मृत्युबारे १४ ओटा सान्त्वना दिने भनाइ (भाग २)

थकाइले गर्दा हामी लामो सास फेरेर आफ्ना वर्षहरू बिताउँछौँ । यो आँसुको बेसीँ हो तर मृत्यु हाम्रा सबै शोकको अन्त्येष्टि हो ।

थोमास आदम्स

मृत्यु विश्वासीको सम्पत्ति बन्दा यसले नयाँ नाम धारण गर्छ जसलाई सुताइ भनिन्छ ।

विलियम अर्नोट, पास्टर तथा लेखक

जिउनु मृत्यु हो भने मर्नु जीवन हो । चिहानको यस किनारामा हामी निर्वासितहरू हौँ भने त्यस किनारामा नागरिकहरू हौँ । यस किनारामा हामी अनाथ हौँ भने त्यहाँ सन्तान हौँ । यस किनारामा हामी बन्दीहरू हौँ भने त्यहाँ मुक्तहरू हौँ । यस किनारामा हामी छद्मभेषी र अज्ञातहरू हौँ भने त्यहाँ हामी परमेश्वरका सन्तानको रूपमा प्रकट गरिएका र घोषणा गरिएकाहरू हौँ ।

हेन्‍री वार्ड बिचर, सामाजिक सुधारक तथा वक्ता

एउटा ख्रीष्टियानलाई थाहा छ कि मृत्यु उसका सबै पाप, कष्ट, परीक्षा, क्रोध, दमन, सतावटको अन्त्येष्टि हुने छ । उसलाई थाहा छ कि मृत्यु उसका सबै आशा, आनन्द, खुसी, सान्त्वना र सन्तुष्टिको पुनरुत्थान हुने छ ।

थोमस ब्रुक्स, वक्ता तथा लेखक

मृत्यु अन्त्य होइन, यो केवल नयाँ आरम्भ हो । मृत्यु घरको मालिक होइन, त्यो केवल राजाको घरको ढोका खोल्न नियुक्त गरिएको भरिया हो जसले अनन्तको राज्यमा प्रवेश गर्न राजाका पाहुनाहरूलाई जान दिन्छ ।

जोन जोवेट, वक्ता

मृत्यु हाम्रा स्वर्गीय पिताले हामीलाई उहाँकहाँ लैजान हामीकहाँ पठाउनुभएको रथ हो ।

एर्विन लुट्जर, पास्टर तथा लेखक

हाम्रो मृत्युको दिन हाम्रो महिमितकरणको दिन हो । मृत्यु एउटा भव्य प्रवेश अर्थात् ढोका हो जसले अनन्ततामा पुर्‍याउँछ ।

एर्विन लुट्जर, पास्टर तथा लेखक

मृत्युले एउटा विश्वासीलाई गर्न सक्ने भनेको केवल उसलाई येशूकहाँ सुम्पने हो । यसले हामीलाई हाम्रा मुक्तिदाताको अनन्त उपस्थितिमा लैजान्छ ।

जोन माकार्थुर, पास्टर तथा लेखक

मृत्युको तत्त्व हटाइएको छ, केवल यसको छाया बाँकी छ । … छायाँदेखि कोही पनि डराउँदैन किनकि छायाले मान्छेको मार्गलाई एक क्षण पनि रोक्न सक्दैन । कुकुरको छायाले टोक्न सक्दैन; तरवारको छायाले मार्न सक्दैन ।

सी. एच. स्पर्जिन, वक्ता

आज राति म आमनेसामने परमेश्वरसित भेटी असीमित पवित्रताका ती आँखालाई हेर्न तयार छु किनकि प्रायश्चित्त गर्ने रगतले मेरा सबै पाप ढाकिएका छन् ।

आर. ए. टोरी, सुसमाचार प्रचारक तथा पास्टर

मृत्यु आखिरी र सर्वोत्तम डाक्टर हो जसले सबै रोग र पाप अर्थात् पीडा दिने शिर र विश्वास नगर्ने ह्रदयलाई निको पार्छ ।

थोमस वाटसन, वक्ता तथा लेखक

मर्दा हामीसँग भएका सबै थोक हामी छाडेर जान्छौँ र हामी जो हौँ ती सबै आफैसँग लिएर जान्छौँ ।

अज्ञात

ख्रीष्टियान जीवनको सर्वोत्तम क्षण भनेको उसको आखिरी क्षण हो किनकि यो स्वर्गको सबैभन्दा नजिक छ ।

सी. एच. स्पर्जिन, वक्ता

परमेश्वरको सन्तानको लागि मृत्यु अन्त्य होइन, तर ख्रीष्टसितको घनिष्ठ सम्पर्कको अझै उच्च र प्रशंसित जीवनमा पुर्‍याउने ढोका मात्र हो ।

फिलिप केलर

Facebook Comments

Powered by Youth Circle