येशू शुक्रबार क्रूसमा टाँगिनुभयो र आइतबार पुनरुत्थान हुनुभयो भने कसरी उहाँ तीन दिन र तीन रात पृथ्वीको गर्भभित्र रहनुभएको हुन सक्छ त ? येशूको क्रूसारोहण शुक्रबार भयो भनी झन्डै विश्वव्यापी रूपमा विश्वास गरिन्छ । त्यसैले अन्य दिनमा नभई हामी शुक्रबारको दिनमा नै “गुड फ्राइडे” अर्थात् “असल शुक्रबार” मनाउँछौँ । यो …
Read More »Kamal Adhikari
बाइबलका ७ ओटा विरोधाभासको व्याख्या
विरोधाभास भनेको दुई वा सोभन्दा बेसी वस्तुका बिचमा पाइने विरोधको भान हो । यो कुरो साँचो हो कि बाइबलमा विरोधाभासहरू छन् । तर विरोधाभास भुल होइन न त अन्तर्विरोध हो । बाइबलका विरोधाभासहरू व्याख्या गर्नै नसक्ने खालका छैनन् । होसियार अध्ययनबाट तिनलाई बुझ्न सकिन्छ । यहाँ त्यस्ता ७ ओटा विरोधाभासको …
Read More »के निषेधित फल खाएको दिनमा नै आदम मरे (उत्पत्ति २:१६-१७) ?
अदनको बगैँचामा परमेश्वरले आदमलाई गम्भीर चेताउनी दिनुभयो, “बगैँचाका सबै रूखका फल तैंले सङ्कोच नमानी खाए हुन्छ, तर असल र खराबको ज्ञान दिने रूखको फलचाहिँ नखानू, किनभने जुन दिन तैंले त्यो खान्छस् तँ निश्चय नै मर्नेछस्” (उत्पत्ति २:१६-१७) । निषेधित फल खाएको दिनमा नै आदमको मृत्यु हुनेथियो भनी परमेश्वरले भविष्यवाणी गर्नुभए …
Read More »के अन्नका बाला टिपेर खाँदा येशूका चेलाहरूले शबाथ-दिनको उल्लङ्घन गरे (मत्ती १२:१-२) ?
मत्ती १२:१-२ मा लेखिएको छ, “त्यस समय येशू शबाथमा अन्नका खेतहरूबाट भएर जाँदैहुनुहुन्थ्यो । उहाँका चेलाहरू भोकाएका थिए र अन्नका बाला टिप्दै खान लागे । तर फरिसीहरूले यो देखेर उहाँलाई भने, ‘हेर्नोस्, तपाईंका चेलाहरू शबाथमा जे गर्नु अनुचित छ, त्यही गर्दछन्’ ।” के शबाथमा अन्न टिपेर खाँदा फरिसीहरूले आरोप लगाएझैँ …
Read More »कयिनकी पत्नी को थिइन् (उत्पत्ति ४:१७) ?
बाइबलको विवरणबाट हामी प्रस्ट हुन्छौँ कि परमेश्वरले आदम र हव्वालाई सृष्टि गर्नुभयो अनि तिनीहरूबाट कयिन र तिनका भाइ हाबिल जन्मे । कयिनले आफ्ना भाइ हाबिलको हत्या गरेपछि तिनी नोद भन्ने देशमा गए र आफ्नी पत्नीसित तिनको सहवास भयो (उत्पत्ति ४:१७) । तब स्वाभाविक प्रश्नको उदय हुन्छ— कयिनले कहाँबाट आफ्नी पत्नी …
Read More »प्रतीक्षित वादविवाद प्रतियोगितामा ४७ जनाले येशूमाथि विश्वास गरे
मण्डलीले एउटा वादविवाद प्रतियोगिता आयोजना गर्यो । यसमा संसारकै सुविख्यात ख्रीष्टियान रक्षाशास्त्रीसाथै दार्शनिक विलियम लेन क्रेग र नामुद नास्तिक फ्र्याङ्क जिन्डलरले भाग लिएका थिए । यी दुई महान् प्रतिस्पर्धीबिचको वादविवादलाई ११७ ओटा स्टेसनले प्रत्यक्ष प्रसारण गरेको थियो । २७ जुन १९९३ मा अमेरिकाको इलिनोई राज्यको सिकागोस्थित विल्लो क्रिक कम्युनिटी चर्चमा …
Read More »बाइबल— जीवन परिवर्तन गर्ने पुस्तक
१७ वर्षका तिनी अस्पतालको बेडमा पस्रिरहेका थिए । तिनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका भए तापनि भाग्यवशः नमरेर तिनलाई त्यहाँ ल्याइएकोरहेछ । तिनी कुरा गर्ने अवस्थामा थिएनन् यद्यपि सुन्न भने सक्थे । कोही एक जनाले तिनकी आमाको हातमा बाइबल थमाइदियो । आमाले छोरोको लागि चर्को सोरमा यूहन्ना १४:१९ …
Read More »बाइबल— संसारमा सबैभन्दा प्रभावशाली पुस्तक
दोस्रो विश्वयुद्ध (१९३९-१९४५) जारी थियो । डुलिटिल रेड नाउँ दिइएको हवाइ आक्रमणमा १९४२ मा अमेरिकाले जापानको राजधानी टोकियोलगायत अन्य सहरहरूमाथि आक्रमण गर्यो । आक्रमणकारीहरूको समूहमा जेकब डे साजर नाउँका एक जना सैनिक अधिकृत पनि थिए जो नास्तिक थिए । तिनको टिमले जापानको नागोया सहरमाथि आक्रमण गरेपछि विमानलाई चीनमा सुरक्षित अवतरण …
Read More »७ जना अशक्त व्यक्ति जो हाम्रा लागि प्रेरणादायी छन्
सबलहरूले मात्र नभई दुर्बलहरूले पनि हामीलाई सिकाउन सक्छन् । यहाँ त्यस्ता ७ जना दुर्बल व्यक्तिहरू अर्थात् फरक क्षमता भएकाहरूको बारेमा चर्चा गरिएको छ जो हाम्रा लागि प्रेरणादायी छन् । (१) निक भुजिकिक ४ डिसेम्बर १९८२ मा निक भुजिकिकको जन्म अस्ट्रेलियामा भएको थियो । तिनी हात र खुट्टाविना नै जन्मेका थिए …
Read More »बाइबल— भविष्यवाणीको पुस्तक
आजभन्दा झन्डै २,५०० वर्षअगि इजकिएल अगमवक्ताले टुरोस सहरको विनाशबारे भविष्यवाणी गरेका थिए, “तँ फेरि कहिल्यै निर्मित हुनेछैनस्, किनभने म परमप्रभुले नै यो भनेको हुँ, परमप्रभु यसो भन्नुहुन्छ” (इजकिएल २६:१४) । यसरी भविष्यवाणी हुँदा भूमध्य सागरको पूर्वी तटमा अवस्थित यो चौपट्टै नामी सहर यति सुरक्षित थियो कि मानवीय दृष्टिकोणबाट यो पराजित …
Read More »