Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

येशूको पापविहीनताबारे १३ ओटा प्रसिद्ध भनाइ

येशू पूर्णतः निर्दोष व्यक्तित्व हुनुहुन्थ्यो जसले आफ्ना शत्रुहरूसाथै अरूहरूका निम्ति आफैलाई बलिदान गर्नुभयो र उहाँ संसारको प्रायश्चित्त बन्नुभयो । यो एउटा सिद्ध कार्य थियो ।      महात्मा गान्धी, भारतीय स्वाधीन अभियानका सर्वश्रेष्ठ अगुवा येशूले यस धरतीमा एक करोड पचास लाख मिनेटको जीवन बिताउनुभयो । उहाँले आफ्नो जीवन दुष्ट र भ्रष्ट …

Read More »

वृद्धको तर्कबाट प्रभावित भई दार्शनिक जस्टिनले येशूलाई अङ्गाले

एक दिन प्लेटोवादबाट प्रभावित जस्टिन नाउँका एक जना दार्शनिक एफिसस नजिकैको स्थानमा हिँड्दै थिए । एक जना वृद्ध मान्छे तिनको पछि आइरहेको देखे तिनले । तिनी एक्कासि पछाडि फर्केर ती अपरिचित पाको मान्छेलाई हेर्न थाले । “तपाईं मलाई किन एकटक लगाएर हेर्नुहुन्छ ?”, ती पाको मान्छेले सोधे । जस्टिनले जवाफ …

Read More »

बाइबलमा उल्लिखित तर काल्पनिक ठानिएको तलाउ पत्ता लाग्यो

बाइबलमा तीन पटक सिलोआमको तलाउको उल्लेख गरिएको छ (नहेम्याह ३:१५; यशैया ८:६ [शिलोको पानी] र यूहन्ना ९:७) । यहूदाका राजा हिजकियाले आठौँ शताब्दी ख्रिस्टपूर्वमा यस तलाउको निर्माण गरेका थिए (२ राजा २०:२०) । गीहोन नदीको माथिल्लो मूललाई थुनेर १,७७७ फिट लामो चट्टानको सुरुङमार्फत राजाले सिलोआमको तलाउमा पानी ल्याएका थिए (२ …

Read More »

चन्द्रमामा पाइले टेक्ने वैज्ञानिक जेम्सले परमेश्वरको महिमा गरे

अपोल्लो १५ एउटा मिसनको नाउँ हो जसअन्तर्गत अमेरिकाले मानवनिर्मित यानमार्फत चन्द्रमामा मानिसहरू उतारेको थियो । यो मिसन २६ जुलाई १९७१ सालमा सुरु भई उही सालको अगस्त ७ सम्म लम्बिएको थियो । मानिसहरूलाई चन्द्रमामा उतार्ने यो चौथो प्रयास थियो । नासाले यसलाई सर्वाधिक सफल मानवीय उडानको रूपमा लिएको थियो । ती …

Read More »

आफ्नो विश्वासको रक्षा गर्नुहोस्— येशूका भाइ यहूदा

चार्ली एच. क्याम्पबेल कलेज पढ्दा नास्तिक थिए । तर एक्काइस वर्षको उमेरमा आइपुग्दा तिनले कतै परमेश्वर अस्तित्वमा हुनुहुन्छ कि भनेर प्रश्न गर्न थाले । बाइबल, येशू ख्रीष्ट र परमेश्वरको पक्षमा लेखिएका तर्कसङ्गत पुस्तकहरू पढेपछि तिनी छक्क परे । नास्तिकवाद साक्षीमा आधारित नभएको र ख्रिस्टियमत साक्षीमा आधारित भएको देखेपछि १९९० मा …

Read More »

के येशू यहूदीहरूका लागि मात्र आउनुभएको थियो (मत्ती १०:५-६) ?

येशूले आफ्ना बाहृ जना चेलालाई यसो भनी सुसमाचार प्रचारको लागि पठाउनुभएको थियो, “अन्‍यजातिहरूका माझमा नजाओ, र सामरीहरूका सहरमा नपस । तर इस्राएल जातिका हराएका भेड़ाहरूकहाँ जाओ” (मत्ती १०:५-६) । अर्को ठाउँमा येशूले प्रस्ट रूपमा बताउनुभयो, “म इस्राएल जातिका हराएका भेडाहरूका निम्‍ति मात्र पठाइएको हुँ” (मत्ती १५:२४) । तर आफ्नो क्रुसारोहण …

Read More »

अब्राहाम लिङ्कनले राज्यको उन्नतिको श्रेय परमेश्वरलाई दिए

अमेरिकाका सोर्‍हौँ राष्ट्रपतिको नाउँ हो, अब्राहाम लिङ्कन । तिनले ख्रिस्‍टाब्द १८६१-१८६५ सम्म राष्‍ट्रपतिको पदमा रहेर देशको सेवा गरे । तिनले राज्यको एकता कायम राख्न उल्लेखनीय भूमिका खेले; दासप्रथालाई उन्मूलन गरे; सङ्घीय राज्यलाई मजबुत पारे र अर्थतन्त्रलाई आधुनिकीकरण गरे । १८०९ मा अमेरिकामा जन्मेका लिङ्कन एउटा धार्मिक परिवारमा हुर्केका थिए । …

Read More »

येशूको क्रूसबारे १७ ओटा शानदार भनाइ

क्रूस हराएकाहरूको बाटो हो । क्रूस लङ्गडाहरूको लट्ठी हो । क्रूस दृष्टिविहीनहरूको गाइड हो । क्रूस कमजोरहरूको ताकत हो । क्रूस आशाविहीनहरूको आशा हो । क्रूस दासहरूको स्वतन्त्रता हो । क्रूस बिउहरूको पानी हो । क्रूस श्रमिकहरूको सान्त्वना हो । क्रूस पानी खोज्नेहरूको स्रोत हो । क्रूस नाङ्गाहरूको वस्त्र हो …

Read More »

जुड विलहिट— ड्रग्सको दलदलबाट मण्डलीको पास्टरमा रूपान्तरण

भनिन्छ, ड्रग्सको लतमा फसेकाहरू सजिलैसित त्यस पासोबाट उम्कन सक्दैनन् । त्यस्तै भयो जुड विलहिटको जीवनमा । १२ वर्षको कलिलै उमेरमा जुड ड्रग्सको सम्पर्कमा आए जुन बेला तिनी स्कुलका विद्यार्थी थिए । त्यसको स्वादले तिनलाई त्यतै हराउन मन लाग्यो । दुर्व्यसनमा फसेकाहरूको गन्तव्य कि झ्यालखाना हुन्छ, कि मृत्यु कि त विक्षिप्तता …

Read More »

२,८०० वर्ष पुरानो बाइबलीय राजा आहाजको छाप फेला पारियो

मत्तीको सुसमाचारमा उल्लिखित येशूको वंशावलीमा सूचीकृत राजाहरूमध्ये एक हुन्, आहाज । तिनी यहूदाका एघारौँ राजा थिए जसले ७४१–७२६ ख्रिस्टपूर्वसम्म शासन गरे । तिनी योतामका छोरासाथै उत्तराधिकारी थिए । तिनी यहूदाका राजा हुँदा २० वर्षका थिए र तिनले १६ वर्षसम्म शासन गरे । तर “तिनले आफ्ना पुर्खा दाऊदले गरेझैं परमप्रभुको दृष्टिमा …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle