Kamal Adhikari

बाइबल शिक्षक, लेखक साथै अनुवादक हुन् । गोरखामा जन्मेर धादिङमा हुर्केका तिनले ख्रिस्टाब्द २००५ मा दक्षिण भारतस्थित South India Baptist Bible College & Seminary बाट B. Div. (Bachelor of Divinity) हासिल गरे । Development Associates International र Nepal Ebenezer Bible College को सहकार्यमा सञ्‍चालित स्‍नातकोत्तर प्रोग्राम अर्थात् Master of Arts in Organizational Leadership (MAOL) २०१६ मा पूरा गरेका तिनी अपोलोजेटिक्स (अर्थात् रक्षाशास्‍त्र) बारे कलम चलाउन रुचाउँछन् । इम्मानुएल बाइबल मिसनरी इन्स्टिच्युटका प्रिन्सिपल तिनी आफ्नी पत्‍नी जानकी र तीन छोरी (एलिशा, सोफियासाथै जेसिका) को साथमा ललितपुरमा बस्छन् । पचासवटाभन्दा बेसी पुस्तक-पुस्तिकाका अनुवादक तिनका निम्‍न लिखित पाँचवटा पुस्तक प्रकाशित भइसकेका छन्ः १. बाइबल, विज्ञान र परमेश्‍वर (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) २. प्राचीन बाइबलका लागि आधुनिक साक्षीहरू (पहिलो संस्करण-२०११, दोस्रो संस्करण-२०१६) ३. प्रेरक प्रसङ्गहरूः ख्रीष्‍टियान जगत्‌मा घटेका १०१ प्रेरक प्रसङ्गहरूको सङ्ग्रह (२०१४) ४. येशू को हुनुहुन्छ ? (२०१८) ५. इतिहासमा आजः ३६६ ओटा प्रेरक प्रसङ्गको सङ्ग्रह (२०१९)

येशूले किन अञ्जीरको रुखलाई सराप दिनुभयो (मर्कूस ११:१२-१४) ?

यही फेब्रुअरी १३-१४ मा धादिङको सल्यान्टारमा दुई दिने अपोलोजेटिक युवा सेमिनारमा सहजकर्ताको भूमिमा निर्वाह गरी शनिबार सेवामा आत्मिक मन्न खुवाउनको लागि म आरूघाट झरेको थिएँ । आरूघाट मेरो गृहनगर हो । त्यहाँस्थित मण्डलीमा म आत्मिक रूपमा जन्मेको थिएँ । बातचितको क्रममा एक जना भाइले प्रश्न गरे, “येशूले किन अञ्जीरको रुखलाई …

Read More »

७ रुपियाँबाट खरबपति बनेका वानामेकरले आफ्नो सफलताको श्रेय परमेश्वरलाई दिए

आफ्ना पिताको इँटा भट्टीमा काम गरेर जोन वानामेकरले ७ रुपियाँ हात पारे । पिताको मृत्युपश्चात् तिनले पुस्तक पसलमा काम गरे जहाँ तिनले हप्तामा १२५ रुपियाँ तनाखा बुझ्थे । काम गर्नको लागि तिनी हप्तामा दुई पटक चार माइलको यात्रा गर्थे । स्याउ र रोटी तिनको खाना थियो । थप २५ रुपियाँ …

Read More »

दास भएर जन्मेका जर्जलाई बाइबलले परिचित वैज्ञानिक बनाइदियो

ख्रिस्टाब्द १८६० तिर अमेरिकामा जन्मेका थिए जर्ज, दासको रूपमा । तिनको पुरा नाउँ हो— जर्ज वासिङ्टन कार्भर । तिनी केवल एक हप्ताको हुँदा तिनी, तिनकी दिदी र तिनकी आमा अपहरणमा परे । केही समय बितेपछि जर्जको कोही एक जना नातेदारले जर्जलाई लिएर आयो । तर आमा भने सधैँको लागि कतै …

Read More »

सृष्टिबारे ८ ओटा घतलाग्दा भनाइ

जति धेरै म प्रकृतिको अध्ययन गर्दछु त्यति नै धेरै म परमेश्वरको कामदेखि छक्क पर्दछु । लुई पास्चर, रसायनशास्त्रीसाथै सुक्ष्म–जीवशास्त्री हामीलाई भुल गर्नदेखि रोक्न अध्ययनको लागि हाम्रासामु दुईवटा पुस्तक राखिएका छन् । पहिलो, धर्मशास्त्रको ठेली हो जसले परमेश्वरको इच्छा प्रकट गर्छ र दोस्रो, सृष्टिको ठेली हो जसले उहाँको शक्ति प्रदर्शन गर्दछ …

Read More »

प्रार्थनाको नतिजास्वरूप टाइटानिक दुर्घटनाबाट बाँचेका थिए कर्णेल ग्रेसी

आरएमएस टाइटानिक नाम गरेको बडेमाको पानी जहाज बेलायतबाट अमेरिकातर्फ जाँदै थियो । जहाज एटलान्टिक महासागरको उत्तरपट्टि आइपुग्यो । हिउँको ढिक्कामा ठक्कर खाएर पानी जहाज डुब्यो, १५ अप्रिल १९१२ मा । अनुमानित २,२२४ मानिसमध्ये १,५०० भन्दा बेसी मानिस जहाज दुर्घटनामा परेर मरे । तर उक्त अनपेक्षाकृत दुर्घटनामा परमेश्वरले एउटा उदेकको काम …

Read More »

के येशूका चेला पत्रुसको घर फेला परेकै हो त ?

पत्रुस प्रभु येशू ख्रीष्टका १२ जना प्रेरितमध्ये एक थिए । तिनको घर कफर्नहुममा थियो (मर्कूस १:२९) जुन सहर गालील समुद्रको पश्चिमी किनारमा अवस्थित थियो । गालीलमा येशूले यो सहरलाई आफ्नो सेवाको केन्द्र–स्थलको रूपमा प्रयोग गर्नुभएको थियो । गालीलमा येशू कहाँ बस्नुभयो ? निश्चय नै पत्रुसको घरमा । येशूले यही घरमा …

Read More »

बाइबल परमेश्वरले मानिसहरूलाई दिनुभएको एउटा महानत्‌म आशिष् हो— जोन लक

बाइबलप्रति कट्टरवादी दृष्टिकोण राख्ने ब्रिटिस दार्शनिक जोन लकले बाइबलको बारेमा यस्तो अभिव्यक्ति दिएका थिए, “बाइबल परमेश्वरले मानिसहरूलाई दिनुभएको एउटा महानत्‌म आशिष् हो । यसको लेखक परमेश्वर स्वयम् हुनुहुन्छ; … यो पूर्णत: शुद्ध छ; पूर्णत: इमानदार छ; यो अधीक पनि छैन र कम पनि छैन ।” सत्रौँ र अठारौँ शताब्दीमा युरोपेली …

Read More »

बाटो, सत्‍य र जीवन म नै हुँ— येशू ख्रीष्ट

ख्रिस्टाब्द १९५० को दसकमा प्रकाशित पाश्चात्य जगत्‌का महान् पुस्तकहरूमा ‘परमेश्वर’ को विषयमा लेख्न सबैभन्दा धेरै ठाउँ दिइएको छ । पाश्चात्य जगत्‌का उल्लेखनीय विचारकहरूले यो विषयलाई सम्बोधन गरेका छन् । अन्य उल्लेखनीय विषयवस्तुहरूको तुलनामा परमेश्वरको बारेमा लेख्न किन यति धेरै ठाउँ दिइयो भनी सम्पादक मोर्टिमर एडलरलाई सोधिँदा तिनले नअनकनाई जवाफ दिए, …

Read More »

परमेश्वरले कुनै मानिसको परीक्षा लिनुहुन्न भने किन अब्राहामको परीक्षा लिनुभयो ?

परमेश्वरले कुनै मानिसको परीक्षा लिनुहुन्न भनी याकूबले व्यक्त गरेका छन्, “परीक्षा हुँदा कसैले पनि यसो नभनोस्‌, ‘परमेश्‍वरद्वारा मेरो परीक्षा भएको हो ।’ किनकि कुनै खराब कुराबाट परमेश्‍वरको परीक्षा हुन सक्‍दैन, र उहाँ आफैले पनि कुनै मानिसको परीक्षा गर्नुहुन्‍न” (याकूब १:१३) । तर पुरानो करारमा परमेश्वरले अब्राहामको परीक्षा लिनुभयो, “केही समयपछि …

Read More »

कम्प्युटरका पिता चार्ल्स ब्याबेजका अनुसार विशुद्ध विज्ञानले हामीलाई परमेश्वरतर्फ डोर्‍याउँछ

चार्ल्स ब्याबेजलाई कम्प्युटरका पिता भनिएको छ । तिनी गणितज्ञ, दार्शनिकसाथै आविष्कारक पनि हुन् । यी तिनै ब्याबेज हुन् जसले प्रथम यान्त्रिक कम्प्युटरको आविष्कार गरेका थिए । तिनकै अवधारणाको सारमा वर्तमान समयका जटिलभन्दा जटिल सबै आधुनिक कम्प्युटर निर्माण हुन्छन् । आज विज्ञान र प्रविधिमा ब्याबेजका सैयौँ आविष्कार प्रयोगमा छन् । ब्याबेज …

Read More »

Collection of premium WordPress themes

Powered by Youth Circle