Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

सैयौँ वर्षअगि बोलिएका सैयौँ भविष्यवाणीहरू येशूको जीवनमा पूरा भए

संसारमा धेरै किसिमका धर्महरू छन् । सङ्ख्याको हिसाबले ख्रिस्टियमत संसारकै सबैभन्दा ठुलो धर्म (मार्ग) हो जसलाई येशू ख्रीष्टले स्थापना गर्नुभएको थियो । दोस्रोमा इस्लाम धर्म पर्छ जसको संस्थापक मुहम्मद हुन् । पछिल्लो समयमा धर्म नमान्नेहरू (अज्ञेयवादी, नास्तिकवादीलगायतका समूहहरू) को सङ्ख्या पनि उल्लेखनीय मात्रामा वृद्धि भएको छ र यो तेस्रोमा पर्छ …

Read More »

येशूको जन्ममा पूरा भएका ७ ओटा भविष्यवाणी

ख्रिस्टमस येशूको जन्मको सम्झनामा मनाइने वार्षिक बडादिन हो जुन डिसेम्बर २५ मा मनाइन्छ । संसारका ख्रीष्टियानसाथै गैरख्रिस्टियान दुवै थरीका अरबौँ मानिसद्वारा मनाइने महान्‌तम पर्व हो, ख्रिस्टमस । ख्रिस्टमस प्रत्यक्ष रूपमा प्रभु येशू ख्रीष्टसित जोडिएको विश्वव्यापी पर्व भएकोले उहाँ नै यसको केन्द्रिय पात्र हुनुहुन्छ । त्यसैले ख्रिस्टमसको मौसममा मुक्तिदाता येशूको जीवनका …

Read More »

येशू कन्या मरियमबाट जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

आदम र हव्वा पापमा फसेपछि परमेश्वरले सर्पलाई भन्नुभयो, “तेरो र स्त्रीको बीचमा, र तेरो सन्तान र स्त्रीको सन्तानको बीचमा म दुश्मनी हालिदिनेछु । त्यसले तेरो शिर कुच्च्याउनेछ, र तैंले त्यसको कुर्कुच्चो डस्नेछस्” (उत्पत्ति ३:१५) । यो मसीहको बारेमा भएको पहिलो भविष्यवाणी हो । यहाँ मसीहलाई “स्त्रीको सन्तान” भनिएको छ । …

Read More »

येशू याकूबको वंशमा जन्मनुहुँदा १,३०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

गन्ती २२-२४ अध्यायहरूमा गैरइस्राएली अगमवक्ता बालामको कथा पाइन्छ । तिनका सातवटा प्रवचन अर्थात् ईश्वरवाणीमध्ये तेस्रो (गन्ती २४:५-९) र चौथो (गन्ती २४:१७-१९) खास गरी उल्लेखनीय छन् किनकि यी खण्डहरू मसीहसित सम्बन्धित छन् भनी लामो समयदेखि अर्थ खोलिएको छ । अगमवक्ता बालामले भने, “म उहाँलाई देख्‍छु, तर अहिले त होइन । म …

Read More »

येशू अब्राहामको सन्तान भएर जन्मनुहुँदा २,००० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

मोशापछि नयाँ करारमा पुरानो करारबाट सबैभन्दा धेरै पटक उल्लेख गरिएको नाउँ हो, अब्राहाम । उत्पत्ति ११:२६ मा पहिलो पटक तिनको उल्लेख गरिएको छ । उत्पत्ति १२-२५ अध्यायसम्म तिनको बारेमा सबिस्तार वर्णन पाइन्छ । अब्राहामलाई ‘परमेश्वरका मित्र’ भनिएको छ (याकूब २:२३) जुन उपाधी अन्य कुनै पनि बाइबलीय पात्रलाई दिइएको छैन । …

Read More »

येशू यिशैको वंशमा जन्मनुहुँदा ७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

यिशै इस्राएलका महान्‌तम राजा दाऊदका पिता थिए । यिशै ओबेदका छोरा थिए भने रूथ र बोअजका नाति । तिनी यहूदाको बेथलेहेममा बस्थे र यहूदाको कुलका थिए । बेथलेहेमका परिचित बासिन्दा तिनी कृषक थिए र तिनले भेडा-बाख्राहरू पाल्थे । यिशै इस्राएलकै सर्वाधिक परिचित राजा दाऊदका पिता भएकाले र येशूको वंशावलीमा तिनको …

Read More »

येशू दाऊदको वंशमा जन्मनुहुँदा १,००० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

दाऊद पुरानो करारका एक महत्त्वपूर्ण पात्रसाथै संयुक्त इस्राएल राज्यका द्वितीय राजा थिए जसले इस्राएलमाथि ४० वर्ष (करिब १०१०-९७० ख्रिस्टपूर्व) सम्म राज्य गरे । २ शमूएल ७ अध्यायमा पुरानो करारकै एउटा महत्त्वपूर्ण भविष्यवाणी पाइन्छ जसअनुसार दाऊद आफ्नो महलमा सुरक्षित थिए र चारैतिरका शत्रुहरूबाट तिनले विश्राम पाएका थिए । नातान अगमवक्ता राजा …

Read More »

येशूको जन्मवरिपरि भएका ७ ओटा घटना

चारवटा सुसमाचारमध्ये मत्ती र लूकाले येशूको जन्मको बारेमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् (मत्ती १:१८-२:२३; लूका १:२६-५६; २:१-४०) । यी विवरणहरूलाई नियाली मुक्तिदाता येशूको जन्मको वरिपरि भएका ७ ओटा घटनालाई हामी सङ्क्षिप्त रूपमा ध्यान दिने छौँ । यहाँ ती घटनाहरूलाई क्रमैसँग राखिएका छन् । १. योसेफ र मरियमको मगनी …

Read More »

येशू यहूदाको कुलमा जन्मनुहुँदा १,७०० वर्ष पुरानो भविष्यवाणी पूरा भयो

याकूबको मृत्यु हुनुअगि तिनले आफ्ना छोराहरूलाई डाकी तिनीहरूको बारेमा विविध भविष्यवाणीमूलक आशिष्‌हरू दिए । आफ्ना काहिँला छोरा यहूदाको सम्बन्धमा तिनको वचन यस्तो थियो, “यहूदाको हातबाट राजदण्‍ड हट्‌नेछैन, राज्‍य चलाउनेको लाठी त्‍यसका खुट्टाका बीचबाट हट्‌नेछैन, जबसम्‍म त्‍यसका मालिक आउँदैनन्‌ । र जातिहरू उहाँको आज्ञाकारी बन्‍नेछन्‌” (उत्पत्ति ४९:१०) । येशूको जन्मभन्दा झन्डै …

Read More »

येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग २)

हिजो यस साइटमा येशू ख्रीष्ट कहिले जन्मनुभयो ? (भाग १) भन्ने शीर्षकमा एउटा रचना पोस्ट गरिएको थियो । यो आलेख त्यसैको निरन्तरता भएकोले यसलाई भाग २ भनिएको हो । येशू ख्रीष्टको जन्मबारे उपलब्ध बाइबलीयसाथै बाइबलेतर विवरणहरूलाई विश्लेषण गर्दा अधिकांश बाइबल विद्वान्‌हरूको बुझाइअनुसार येशू ख्रीष्ट ६-४ ख्रिस्टपूर्वको बिचमा जन्मनुभएको थियो भनी …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle