मृत्युबारे परिचित अगुवाहरूका १७ ओटा घतलाग्दा भनाइ (भाग १)

तपाईंले आफ्नो जीवनको वास्ता गर्नुहोस् र प्रभुले तपाईंको मृत्युको वास्ता गर्नुहुने छ ।

जर्ज ह्वाइटफिल्ड, सुसमाचार प्रचारक

हामी यहाँ शुभ रात्री भन्छौँ र त्यहाँ शुभ प्रभात भन्छौँ ।

जोन आर. राइस, पास्टर तथा सुसमाचार प्रचारक

ख्रीष्टियानको लागि मृत्यु भनेको सबै दु:खकष्ट र खराबीको अन्त्येष्टि अनि सबै आनन्दको पुनरुत्थान हो ।

जेम्स एच. अघे, पास्टर

ख्रीष्टविना मर्नु कति डरलाग्दो कुरो हो! ख्रीष्टमा मर्नु कति आशिष्‌को कुरो हो!

विलियम टिपटाफ्ट, पास्टर

मृत्युमा मानवीय प्राणी अस्तित्वविहीन हुँदैन । मृत्यु विनाश नभई परिवर्तन हो ।

फ्लोरेन्स नाइटिङ्गेल, सामाजिक सुधारक

मृत्यु त्रासको राजा हुन सक्छ … तर येशू राजाहरूका राजा हुनुहुन्छ ।

डी. एल. मुडी, सुसमाचार प्रचारक तथा प्रकाशक

मृत्यु हामीलाई समयबाट अनन्ततामा लैजाने माध्यमभन्दा बेसी केही होइन ।

विलियम पेन, लेखक तथा धार्मिक विचारक

मृत्यु एउटा कोठाबाट अर्को कोठामा जानुभन्दा बढी होइन । तर तपाईंलाई थाहा छ कि मेरो लागि भने भिन्नता छ । किनकि त्यो अर्को कोठामा म देख्न सक्ने छु ।

हेलेन केलर, लेखिका तथा अभियन्ता

सर्पहरूबाट मुक्त हुन यहूदीहरूले एउटा सर्पलाई हेरे र मृत्युबाट मुक्त हुन हामी ख्रीष्टको मृत्युलाई हेर्छौं ।

अगस्टिन, ईश्वरशास्त्री तथा दार्शनिक

म आफ्नो कामदेखि थाकेको छैनँ, न संसारदेखि थाकेको छु । तथापि ख्रीष्टले मलाई घरमा बोलाउनुहुँदा म खुसीसित जाने छु ।

अदोनिराम जडसन, मिसनरी

म कबरस्थानमा जाँदा आआफ्ना चिहानहरूबाट मरेकाहरू पुनरुत्थान हुने समयको बारेमा सोच्न मन लाग्छ । परमेश्वरलाई धन्यवाद होस् कि हाम्रा मित्रहरू गाडिएका छैनन्; तिनीहरू केवल रोपिएका छन् ।

डी. एल. मुडी, सुसमाचार प्रचारक

कुनै पनि मानिसले आफ्नो मृत्यु-शैय्यामा आफू ख्रीष्टियान भएकोमा पश्चात्ताप गरेको छैन ।

हन्ना मोरी, लेखिका तथा मानवतावादी

हरेक मानिसले दुईवटा कुरा एकलै गर्नुपर्छ: आफ्नो विश्वास र आफ्नो मृत्यु ।

मार्टिन लुथर, ईश्वरशास्त्री तथा लेखक

कबरस्थानमा धेरै असल उद्देश्य र मनसायहरू हुन्छन् ।

मत्ती हेन्री, लेखक

जीवनको अन्त्यमा आई हामी गलत मार्गमा रहेछौँ भनी जान्नुभन्दा अर्को कुनै दु:खद क्षण हुँदैन ।

वाचम्यान नी, लेखक तथा शिक्षक

तपाईं कठिन संसारमा आउनुभएको छ । यसमा एउटै मात्र सजिलो ठाउँ मलाई थाहा छ र त्यो चिहान हो ।

हेन्‍री वार्ड बिचर, सामाजिक सुधारक तथा वक्ता

धर्मीको मृत्यु र अधर्मीको मृत्यको बिचमा अपरिहार्य भिन्नता छ । अधर्मीको लागि मृत्यु दण्डनीय कष्टको रूपमा आउँछ, तर धर्मीको लागि आफ्ना पिताको दरबारमा बोलावटको रूपमा आउँछ । पापीको लागि यो मृत्युदण्ड हो भने सन्तको लागि आफ्ना पाप र दुर्बलताहरूबाटको छुटकारा हो । दुष्टको लागि मृत्यु त्रासको राजा हो भने सन्तको लागि मृत्यु त्रासको अन्त्य र महिमाको शुभारम्भ हो ।

चार्ल्स स्पर्जिन, वक्ता

Facebook Comments

Powered by Youth Circle