रेडियोबाट प्रसारित ख्रीष्टियान गीत सुनेर कैयौँले उद्धार पाए

जोन बर्जर एसियामा केही गर्न चाहन्थे । त्यसको लागि तिनलाई कुनै एउटा केन्द्र चाहिएको थियो । तिनले छाने फिलिपिन्स । रेडियो प्रसारण अनुमतिको लागि तिनले फिलिपिन्सको सरकारलाई कागज पत्रहरू बुझाए । तर सरकारले ४ जुनभित्र काम फत्ते गर्नुपर्ने सर्त अगि तेर्सायो, नत्रता अनुमति नपाइने भयो । रुपियाँ-पैसा उठाउन थालियो । तर काम द्रुतगतिमा अगाडि बढ्न सकेन । ढिलाइको कारण सरकारलाई समय सीमा सार्न गरिएको अनुरोध पनि व्यर्थ भयो । तोकिएको समय अर्थात् ४ जुनभन्दा अगि ट्रान्समिसनमा समस्या देखा पर्‍यो जसले गतिमा झनै बाधा दियो । अन्ततः ४ जुन आयो । बर्जरले सरकारसँग फेरि समय सीमा लम्‍ब्याउन बिन्ति गरे, तर सरकार भने डेक चलेन । हतार-हतारमा काम गर्नुबाहेक बर्जरसित अर्को कुनै विकल्प थिएन । तिनी लागिपरे र अन्त्यमा सफल भएरै छाडे ।

ख्रिस्टाब्द १९४८ जुन ४ बेलुका ६ बजेको थियो । बर्जरद्वारा भर्खरै स्थापित रेडियो स्टेसनबाट एउटा परिचित ख्रीष्‍टियान गीत बज्न सुरु गर्‍योः All Hail the Power of Jesus’ Name । हजाम, नास्तिक, चोर, गृहिणी र किशोर-किशोरीहरूले उद्धार पाउँदै थिए भनी तुरुन्तै प्रतिवेदनहरू आउन थाले ।

बर्जरद्वारा स्थापित यस रेडियो कम्पनीलाई फार इस्ट ब्रोडकास्टिङ कम्पनीको नाउँले चिनिन्छ । यो अन्तर्राष्‍ट्रिय रेडियो सञ्‍जाल हो जसले १४९ ओटा भाषामा ख्रीष्‍टियान कार्यक्रमहरू प्रसारण गर्छ । यसका धेरै स्रोताहरू दुर्गम क्षेत्रमा बसोबास गर्ने भए तापनि एफईबीसी ले ८,५०,००० भन्दा बेसी स्रोताको प्रतिक्रिया पाएको छ ।

अमेरिकाको एउटा बाइबल कलेजमा उपस्थित हुँदा परमेश्वरले दुई जना युवालाई एउटा दर्शन दिनुभएको थियो । ती थिएः बब बाउम्यान र जोन बर्जर । तिनीहरूले पास्टर विलिमय रोबर्टसलाई आफ्नो दर्शन बताए जसले उत्साहपूर्वक तिनीहरूको दर्शनको समर्थन गरे । फलस्वरूप १९४५ मा बाउम्यान, बर्जर र रोबर्टसद्वारा औपचारिक रूपमा एउटा कम्पनी स्थापित गरियो जसलाई फार इस्ट ब्रोडकास्टिङ कम्पनी भनेर चिनिन्छ । यसको एउटै ध्येय रहेको छः रेडियोमार्फत संसारलाई ख्रीष्ट चिनाउनु । स्रोत-साधन नहुँदा पनि आफ्नो दर्शनको स्थापना र फैलावटको लागि तिनीहरूले परमेश्वरमाथि भरोसा गरेका थिए,  “म तँलाई शिक्षा दिनेछु, तँ कुन मार्गमा हिँड्‌नुपर्ने सो तँलाई सिकाउनेछु । म तँलाई परामर्श दिनेछु र तँमाथि नजर राख्‍नेछु” (भजनसंग्रह ३२:८) ।

Facebook Comments

Powered by Youth Circle