परमेश्वरको अस्तित्वको लागि २१ ओटा वैज्ञानिक भनाइ (भाग १)

वैज्ञानिक खोज धार्मिक खोज पनि हो । विज्ञान र धर्मको बिचमा कुनै द्वन्द्व छैन । संसारको बारेमा हामीले पत्ता लगाउने हरेक खोजद्वारा परमेश्वरबारे हाम्रो ज्ञान झनै बृहत् हुन्छ ।

जोसेफ एच. टेलर जुनिएर, नोबेल पुरस्कार विजेतासाथै खगोल-भौतिकशास्त्री

म जति धेरै विज्ञानको बारेमा अध्ययन गर्दछु, त्यति नै धेरै परमेश्वरमाथि विश्वास गर्दछु ।

अल्बर्ट आइन्स्टाइन, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

प्रविधि परमेश्वरको वरदान हो । जीवनको वरदानपछि यो सम्भवत: परमेश्वको सबैभन्दा महान् वरदान हो । यो सभ्यता, कला र विज्ञानकी आमा हो ।

फ्रिम्यान डाइसन, भौतिकशास्त्रीसाथै गणितज्ञ

परमेश्वर विश्वको प्रारम्भकर्ता हुनुहुन्छ र चालका नियमहरूको स्वतन्त्र संस्थापक हुनुहुन्छ ।

रोबर्ट बोएले, भौतिकशास्त्रीसाथै रसायनशास्त्री

सृष्टिकर्ताको मनलाई जान्ने एउटा तरिका भनेको उहाँको सृष्टिलाई अध्ययन गर्नु हो ।

अर्नेस्ट वाल्टसन, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

अनौठो लाग्ला, तर मेरो विचारमा धर्मले भन्दा विज्ञानले परमेश्वरतर्फ अझै निश्चित मार्ग जुटाउँछ ।

पावल डेभिस, भौतिकशास्त्रीसाथै लेखक

एउटा वैज्ञानिकले अपरिहार्य ईश्वरशास्त्रीय विश्वदृष्टिलाई अङ्गालेमा मात्र विज्ञान अगाडि बढ्न सक्छ ।

पावल डेभिस, भौतिकशास्त्रीसाथै लेखक

तपाईंले विज्ञानलाई गहन रूपमा र लामो समयसम्म अध्ययन गर्नुभयो भने यसले तपाईंलाई परमेश्वरमा विश्वास गर्न बाध्य तुल्याउँछ ।

लर्ड विलियम केल्भिन, भौतिकशास्त्रीसाथै इन्जिनिएर

सङ्ख्या, तौल र नापद्वारा परमेश्वरले हरेक थोक सृष्टि गर्नुभयो ।

सर आइज्याक न्युटन, वैज्ञानिकसाथै ईश्वरशास्त्री

अन्य कुनै प्रमाणको अनुपस्थितिमा पनि केवल बुढी औँलाले मलाई परमेश्वरको अस्तित्वमा विश्वस्त तुल्याउँछ ।

सर आइज्याक न्युटन, वैज्ञानिकसाथै ईश्वरशास्त्री

धर्म र विज्ञान दुवैको लागि परमेश्वरमाथिको विश्वासको खाँचो पर्छ । विश्वासीहरूका लागि परमेश्वर आदिमा हुनुहुन्छ भने भौतिकशास्त्रीहरूका लागि उहाँ सबै विचारको अन्त्यमा हुनुहुन्छ ।

म्याक्स प्लाङ्क, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

धर्म र विज्ञानको बिचमा कहिल्यै कुनै वास्तविक विरोध हुन सक्दैन किनकि एउटा अर्कोको परिपूरक हो ।

म्याक्स प्लाङ्क, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

आश्चर्यको यस चेतनाले अधिकांश वैज्ञानिकहरूलाई अलौकिक प्राणीकहाँ लैजान्छ ।

अब्डुस सलाम, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

हामी चेतनाद्वारा सृजित नियमहरूद्वारा निर्मित संसारमा छौँ भनी मैले निष्कर्ष निकालेको छु । … मलाई यो प्रस्ट छ कि हामी एउटा योजनामा अस्तित्वमा छौँ जुन सृजित नियमहरूद्वारा शासित छ जसलाई विश्वव्यापी चेतनाद्वारा आकार दिइएको छ र यो संयोगद्वारा भएको होइन ।

मिखिओ काकु, भौतिकशास्त्रीसाथै लेखक

मानसिक शक्तिको वरदान परमेश्वर अर्थात् अलौकिक अस्तित्वबाट आउँछ ।

निकोला टेस्ला, अन्वेषकसाथै इन्जिनिएर

मैले अधिकांश दर्शनशास्त्रसम्बन्धी प्रणालीहरूको अनुसन्धान गरेको छु र परमेश्वरविना कुनैले पनि काम गर्दैन भनी देखेको छु ।

जेम्स क्लार्क म्याक्सवेल, भौतिकशास्त्रीसाथै गणितज्ञ

विज्ञानको अध्ययनले मानिसलाई नास्तिक बनाउँछ भन्नेहरू पटमूर्ख हुनुपर्छ ।

म्याक्स बर्न, भौतिकशास्त्रीसाथै गणितज्ञ

परमेश्वर निकै उच्च कोटीको गणितज्ञ हुनुहुन्छ र विश्वको निर्माणमा उहाँले उच्च गणितको प्रयोग गर्नुभयो ।

पावल डिराक, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

प्राकृतिक विज्ञानहरूको गिलासको पहिलो सुर्कोले तपाईंलाई नास्तिकमा रूपान्तरण गर्ने छ, तर गिलासको फेदमा परमेश्वर तपाईंको प्रतीक्षा गर्दै हुनुहुन्छ ।

वार्नर हेजनबर्ग, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

जीवशास्त्री भए तापनि जीव कसरी अस्तित्वमा आयो भनी बुझ्दिनँ भनी म स्वीकार गर्दछु । … सृष्टिकर्ता परमेश्वरको अस्तित्वको सम्भावना नै मेरो लागि यस समस्याको सन्तुष्टप्रद समाधान हो ।

वार्नर अर्बेर, जीवशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

बाइबलको नयाँ करारमा अभिलेख गरिएजस्तै परमेश्वरको स्वभाव नासरतका येशूका जीवनी र शिक्षाहरूमा ज्यादै सिद्ध रूपमा प्रकट गरिएको छ । ईश्वरीय स्वभाव प्रकट गर्न उहाँ परमेश्वरद्वारा पठाइनुभयो र उहाँको स्वभावलाई ‘परमेश्वर प्रेम हुनुहुन्छ’ भन्ने कथनमा सारांशमा ल्याउन सकिन्छ ।

जर्ज एलिस, खगोल-भौतिकशास्त्रीसाथै प्राध्यापक

Facebook Comments

Powered by Youth Circle