Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

येशूको पछि म हिँड्न लागेँ फर्कंदिनँ, फर्कंदिनँ

येशूको पछि म हिँड्न लागेँ दुनियाँलाई त्यागी क्रूस नै बोकी । येशूको पछि म हिँड्न लागेँ (फर्कंदिनँ, फर्कंदिनँ ।) २ ख्रीष्टीय भजनको ३७६ नम्बरको पहिलो श्लोक हो यो । यो हाम्रो छिमेकी मुलुक भारतबाट व्युत्पन्न भएको ख्रीष्टियान भजन हो । भारतको उत्तर-पूर्वमा पर्ने आसाम नामक राज्यमा बस्ने एउटा मानिसको मुखबाट …

Read More »

अपोलोजेटिक्स भनेको के हो ?

अपोलोजेटिक्स (apologetics) एउटा अङ्ग्रेजी शब्द हो जसलाई नेपालीमा रक्षाशास्‍त्र भनिन्छ । रक्षाशास्‍त्र भनेको ख्रीष्‍टियान विश्‍वासको तर्कसङ्गत प्रस्तुतिकरण हो । यसलाई पक्षमण्डनशास्‍त्र पनि भनिएको पाइन्छ । अपोलोजेटिक्स ग्रिक शब्द अपोलोगिया (apologia) बाट व्युत्पन्न भएको हो । नयाँ करारको ग्रिक बाइबलमा यो शब्द आठ पटक देखा पर्छ— प्रेरित २२:१; २५:१६; १ कोरिन्थी …

Read More »

कसले लेखे व्यवस्था ३४ अध्याय ?

व्यवस्था ३४ अध्याय मोशाको मृत्यु र दफनको अभिलेख हो । पद ५ मा लेखिएको छ, “तब परमप्रभुको वचनअनुसार परमप्रभुका दास मोशा मोआब देशमा मरे ।” व्यवस्थाको पुस्तकका लेखक मोशा आफै हुन् । त्यसो हो भने मोशा आफैले आफ्नै मृत्यु र दफनको बारेमा अभिलिखित अध्याय कसरी लेखेका हुन सक्छन् ? यो …

Read More »

बाइबलको अविनाशिताबारे १० ओटा मन छुने भनाइ

[बाइबललाई जस्तै] अर्को कुनै पुस्तकलाई टुक्रा–टुक्रा पारिएको छैन; चक्कु रोपिएको छैन; नियालेर जाँच गरिएको छैन; अनुसन्धान गरिएको छैन; निन्दा गरिएको छैन । … [तथापि] बाइबललाई अझै दसौँ लाखले प्रेम गर्छन्; दसौँ लाखले पढ्छन् र दसौँ लाखले अध्ययन गर्छन् । बर्नाड र्‍याम, रक्षाशास्त्रीसाथै ईश्वरशास्त्री विधर्मीहरूले अठार शताब्दीसम्म बाइबललाई खण्डन गर्दै र …

Read More »

आत्महत्या गर्न हिँडेकी स्त्रीले वचन सुनेपछि ख्रीष्टमा विश्वास गरिन्

उन्नाइसौँ शताब्दीको उत्तरार्द्धमा इङ्गल्यान्डका सर्वश्रेष्ठ प्रचारक थिए, चार्ल्स स्पर्जिन । “प्रचारकहरूका राजकुमार” भनेर चिनिने तिनले जीवनमा अनुमानित एक करोड मानिसलाई प्रचार गरे । तिनले लन्डनस्थित मेट्रोपोलिटन टेबरनेकल नाम गरेको मण्डलीमा ३८ वर्षसम्म पास्टर भई प्रभुको सेवा गरे । तिनका हजारौँ प्रवचन संसारको चारैतिर पुगेका छन् । तिनका रचनाहरू मनग्गे भाषामा …

Read More »

एउटा बाइबल पढेर २०० जना विश्वासी बने

पोल्यान्ड युरोपको पूर्वमा पर्ने एउटा देशको नाउँ हो । यो दोस्रो विश्वयुद्ध हुनुअगिको कुरो हो । एक जना घुमन्ते पुस्तक बिक्रेताबाट पोल्यान्डको पूर्वमा अवस्थित ग्रामीण गाउँको एक जना मानिसले एउटा बाइबल प्राप्त गर्‍यो । उसले बाइबललाई पढ्यो अनि ऊ ख्रीष्टियान भयो । आफूमा मात्र सीमित नगरी उसले त्यो बाइबल अरूहरूलाई …

Read More »

बाइबलीय पात्र बालामको शिलालेख पत्ता लाग्यो

गन्ती २२-२४ अध्यायहरूले बालामको कथालाई वर्णन गर्छन् । बओरका छोरा बालामसित भविष्यवाणी बोल्ने क्षमता थियो । बालाम एक गैरइस्राएली अगमवक्ता थिए । इस्राएलीहरू प्रतिज्ञाको देशतर्फ प्रस्थान गर्दै थिए । तिनीहरू अगाडि बढिरहेको खबरले मोआबका राजा बालाक भयभीत भए र इस्राएलीहरूलाई सराप दिन अगमवक्ता बालामलाई भाडामा लिने निधो गरे तिनले । …

Read More »

पुस्तक पढ्नुका ७ ओटा फाइदा

माइक्रोसफ्ट संस्थानका सहसंस्थापक बिल गेट्सले भनेका छन्, “पढ्नमा म धेरै समय बिताउँछु ।” जर्ज आर. आर. मार्टिन उपन्यासकार हुन् । २०११ मा अङ्ग्रेजी पत्रिका टाइमद्वारा प्रकाशित संसारका सर्वाधिक प्रभावशाली १०० जना मानिसको सूचीमा मार्टिनको नाउँ पनि परेको थियो । किताब पढ्ने सम्बन्धमा तिनको भनाइ छ, “एउटा पाठक मर्नुअगि उसले एक …

Read More »

नयाँ वर्षबारे तपाईंले जान्नुपर्ने ७ ओटा कुरा

१. अबको ३ दिनपछि हामी नयाँ वर्ष २०२१ मा प्रवेश गर्ने छौँ । हामी नयाँ वर्षमा प्रवेश गरिरहँदा यो पात्रोबारे जानकारी लिनु मुनासिब नै हुन्छ । संसारमा प्रयोगमा आएका विभिन्न थरीका पात्रोहरूमध्ये सबैभन्दा व्यापक रूपमा प्रयोग गरिएको पात्रोको नाउँ हो– ग्रेगोरी पात्रो । यो पात्रोअनुसार अहिले हामी २०२० मा छौँ …

Read More »

आफैलाई घृणा गर्ने शत्रुलाई मृत्युदण्ड हुनबाट जोगाए पास्टर पिटरले

अमेरिकी क्रान्ति (ख्रिस्टाब्द १७७५-१७८३) को समयमा पेन्सलभेनियामा पिटर मिलर नाउँ गरेका पास्टर बस्थे । तिनको समुदायमा हरेक व्यक्तिले तिनको आदर गर्थ्यो र तिनलाई माया गर्थ्यो तर तिनको मण्डली नजिकै एक जना मान्छे बस्थ्यो जसले तिनलाई घृणा गर्थ्यो । परमेश्वरका सेवकलाई गर्ने दुर्व्यवहारको कारण उसले कुख्याती कमाएको थियो । उसले मण्डलीलाई …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle