येशूको जन्मको सूचना पहिले कसलाई दिइयो— योसेफलाई वा मरियमलाई ?

मत्तीको सुसमाचारअनुसार येशूको जन्मको सूचना योसेफलाई दिइयो, “तर जब उनले यी कुरा विचार गर्दैथिए, सपनामा परमप्रभुका दूत देखा परे, र उनलाई यसो भने, ‘योसेफ, दाऊदका छोरा, तिम्री पत्‍नी मरियमलाई स्‍वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्‍छ, उहाँ पवित्र आत्‍माबाट हुनुहुन्‍छ । तिनले एउटा पुत्र जन्‍माउनेछिन्‌, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछौ, किनभने उहाँले आफ्‍ना मानिसहरूलाई तिनीहरूका पापबाट बचाउनुहुनेछ'” (मत्ती १:२०) । तर लूकाको सुसमाचारमुताबिक येशूको जन्मको सूचना मरियमलाई दिइयो, “स्‍वर्गदूतले तिनलाई भने, ‘नडराऊ, मरियम, किनभने तिमीले परमेश्‍वरबाट कृपा पाएकी छ्यौ । अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्‍माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्‍नेछ्यौ'” (लूका १:३०-३१) । येशूको जन्मको सूचना कसलाई पहिले दिइयो ?

दुईमध्ये कुनै पनि खण्डमा पहिले कसलाई येशूको जन्मको सूचना दिइयो भनेर व्यक्त गरिएको छैन । तर येशूको जन्मवरिपरि भएका घटनाक्रमहरूलाई अध्ययन गर्दा हामी पाउँछौँ कि यो सूचना पहिले मरियमलाई अवगत गराइएको थियो त्यसपछि योसेफलाई । मरियमलाई नै पहिले जानकारी गराइएको हुनुपर्थ्यो किनकि गर्भवतीबारे थाहा पाउने उनी नै प्रथम व्यक्ति हुनेथिइन् । त्यसपछि यो कुरो योसेफलाई थाहा हुनुपर्थ्यो किनकि तिनकी पत्नीको गर्भमा ती बालकले ठाउँ पाउनेथिए जसको तिनी पिता हुनेथिएनन् ।

Facebook Comments

Powered by Youth Circle