Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

मिसनरीको सुसमाचारद्वारा डरलाग्दो हत्याराको परिवर्तन

ख्रिस्टाब्द १७९५ मा स्कटल्यान्डमा जन्मेका रोबर्ट मोफाट उन्नाइसौँ शताब्दीमा अफ्रिकामा मिसनरी भएर जाने प्रभुका साहसिला सेवक हुन् । तिनी विश्वविख्यात मिसनरी डेभिड लिभिङ्गस्टोनका ससुरा थिए । दक्षिण अफ्रिकामा ५० वर्षभन्दा बेसी समय बिताएका मोफाटले उक्त देशको बेखुनास नामक आदिवासीको भाषामा बाइबललाई अनुवाद गरे । मोफाटले जुन ठाउँमा सुसमाचार लिएर गएका …

Read More »

इस्लाम धर्मका विद्वान्‌बाट येशू ख्रीष्टका चेला

भारतको लखनाउमा पढाइरहँदा अब्दुल मसिहले कानपुर घुम्न जाने निधो गरे जहाँ तिनले ब्रिटिस इस्ट इन्डियाका पादरी हेन्‍री मार्टिनसित मित्रता गाँसे । मार्टिनले हरेक आइतबार भिक्षाको लागि जम्मा भएका गरिबहरूलाई प्रचार गर्थे । अब्दुल धनी मानिस भए तापनि मार्टिनको प्रचारबाट प्रभावित भई तिनी पनि ती सेवाहरूमा उपस्थित हुन थाले । त्यहीँ …

Read More »

ख्रीष्टियान बनेपछि मुखियाद्वारा आफ्नै पिताको हत्यारालाई क्षमा

उत्तर अमेरिकामा पर्ने एउटा देशको नाउँ हो, क्यानडा । यो राष्ट्रको पश्चिममा अल्बर्टा नाउँ गरेको प्रान्त पर्दछ । त्यहाँ क्रि नाउँ गरेका जातिका मुखिया बस्थे जसको नाउँ हो— मास्केपेटुन । तिनको जन्म करिब १८०७ मा भएको थियो । तिनी आफ्नो जातिका परिचित अगुवा मात्र नभएर योद्धा पनि थिए । तिनी …

Read More »

अश्शूरी राजा सर्गान— बाइबलका आलोचकहरूलाई स्तब्ध पार्ने खोज

यशैया २०:१-२ मा लेखिएको छ, “जुन साल अश्शूरका राजा सर्गानको हुकुमअनुसार उनका सर्वोच्च सेनापतिले अश्दोदमा आएर आक्रमण गरी त्यो कब्जा गरे, त्यस बेला परमप्रभुले आमोजका छोरा यशैयाद्वारा बोल्नुभयो । उहाँले तिनलाई यसो भन्नुभयो, ‘जा, तेरो शरीरबाट भाङ्ग्रा उतार् र तेरा खुट्टाबाट जुत्ता फुकाल् ।’ अनि तिनले त्यसै गरे, र तिनी …

Read More »

टेल दान शिलालेख— दाऊदको नाउँ उल्लेख गर्ने ३,००० वर्ष पुरानो शिलालेख

इस्राएलका महान्‌तम राजाको रूपमा आदर गरिएका दाऊद बाइबल धर्मशास्त्रमुताबिक परमेश्वरले औधी रुचाउनुभएका मानिस थिए । इस्राएलको इतिहासमा तिनले उल्लेखनीय भूमिका निर्वाह गरेका भए तापनि बाइबलभन्दा बाहिर तिनको बारेमा केही जानकारी नभएकोले बाइबलका आलोचकहरूले तिनको ऐतिहासिकतामाथि नै प्रश्न उठाउँदै आएका थिए । तर बिसौँ शताब्दीको अन्त्यतिर पत्ता लागेको पुरातात्त्विक खोजले आलोचकहरूको …

Read More »

नाबोनिदसका सिलिन्डरहरू— बाइबलीय विवरणसित सम्बन्धित २,५०० वर्ष पुरानो प्रमाण

नाबोनिदस नवबेबिलोनी साम्राज्यका राजा थिए जसले ५५६-५३९ ख्रिस्टपूर्वसम्म शासन गरे । ५३९ ख्रिस्टपूर्वमा फारसका राजा कोरेसद्वारा तिनको पराजयसँगै नवबेबिलोनी साम्राज्य ढल्न पुग्यो । तसर्थ ख्रिस्टियानेतर इतिहासले तिनलाई नै नवबेबिलोनी साम्राज्यका अन्तिम राजाको रूपमा उल्लेख गर्दै आएको थियो । तर दानिएलको विवरणअनुसार बेलसजर अन्तिम राजा भएको जस्तो देखिन्छ, “बेलसजर राजाले आफ्ना …

Read More »

याकूबको अस्थि-बाकस— नयाँ करारको पुरातात्त्विक इतिहासमा सर्वाधिक महत्त्वपूर्ण खोज

ख्रिस्टाब्द २००२ मा संसारलाई तीन छक पार्ने चुन ढुङ्गाबाट निर्मित एउटा अस्थि-बाकस फेला पारिएको उद्घोष गरियो । इस्राएलको यरूशलेममा फेला पारिएको उक्त अस्थि-बाकसमा प्राचीन आरमेइक भाषामा प्रस्ट रूपमा लेखिएको थियो— “याकूब, योसेफका पुत्र, येशूका भाइ ।” यो यति महत्त्वपूर्ण खोज थियो कि अङ्ग्रेजी पत्रिका टाइमले यसलाई “नयाँ करारको पुरातात्त्विक इतिहासमा …

Read More »

“येशूको डुङ्गा”— बाइबलीय विवरणको पुष्टि गर्ने अर्को प्रमाण

ख्रिस्टाब्द १९८६ को जनवरी महिनामा इस्राएल देशको गालील समुद्रको उत्तरी तटमा माटोमुनि गडेर रहेको अवस्थामा एउटा डुङ्गा फेला पारियो । दुई हप्ताभित्रै यो खबर वनको डडेलोझैँ फैलियो । स्थानीय अखबारहरूले “येशूको डुङ्गा” फेला पारियो भनी लेख्न थाले । गालीलको समुद्रमा पत्ता लगाइएको “पहिलो प्राचीन पानी जहाज” भनी पुरातत्त्वविद्हरूले घोषणा गरे …

Read More »

एब्ला आलेखहरू— बाइबलसित सम्बन्धित ४,५०० वर्ष पुराना साक्षीहरू

बाइबलीय पुरातत्त्वविद्याको क्षेत्रमा एब्ला आलेखहरूको उल्लेखनीय महत्त्व रहेको छ । यस खोजले बाइबलीय ज्ञानमा थप प्रकाश छर्ने काम गरेको छ । माटोले बनेका १,८०० ओटा पत्रहरू, ४,७०० टुक्राहरू र अन्य हजारौँ ससाना चोइटाहरूको सङ्ग्रहलाई दिइएको नाउँ हो, एब्ला आलेखहरू । सिरियाको एब्ला नाउँ गरेको प्राचीन सहरमा यो खोज पत्ता लागेको …

Read More »

मृत सागरका मुट्ठाहरू— बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज

ख्रिस्टाब्द १९४७-१९५६ सम्ममा मृत सागरको उत्तर-पश्चिमपट्टि अवस्थित एघार ओटा गुफामा पत्ता लगाइएका झन्डै ९८१ ओटा पाण्डुलिपिका टुक्राको सङ्ग्रहलाई मृत सागरका मुट्ठाहरू भनेर चिनिन्छ । कुमरान भनेर चिनिने यो क्षेत्र यरूशलेमदेखि १३ माइल पूर्वमा र समुद्री सतहदेखि १,३०० फिट तल पर्छ । धेरैले यसलाई बिसौँ शताब्दीकै सर्वाधिक महत्त्वपूर्ण पुरातात्त्विक खोज भनेका …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle