तिनको नाउँ थियो, क्यास्पर वार्टजन । १९१३ मा अमेरिकामा जन्मेका वार्टजनको यस नाउँलाई माध्यमिक स्कुलमा जिस्काइएपछि आफ्नो नाउँ परिवर्तन गरी तिनले “ज्याक” राखे । ज्याक धर्मको उपेक्षा गर्दै हुर्के । ज्याकले स्कुल छाडे र तिनी जर्ज स्किलिङ्ग नाउँ गरेका जँड्याहाको मित्र बन्न पुगे । दिनहरू बित्दै जाँदा जर्जमा परिवर्तन आयो र तिनले बाइबल पढ्न थाले र हरेक रात प्रार्थनाको लागि घुँडा टेक्न लागे जुन हरेकको लागि छक्क पार्ने कुरो थियो । ज्याक र तिनका मित्रहरूले जर्जलाई हाँसोमा उडाइदिन्थे । जर्जले ज्याकलाई बारम्बार यूहन्नाको सुसमाचारका प्रतिहरू दिए तापनि तिनले बारम्बारै च्यातिदिन्थे । अन्ततः एक दिन ज्याकले त्यसलाई पढे ।
एक साँझ नरकको आगो र गन्धकको बारेमा प्रचार गरेका सुनेर ज्याक औधी रिसाए । तथापि तिनी यसो भनेर सोच्न भनी रोकिएनन्, “स्वर्ग र नरक अस्तित्वमा छन् भने!” आफ्नो घमण्ड र डरको कारणले गर्दा मात्र ज्याक रिसाएका थिए भनी त्यस साँझ तिनले महसुस गरे । येशूले तिनलाई प्रेम गर्न सक्नुहुन्थ्यो भन्ने सम्भावनामाथि तिनले मनन गरे । के ख्रीष्ट तिनको निम्ति पनि मर्नुभएको थियो ? अन्त्यमा ज्याकले घुँडा टेके र आफ्नो जीवन प्रभु येशू ख्रीष्टको चरणमा सुम्पे । भोलिपल्ट तिनी नयाँ मान्छे भएर ब्युँझे । तिनी ख्रीष्टियान भएका यथार्थता सुनेर तिनकी गर्ल फ्रेन्ड मार्ज पनि सन्तुष्ट हुन्थिनन् भन्ने कुरामा तिनी निश्चित थिए ।
केही महिना बितेपछि ज्याकले एउटा पत्र प्राप्त गरे जसलाई पढ्दा तिनी तीन छक खाए, “हे प्रिय, मैले उद्धार पाएकी छु, र तपार्इंले पनि उद्धार पाउनुभएको होस् भन्ने मेरो इच्छा छ । तर म घर नफर्कुञ्जेलसम्म तपार्इंले उद्धार नपाउनुहोस् किनकि म तपार्इंलाई उद्धारको मार्गमा लैजान चाहन्छु । तपार्इंकी प्यारी मार्ज ।” खुसीले गद्गद् हुँदै ज्याकले तुरुन्तै जवाफ लेखेर पठाए ।
जर्जसाथै अन्य दुई जना दौँतरीसित मिलेर ज्याकले ब्रुकलिन भन्ने ठाउँमा सुसमाचारीय रात्री सेवा सञ्चालन गर्न थाले । आफ्नो सेवाको पाललाई तन्काउँदै तिनले शक्तिशाली न्युयोर्क रेडियो स्टेसनबाट सन्देश प्रसारण गर्न थाले । ज्याक युवा सुसमाचार प्रचारकको रूपमा चिनिए र तिनले जीवनको वचन सेवाकार्यको थालनी गरे जुन सेवालाई तिनले ५० वर्षसम्म अगुवाइ गरे । यसरी हजारौँको जीवन परिवर्तन गर्न परमेश्वरले ज्याकको जीवन परिवर्तन गर्नुभयो ।