परमेश्वरको अस्तित्वको लागि १९ ओटा वैज्ञानिक भनाइ (भाग २)

विश्व ईश्वरीय सृष्टि भएकोले विज्ञान सम्भव छ ।

जोन पोल्किङ्गहर्न, भौतिकशास्त्रीसाथै ईश्वरशास्त्री

मेरो विज्ञानको महत्त्व र आनन्द कुनै नयाँ कुरो पत्ता लगाउँदाका ती विरलै क्षणहरूमा आउँछ जुन बेला म आफैलाई भन्छु, ‘यसरी नै परमेश्वरले गर्नुभएको थियो ।’ मेरो लक्ष्य परमेश्वरको योजनाको सानो कुना बुझ्नु हो ।

हेन्‍री स्काफर, रसायनशास्त्रीसाथै प्राध्यापक

प्राकृतिक नियमहरूसित परिचित हुनुको अर्थ तिनमा व्यक्त परमेश्वरको मनसित परिचित हुनुभन्दा कम होइन भन्ने कुरो प्रस्ट छ ।

जेम्स जुले, भौतिकशास्त्रीसाथै गणितज्ञ

म विज्ञान र धर्मको बिचमा कुनै द्वन्द्व देख्दिनँ । अन्य धेरै वैज्ञानिकहरूजस्तै म मण्डली जान्छु । म अधिकांश धार्मिक मानिसहरूसित विश्वमा भएको रहस्य र आश्चर्यको अनुभूति बाँडचुँड गर्छु ।

मार्टिन रिज, विश्व-उत्पत्तिविद्साथै खगोल-भौतिकशास्त्री

थोरै विज्ञानले तपाईंलाई परमेश्वरबाट टाढा लैजान्छ तर यसको बारेमा भएको धेरै ज्ञानले तपाईंलाई उहाँकहाँ लैजान्छ ।

लुई पास्चर, रसायनशास्त्रीसाथै सुक्ष्म-जीवशास्त्री

मेरो महान्‌तम खोज यही थियो कि मलाई परमेश्वरको खाँचो थियो र उहाँविना म केही थिइनँ अनि उहाँले मलाई प्रेम गर्नुभयो र मलाई बचाउन येशूलाई पठाई आफ्नो प्रेम देखाउनुभयो ।

अलेक्ज्यान्डर फ्लेमिङ्ग, नोबेल पुरस्कार विजेता, भौतिकशास्त्रीसाथै सुक्ष्म-जीवशास्त्री

सृष्टिकर्ता अस्तित्वमा हुनैपर्छ । महाविस्फोटका तरङ्गहरू र पछिल्ला वैज्ञानिक खोजहरूले प्रस्ट रूपमा शून्यताबाटको सृष्टिलाई देखाउँदै छन् जुन उत्पत्तिको पुस्तकका अगिल्ला केही पदहरूसित मेल खान्छन् ।

हेन्‍री स्काफर, रसायनशास्त्रीसाथै प्राध्यापक

जसरी धर्मशास्त्रको पुस्तकले परमेश्वरतर्फको मार्गलाई उज्यालो बनाउँछ भनी म विश्वास गर्दछु, त्यसै गरी प्रकृतिको पुस्तकले … उद्देश्यको परमेश्वर र रचनाको परमेश्वरलाई अङ्कित गर्छ भनी म विश्वास गर्दछु । मेरो विचारमा मेरो विश्वासले मलाई कम वैज्ञानिक बनाउँदैन ।

ओवेन गिङ्गरिच, प्राध्यापकसाथै लेखक

जीव र विश्वका आश्चर्यहरूको सामना गर्दा व्यक्तिले कसरी भनेर मात्र नभई किन भनेर पनि सोध्नुपर्छ जस्तो मलाई लाग्छ । एक मात्र सम्भाव्य जवाफ भनेको धार्मिक हो । … विश्व र मेरो आफ्नै जीवनमा म परमेश्वरको आवश्यकता देख्छु ।

आर्थुल एल. स्काओ, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

वैज्ञानिक खोज आराधनामय कार्य हो किनकि यसले परमेश्वरको सृष्टिका थप आश्चर्यहरू प्रकट गर्छ ।

आर्थुर एल. स्काओ, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

भौतिक संसारबारे हाम्रो वैज्ञानिक बुझाइद्वारा प्रदर्शित अत्यन्तै सुन्दर रचनाले परमेश्वरको आवश्यकता दर्शाउँछ ।

भेरा किस्टिकोस्वी, भौतिकशास्त्रीसाथै लेखिका

फ्रेड होइले र म धेरै प्रश्नहरूमा असहमत छौँ, तर यसमा भने हामी सहमत छौँ: हाम्रो संसारबारे भएको सामान्य बुझाइ र सन्तुष्टप्रद अर्थ खोलाइले अलौकिकताको रचना गर्ने हातलाई अङ्कित गर्छ ।

ओवेन गिङ्गरिच, प्राध्यापकसाथै लेखक

विस्तारको सन्दर्भमा विश्वको कारणको सम्बन्धमा, त्यो पाठकलाई छोडिएको कुरो हो, तर उहाँ (परमेश्वर) विना हाम्रो तस्बिर अपूर्ण हुन्छ ।

एडवार्ड मिल्ने, खगोल-भौतिकशास्त्रीसाथै गणितज्ञ

विश्वको उत्पत्तिको आखिरी समाधान के हो त ? खगोलविद्‌हरूद्वारा उपलब्ध गराइएका जवाफहरू हतोत्साही तुल्याउने र उल्लेखनीय छन् । सबैभन्दा उल्लेखनीय सत्यता त यही हो कि बाइबलमा जस्तै विज्ञानमा विश्व सृष्टिको कार्यसहित सुरु हुन्छ ।

रोबर्ट ज्यास्ट्रो, खगोलविद्साथै भौतिकशास्त्री

परमेश्वरले पक्कै झन्डै १३.७ अरब वर्षअगि यो विश्वको सृष्टि गर्नुभयो । … यो विश्वको उद्देश्य निश्चयतासाथ केवल परमेश्वरलाई थाहा छ तर आधुनिक विज्ञानलाई यो झन्झन् प्रस्ट हुँदै गइरहेको छ कि विश्व मानव जीवनलाई सक्षम तुल्याउन अत्यन्तै सुन्दर ढङ्गमा व्यवस्थित गरियो । हामी उहाँको उद्देश्यमा कुनै तरिकाले आलोचनात्मक रूपमा संलग्न छौँ । हाम्रो काम भनेको सकेसम्म त्यस उद्देश्यलाई अनुभूति गर्नु, एक-अर्कालाई प्रेम गर्नु र उहाँलाई त्यो काम पूरा गर्न मदत गर्नु हो ।

रिचार्ड स्माली, नोबेल पुरस्कार विजेतासाथै प्राध्यापक

विज्ञानको खोजीमा गम्भीर रूपमा संलग्न हुने हरेक व्यक्ति विश्वस्त हुन्छ कि विश्वका नियमहरूमा चेतनाको हात छ । यो चेतना मानिसको भन्दा ज्यादै वरिष्ठ छ र त्यसको मुहारमा हाम्रा पर्याप्त शक्तिसहित हामीले हामीले विनम्रताको महसुस गर्नैपर्छ ।

अल्बर्ट आइन्स्टाइन, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

विश्वमा भएको यस्तो मेललाई ध्यानमा राख्दा मेरो सीमित मानवीय दिमागले पनि यसलाई जान्न सक्छ तापनि यस्ता मानिसहरू पनि छन् जसले परमेश्वर हुनुहुन्न भनी भन्छन् । तर मलाई वास्तवमै क्रोधित तुल्याउने कुरो त यो हो कि त्यस्तो दृष्टिकोणको समर्थनमा तिनीहरूले मलाई उद्धृत गर्छन् ।

अल्बर्ट आइन्स्टाइन, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

निश्चयतासाथ म यति भन्न सक्छु कि धर्मको इन्कारको लागि कुनै वैज्ञानिक आधार छैन, न त विज्ञान र धर्मको बिचको द्वन्द्वको लागि मेरो विचारमा कुनै बहाना छ किनकि तिनीहरूका क्षेत्र पूर्णत: पृथक् छन् । विज्ञानको बारेमा निकै थोरै जान्ने मानिसहरू र धर्मको बारेमा निकै थोरै जान्ने मानिसहरू वास्तवमै झगडामा फस्छन् अनि विज्ञान र धर्मको बिचमा द्वन्द्व रहेछ भनी दर्शकहरू ठान्ने गर्छन् जब कि द्वन्द्व केवल अज्ञानताका दुई बेग्लाबेल्ला समूहको बिचमा विद्यमान छ ।

रोबर्ट आन्द्रुज मिलिकन, भौतिकशास्त्री नोबेल पुरस्कार विजेता

जति धेरै म प्रकृतिको अध्ययन गर्दछु, त्यति नै धेरै सृष्टिकर्ताको कामदेखि छक्क पर्दछु । विज्ञानले मानिसहरूलाई परमेश्वरको नजिक-नजिक लैजान्छ ।

लुई पास्चर, रसायनशास्त्रीसाथै सुक्ष्म-जीवशास्त्री

 

Facebook Comments

Powered by Youth Circle