परमेश्वरको अस्तित्वको लागि २७ ओटा वैज्ञानिक भनाइ (भाग ३)

वास्तविक नास्तिक वैज्ञानिक हुन सक्छ भन्ने कुरो मेरो लागि अकल्पनीय छ ।

रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता

तब मेरो विश्लेषणमा धर्म र विज्ञान दुई महान् दिदीका शक्तिहरू हुन् जसले मानव-जातिलाई तल र माथि तानेका छन् र तान्दै छन् ।

रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता

कुनै पनि किसिमको पूर्वाग्रह नराखिकन विज्ञानको उद्देश्य प्रकृतिको सत्यता, नियम र प्रक्रियाको विकास गर्नु हो । अर्कोतिर, धर्मको अझै महत्त्वपूर्ण जिम्मेवारी छ र त्यो मानव-जातिको विवेक, आदर्श र इच्छाको विकास गर्नु हो ।

रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता

अन्तर्ज्ञान, अवलोकन, तर्क र वैज्ञानिक ज्ञानको आधारमा म दृढतापूर्वक परमेश्वरको अस्तित्वमाथि विश्वास गर्दछु ।

चार्ल्स हार्ड टाउनेस, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

आफ्नो परीक्षण र तर्कले विज्ञानले विश्वको क्रम वा संरचनालाई बुझ्ने कोसिस गर्छ । आफ्नो ईश्वरशास्त्रीय प्रेरणा र मननले धर्मले विश्वको उद्देश्य वा अर्थलाई बुझ्ने कोसिस गर्छ ।

चार्ल्स हार्ड टाउनेस, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

म एक भौतिकशास्त्री हुँ । म आफूलाई एक ख्रीष्टियान पनि ठान्छु । यी दुईवटा सोचाइको प्रक्रियामा मैले हाम्रो विश्वको स्वभावलाई बुझ्न खोज्दा विज्ञान र धर्मको बिचमा म धेरै समान गुण र स्थानहरू देख्छु । अन्तत: यी दुई एकै ठाउँमा आएर मिल्ने छन् भन्ने कुरो तार्किक देखिन्छ जस्तो छ ।

चार्ल्स हार्ड टाउनेस, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

म परमेश्वरमाथि विश्वास गर्दछु । वास्तवमा म वैयक्तिक परमेश्वरमाथि विश्वास गर्दछु जसले आफ्नो सृष्टिमा काम गर्नुहुन्छ र यससित अन्तरक्रिया गर्नुहुन्छ । म विश्वास गर्दछु कि भौतिक विश्वको क्रमबारे भएको अवलोकन र जीवको विकासको लागि विश्वका सर्तहरूको स्पष्टत: अद्वितीय सुव्यवस्थितपनाले बौद्धिक सृष्टिकर्ता जिम्मेवार हुनुहुन्छ भनी अङ्कित गर्छ ।

विलियम डी. फिलिप्स, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

व्यक्तिगत विश्वासको कारण म परमेश्वरमाथि विश्वास गर्दछु । यो त्यस्तो विश्वास हो जुन विज्ञानबारे भएको मेरो ज्ञानसित मेल खान्छ ।

विलियम डी. फिलिप्स, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

साधारण वैज्ञानिक र साधारण ख्रीष्टियान बन्नु मेरो लागि सिद्ध रूपमा स्वाभाविक जस्तो देखिन्छ । मैले चिनेका मनग्गे वैज्ञानिकहरू जो गहन धार्मिक विश्वासका मानिसहरू हुन्, तिनीहरूका लागि पनि यो सिद्ध रूपमा स्वाभाविक छ ।

विलियम डी. फिलिप्स, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

म जति धेरै प्रकृतिका शक्तिहरूसित काम गर्दछु, त्यति नै धेरै मप्रति परमेश्वरको दयाको अनुभूति गर्दछु ।

गुग्लिल्मो मार्कोनी, नोबेल पुरस्कार विजेतासाथै अन्वेषक

म ख्रीष्टियान हुनुमा गर्व गर्दछु । ख्रीष्टियानको रूपमा मात्र नभई वैज्ञानिकको रूपमा पनि म विश्वास गर्दछु । तारविनाको उपकरणले उजाड-स्थानद्वारा सन्देश प्रवाह गर्न सक्छ । प्रार्थनामा मानवीय आत्माले अनन्ततामा अदृश्य तरङ्गहरू पठाउन सक्छ जसले परमेश्वरको सामु आफ्नो लक्ष्य हालिस गर्छन् ।

गुग्लिल्मो मार्कोनी, नोबेल पुरस्कार विजेतासाथै अन्वेषक

म परमेश्वरमाथि विश्वास गर्दछु जसले प्रार्थनाको जवाफ दिन सक्नुहुन्छ, जसमाथि हामी भरोसा गर्न सक्छौँ र जसविना यस पृथ्वीको जीवन अर्थहीन हुन्छ । परमेश्वरले आफूलाई धेरै तरिकाले अनि धेरै पुरुष र स्त्रीद्वारा हामीकहाँ प्रकट गराउनुभएको छ भनी म विश्वास गर्दछु ।

सर नेभिल मोट, भौतिकशास्त्री तथा नोबेल पुरस्कार विजेता

म परमेश्वरमाथि विश्वास गर्दछु । विश्व र हाम्रो अस्तित्व केवल संयोग हो र ठिक किसिमका परिस्थितिहरू मिलेको वातावरणमा अनियोजित भौतिक प्रक्रियाहरूको कारण जीवको उदय भयो भनी परिकल्पना गर्नु मेरो लागि वाहियात हुन्छ । ख्रीष्टियानको रूपमा सृष्टिकर्तामाथिको विश्वाद्वारा जीवन के हो भनी म बुझ्न थाल्छु जुन सृष्टिकर्ताका केही स्वभावहरू करिब २,००० वर्षअगि जन्मनुभएका मानिसद्वारा प्रकट गरिए ।

एन्टोनी हेविस, नोबेल पुरस्कार विजेता

येशू हाम्रो संसारलाई जान्नुहुन्छ । अरस्तुको परमेश्वरले जस्तै उहाँले हामीलाई तिरस्कार गर्नुहुन्न । हामी उहाँसित बोल्न सक्छौँ र उहाँले हामीलाई जवाफ दिनुहुन्छ । हामीजस्तै व्यक्ति हुनुभए तापनि उहाँ परमेश्वर हुनुहुन्छ र सबै थोकभन्दा पर हुनुहुन्छ ।

अलेक्सिस करेल, जीवशास्त्री तथा नोबेल पुरस्कार विजेता

विज्ञान र धर्म निकै समान छन् । मानवीय दिमागको दुवै कल्पनाशील र सृजनशील पक्षहरू हुन् । द्वन्द्वको मुहार अज्ञानताको नतिजा हो । हामी ईश्वरीय कार्यद्वारा अस्तित्वमा आउँछौँ । त्यो ईश्वरीय मार्गदर्शन हाम्रो जीवनभरि नै मुख्य विषयवस्तु हो । हाम्रो मृत्युमा दिमाग जान्छ, तर ईश्वरीय मार्गदर्शन र प्रेम जारी रहन्छ । हामी हरेक अद्वितीय, चेतनशील प्राणी ईश्वरीय सृष्टि हौँ । यो धार्मिक दृष्टिकोण हो । यही मात्र दृष्टिकोण सबै साक्षीसित मेल खान्छ ।

सर जोन एक्लेस, नोबेर पुरस्कार विजेता

वादविवादको लागि हामीलाई नास्तिकको आवश्यकता पर्‍यो भने हामी दर्शनशास्त्रको विभागमा जान्छौँ । भौतिकशास्त्रको विभाग खासै प्रयोगमा आउँदैन ।

रोबर्ट ग्रिफित्स, भौतिकशास्त्री

परमेश्वर सारा प्रकृतिको महान् रचनाकार हुनुहुन्छ भनी मैले धेरै वर्षदेखि विश्वास गरेको छु । … त्यस बेलादेखि विज्ञानमा भएको मेरा सबै अध्ययनले मेरो विश्वासको पुष्टि गरेका छन् । म बाइबललाई मेरो अधिकारको प्रमुख स्रोतको रूपमा हेर्छु ।

सर घिलिन प्रान्स, वनस्पतिविज्ञसाथै भूगर्भविद्

वास्तवमा परमेश्वरले एउटा मात्र नभई दुईवटा पुस्तक लेख्नुभएको छ । हामी सबै नै पहिलो पुस्तकसित परिचित छौँ जसलाई धर्मशास्त्र [बाइबल] भनिन्छ । तर उहाँले सृष्टि भनिने दोस्रो पुस्तक पनि लेख्नुभएको छ ।

सर फ्रान्सिस बेकन, वैज्ञानिकसाथै दार्शनिक

परमेश्वर सत्य हुनुहुन्छ । विज्ञान र धर्मको बिचमा कुनै बेमेलता छैन । दुवैले उही सत्यताको खोजी गर्दै छन् । परमेश्वर अस्तित्वमा हुनुहुन्छ भनी विज्ञानले देखाउँछ ।

सर डेरेक बार्टोन, रसायनशास्त्री तथा नोबेल पुरस्कार विजेता

विज्ञानका अवलोकन र परीक्षणहरू यति उदेकका छन् कि तिनले स्थापित गर्ने सत्यतालाई परमेश्वरको अर्को प्रकटीकरणको रूपमा निश्चित रूपमा स्वीकार गर्न सकिन्छ । मानिसलाई सत्यताको स्थापित गर्ने अनुमति दिएर परमेश्वरले आफैलाई देखाउनुहुन्छ ।

सर डेरेक बार्टोन, रसायनशास्त्री तथा नोबेल पुरस्कार विजेता

विश्वका बृहत् रहस्यहरूले यसको सृष्टिकर्तामाथिको निश्चयतामाथि भएको हाम्रो विश्वासलाई केवल पुष्टि गर्नुपर्छ ।

वेर्नर भोन ब्राउन, रकेट इन्जिनिएर

ख्रीष्टले कहिल्यै पनि वैज्ञानिक कामको बारेमा टिप्पणी गर्नुभएको कुनै सन्दर्भ मलाई थाहा नभए तापनि उहाँले भन्नुभएको यो कुरोचाहिँ मलाई पक्का थाहा छ, ‘तिमीहरूले सत्‍य के हो सो जान्‍नेछौ, र सत्‍यले तिमीहरूलाई स्‍वतन्‍त्र तुल्‍याउनेछ ।’ तब म निश्चित छु कि आज ख्रीष्ट हाम्रा बिचमा हुनुभएको भए उहाँका पिताको हस्तकलालाई बुझी त्यसको प्रशंसा गर्न आधुनिक मानिसको सर्वाधिक उत्कृष्ट प्रयत्नको रूपमा उहाँले वैज्ञानिक खोजलाई उत्साह दिनुहुनेथियो ।

वेर्नर भोन ब्राउन, रकेट इन्जिनिएर

[महाविस्फोट] अगि पदार्थ र शक्ति अस्तित्वमा थिए र ती अकस्मात् कामको लागि सक्रिय भए भनी अनुमान गर्नलाई कुनै आधार छैन । किनकि केले त्यस क्षणलाई अनन्ततामा भएका अन्य सबै क्षणभन्दा फरक तुल्याउन सक्छ ? शून्यताबाटको सृष्टि अर्थात् ईश्वरीय इच्छाद्वारा शून्यताबाट प्रकृतिको रचनालाई मानिलिनु सजिलो हुन्छ ।

एडमन्ड टी. ह्विटकर, भौतिकशास्त्री तथा गणितज्ञ

परमेश्वरमाथि विश्वास गर्न असल कारणहरू छन् जसमध्ये गणितीय सिद्धान्तहरूको अस्तित्व र सृष्टिमा भएको सुव्यवस्थितपना पनि पर्छन् । ती अस्थायी ज्ञानको कमीमा आधारित भुलचुक अनुमानहरू नभएर ज्ञानमा आधारित सकारात्मक कारणहरू हुन् ।

फ्रान्सिस कोलिन्स, आनुवंशिक विज्ञानविद्

सत्यतालाई आफ्नो मार्गदर्शकको रूपमा लिने र आफ्नो लक्ष्यलाई कर्तव्यको रूपमा लिनले उसलाई ठिक किसिमले डोर्‍याउनुहुन्छ भनी उसले सुरक्षितसाथ परमेश्वरको प्रबन्धमा भरोसा गर्न सक्छ ।

ब्लाइज पास्कल, वैज्ञानिकसाथै दार्शनिक

परमेश्वरले शून्यताबाट विश्वको सृष्टि गर्नुभयो जसमा उहाँले समयलाई पनि अस्तित्वमा ल्याउनुभयो । महाविस्फोट र त्यससँग मिल्ने खगोल विज्ञानसम्बन्धी आश्चर्यहरूलाई समर्थन गर्ने अवलोकनजस्ता हालैका खोजहरू यस दृष्टिकोणसित पूर्णत: मेल खान्छ ।

हेन्‍री मार्गेनु, भौतिकशास्त्री तथा दार्शनिक

बाइबलको परमेश्वर अस्तित्वमा हुनुहुन्छ र जीवशास्त्रीय जीवनमा विश्वव्यापी जानकारीको उदय र जडानमा उहाँ नै जिम्मेवार हुनुहुन्छ ।

वेर्नर गिट, इन्जिनिएर

Facebook Comments

Powered by Youth Circle