खगोलविज्ञानले बाइबलीय धारणातर्फ डोर्‍याएको छ— नासाका वैज्ञानिक ज्यास्ट्रो

रोबर्ट ज्यास्ट्रो अमेरिकाका खगोलविद्साथै भौतिकशास्त्री थिए । नासाका एक प्रमुख वैज्ञानिकसाथै लोकप्रिय लेखक ज्यास्ट्रो १९२५ मा जन्मे । १९४८ मा कोलम्बिया विश्वविद्यालयबाट भौतिकशास्त्रमा विद्यावारिधि गरेका तिनी १९५८ मा नासाको सृजना हुँदा यसमा प्रवेश गरे  । तिनी माउन्ट विलशन बेधशालामा राखिएको हब्बलको कुर्सीमा पनि बसे । माउन्ट विलशनको निर्देशकका अतिरिक्त ज्यास्ट्रो नासाको अन्तरिक्ष अध्ययन गोडार्ड संस्थाको संस्थापक पनि हुन् ।

महाविस्फोटको खोजसँगै ज्यास्ट्रोले विश्वास गर्न थाले कि यदि विश्वको आरम्भ थियो भने सृष्टिकर्ता पनि अस्तित्वमा हुनुहुन्छ । वैज्ञानिकको रूपमा भएको तिनको परिचय निश्चय नै त्रुटिविहीन छ । तिनले १९७८ मा रमेश्वर र खगोलविद्हरू नामक पुस्तक प्रकाशित गरे जुन कृतिले महाविस्फोटका सङ्केतहरूबारे अनुसन्धान गर्नेहरूमाथि व्यापक प्रभाव पार्‍यो  । पुस्तकको पहिलो अध्यायमा नै लेखकले प्रस्ट पारेका छन् कि धार्मिक दृष्टिकोणबाट तिनी एक अज्ञेयवादी थिए । परमेश्वर हुनुहुन्छ या हुनुहुन्न भनी जान्न सकिँदैन भन्ने धारणामाथि विश्वास गर्ने व्यक्तिलाई अज्ञेयवादी भनिन्छ । तथापि उक्त पुस्तकमा तिनले लेखेका छन्, “संसारको उत्पत्तिको सम्बन्धमा खगोल विज्ञानको साक्षीले कसरी बाइबलीय धारणातर्फ डोर्‍याएको छ भनी हामी देख्छौँ । वर्णन गर्ने तरिका फरक होला, तर खगोल विज्ञान र उत्पत्तिको पुस्तकको बाइबलीय विवरणका अपरिहार्य तत्त्वहरू उही छन् ।”

क्रिस्चियानिटी टुडे नामक पत्रिकालाई दिइएको अन्तर्वार्तामा ज्यास्ट्रोले भनेका छन् कि संसारको थालनी सृष्टिमा भयो । तिनले थपेका छन्, “मलगायत हरेकले अलौकिक शक्ति भन्ने अस्तित्व सक्रिय छ भन्ने कुरो मेरो विचारमा वैज्ञानिक रूपमा प्रमाणित सत्यता हो ।”

विभिन्न पुरस्कारहरू हात पारेका ज्यास्ट्रोको उल्लेख गरेका छन्, “यदि विश्व व्यवस्थित तरिकाले नबनाइएको भए हामी अस्तित्वमा हुने थिएनौँ । मेरो विचारमा विश्व मानव–जाति बाँच्नका लागि बनाइएको हो भनी यी परिस्थितिहरूले अङ्कित गर्छन् ।”

अर्को ठाउँमा तिनले व्यक्त गरेका छन्, “तर्कको शक्तिमा आफ्नो विश्वासद्वारा बाँचेको वैज्ञानिकको लागि कथा एउटा खराब सपनाजस्तै टुङ्गिन्छ । ऊ अज्ञानताको पर्वतमा उक्लेको छ । ऊ उच्चतम टाकुरामा पुग्नै लागेको छ । उसले अन्तिम ढुङ्गो उठाउँदै गर्दा ईश्वरशास्त्रीहरूको एउटा समूहले उसलाई अभिवादन गर्छन् जो शताब्दीऔँ देखि त्यहाँ बस्दै आएका छन् ।”

यो विश्व अनन्त नभई यसको थालनी भएको थियो भनी बाइबलमा हजारौँ वर्ष पहिले नै लेखिएको थियो, “आदिमा परमेश्वरले आकाशमण्डल र पृथ्वी सृष्टि गर्नुभयो” (उत्पत्ति १:१) ।

Facebook Comments

Powered by Youth Circle