दुनियाँले चिनेका दाजुभाइ हुन्, राइट दाजुभाइ । विल्बर (१८६७-१९१२) र ओर्भिल (१८७१-१९४८०) क्रमश: दाजु र भाइ थिए । अमेरिकामा जन्मेका यी दाजुभाइ इन्जिनिएरसाथै आविष्कर थिए । तिनीहरू मिल्टन राइटका छोराहरू थिए जो मण्डलीका बिशप थिए । मिल्टन राइटका सात सन्तानमध्ये यी राइट दाजुभाइले संसारलाई यस्तो अनुपम उपहार दिएर गए जसको प्रयोगद्वारा आज हामी सजिलैसित चराझैँ आकाशमा उड्न सफल भएका छौँ । एउटा देशदेखि अर्को देशमा जान हामीले महिनौँ बिताउनुपर्दैन, केही घण्टाभित्रै हामी आफ्नो गन्तव्यमा पुग्न सक्छौँ ।
आफ्नो प्रिन्टिङ प्रेस, साइकल, मोटोरसाथै अन्य मेसिनहरूमा वर्षौंसम्म काम गरेपछि राइट दाजुभाइले आफ्नो सफलताको लागि आवश्यक अपरिहार्य सिपहरू बटुलेका थिए । यी दाजुभाइले नै पहिलो सफल विमानको आविष्कार गरे । १७ डिसेम्बर १९०३ मा उत्तर क्यारोललिनाको किटी हक नामक सहरको चार माइल दक्षिणमा हावाभन्दा गरुङ्गो वस्तुलाई यिनीहरूले पहिलो पटक आकाशमा उडाएका थिए जसलाई यिनीहरूले नियन्त्रण गर्न सक्थे ।
के भएको त्यो दिनमा ? भाइ ओर्भिलले बिहान १०:३५ मा पहिलो उडान भरे । १२ सेकेन्डमा तिनी जमिनको सतहबाट १२० फिट उचाइमा पुगे । त्यसपछि दाजुचाहिँ करिब १० फिटको उचाइमा रही तिनले ५३ मिनेटमा झन्डै १७५ फिटको दुरी पार गरे । भाइले दोस्रो पटक उडान भरे । करिब १० फिटको उचाइमा रही तिनले ६१ मिनेटमा २०० फिट दुरीको यात्रा गरे । निस्सन्देह, मानव इतिहासमा यो एउटा ऐतिहासिक दिन थियो ।
आफ्नो सफलतादेखि खुसीले गद्गद् भएका दाजुभाइले तिनीहरूकी दिदी क्याथरिनलाई यस्तो सन्देश पठाए, “हामी वास्तवमै १२० फिटसम्म उडेका छौँ । हामी ख्रिस्टमसको लागि घरमा आउने छौँ ।” क्याथरिन हतारसँग स्थानीय अखबारको सम्पादककहाँ पुगिन् र उनले आफूले भाइहरूबाट पाएका सन्देश देखाइन् । सम्पादकले त्यसलाई सरसरती हेरेर प्रतिक्रिया दिए, “कति खुसीको कुरो! केटाहरू ख्रिस्टमसको लागि घर आइपुग्ने भएछन् ।” राइट दाजुभाइले दिन खोजेका अद्भुत खबर (आकाशमा उड्नु) लाई सम्पादकले पूर्णत: गुमाएका थिए । तथापि त्यस्तो अद्भुत सफलता हात पार्दाको क्षणमा पनि राइट दाजुभाइले ख्रिस्टमसको अपेक्षा भने गरिरहेका थिए ।