्म तपाईं हामीलाई दोधारमा राख्नुहुन्छ ? तपाईं …
Read More »ख्रिस्टमसको अवसरमा तपाईंले जान्नुपर्ने ७ ओटा बाइबलीय खण्ड
यहाँ बाइबलका ७ ओटा खण्ड दिइएका छन् जुन कुनै न कुनै दृष्टिकोणबाट येशूको जन्मसित जोडिएका छन् । ख्रिस्टमस उहाँको जन्मको अवसरमा मनाइने महोत्सव भएकोले यो मौसममा यी खण्डहरूबारे ज्ञान हुनु मुनासिब नै हुन्छ । अगिल्ला ३ ओटा खण्ड पुरानो करारका हुन् भने पछिल्ला ४ ओटा नयाँ करारका । १. यशैया …
Read More »येशूको बारेमा तपाईंले जान्नुपर्ने ७ ओटा सत्यता
हामी ख्रिस्टमसको मौसममा छौँ । एक जना व्यक्तित्वको कारण ख्रिस्टमस अस्तित्वमा आएको हो । उहाँको नाउँ हो— येशू ख्रीष्ट । येशू ख्रीष्टविनाको ख्रिस्टमसको कल्पना गर्न सकिँदैन । उहाँ नै यो खुसियालीको कारण हुनुहुन्छ । ख्रिस्टमसको अवसरमा उहाँ को हुनुहुन्छ भनेर जान्नु नितान्त आवश्यक छ । १. येशू ख्रिस्टियमतका संस्थापक हुनुहुन्छ …
Read More »
Reasons to Believe KamalAdhikari.com.np 