संसारमा अमूल्य योगदान पुर्‍याएका ६७ जना ख्रीष्टियान वैज्ञानिक

यस सूचीमा अभिलिखित व्यक्तिहरूले सार्वजनिक रूपमा आफूलाई ख्रीष्टियान भनेर चिनाएका छन् । तसर्थ यहाँ उल्लिखित वैज्ञानिहरू ख्रीष्टियान वैज्ञानिकहरू हुन् । एकातिर यो सूचीमा सोर्‍हौँ शताब्दीअगि योगदान पुर्‍याएका वैज्ञानिकहरूको नाउँ उल्लेख गरिएको छैन भने अर्कोतिर सबै ख्रीष्टियान वैज्ञानिकका नाउँहरू पनि उल्लेख गरिएका छैनन् ।

अठारौँ शताब्दीअगिका ख्रीष्टियान वैज्ञानिकहरू

  • फ्रान्सिस बेकन (१५६१-१६२६)

वैज्ञानिक बेकनलाई अनुभववादका पिता भनिएको छ । तिनी एक भक्त ख्रीष्टियान थिए ।

  • ग्यालिलियो ग्यालिली (१५६४-१६४२)

खगोलविद्, भौतिकशास्त्री, इन्जिनियर, दार्शनिकसाथै गणितज्ञ जसले पुनर्जागरणकालीन वैज्ञानिक क्रान्तिमा मुख्य भूमिका खेले । “वैज्ञानिक विधिको पिता” भनेर चिनिएका तिनको परमेश्वरको वचन बाइबलमाथि दृढ विश्वास थियो ।

  • लाउरेन्टस गोथुस (१५६५-१६४६)

खगोलविज्ञानका प्राध्यापकसाथै बिशप । तिनले खगोलविज्ञानसाथै ईश्वरशास्त्रबारे लेखे ।

  • ब्लाइज पास्कल (१६२३-१६६२)

पास्कलको नियम, पास्कलको सिद्धान्त र पास्कलको बाजीको लागि परिचित विचारक । वैज्ञानिक क्षेत्रका चिन्तक पास्कल भक्त ख्रीष्टियान थिए ।

  • आइज्याक बारो (१६३०-१६७७)

ईश्वरशास्त्री, वैज्ञानिकसाथै गणितज्ञ ।

  • रोबर्ट बोएले (१६२७-१६९१)

एक विख्यात वैज्ञानिकसाथै ईश्वरशास्त्री जसले विज्ञानको अध्ययनबाट परमेश्वरको महिमालाई बढाउन सकिन्छ भनी तर्क गरे । तिनी एक दृढ ख्रीष्टियान रक्षाशास्त्री थिए र तिनलाई रसायनशास्त्रको इतिहासमा एक प्रमुख प्रतिभा मानिन्छ ।

  • सर आइज्याक न्युटन (१६४३-१७२७)

वैज्ञानिक क्रान्तिका एक प्रमुख वैज्ञानिक । तिनी गुरुत्वाकार्षणका आविष्कारक, भौतिकशास्त्रीसाथै बाइबलका दृढ विश्वासी थिए ।

  • जोहानेस केप्लर (१५७१-१६३०)

वैज्ञानिक क्रान्तिका एक प्रमुख खगोलविद् जसले ग्रहसम्बन्धी चालबारे केप्लरका नियमहरू पत्ता लगाए । आफ्नो कृति विश्वको रहस्यको निष्कर्षमा तिनले सबै महिमा र प्रशंसा परमेश्वरलाई दिएका छन्

अठारौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरू

  • जोन रे (१६२७-१७०५)

वनस्पतिविज्ञ जसले सृष्टिका कामहरूमा परमेश्वरको बुद्धिको प्रदर्शनी नामक कृति लेखे ।

  • गोटफ्रिड लेबनिज (१६४६-१७१६)

गणित, भौतिकशास्त्र र प्रविधिमा उल्लेखनीय योगदान पुर्‍याएका दार्शनिक । हाम्रो विश्व परमेश्वरले सृष्टि गर्न सक्नुहुने सर्वोत्तम विश्व हो भन्ने तिनको निष्कर्ष थियो ।

  • एन्टोनी भान लिवेनहुक (१६३२-१७२३)

सुक्ष्म-जीवविज्ञानका पिता ।

  • फर्मिन अबुजित (१६७९-१७६७)

भौतिकशास्त्री, ईश्वरशास्त्रीसाथै दर्शनशास्त्री । फ्रान्सेली भाषामा नयाँ करारलाई अनुवाद गरेका तिनले न्युटनको परिचित कृति (प्रिन्सिपिया) मा भएका भुलहरू सुधारेका थिए ।

  • अल्ब्रेच भोन हलर (१७०८-१७७७)

शरीर-क्रियाविज्ञानका पिता ।

  • लिओनार्द युलर (१७०७-१७८३)

गणितज्ञसाथै भौतिकशास्त्री जो पास्टरका छोरा थिए ।

  • एन्टोनी लाभोसिर (१७४३-१७९४)

तिनलाई आधुनिक रसायनशास्त्रका पिता मानिन्छ । तिनी धर्मशास्त्रका पक्षपोषक थिए ।

  • कार्ल लिनाउस (१७०७-१७७८)

जीव वर्गीकरण विज्ञानका पिता ।

उन्नाइसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरू

  • जोसेफ प्रिस्ट्ली (१७३३-१८०४)

ईश्वरशास्त्री, दार्शनिकसाथै रसायनशास्त्री । अक्सिजनको आविष्कारको श्रेय तिनैलाई जान्छ ।

  • अलेस्यान्ड्रो भोल्टा (१७४५-१८२७)

भौतिकशास्त्री जसले प्रथम विद्युतीय ब्याट्रीको निर्माण गरे ।

  • समुएल भिन्स (१७४९-१८२१)

खगोलविद्साथै ख्रीष्टियान अगुवा ।

  • विलियम किर्बी (१७५९-१८५०)

तिनलाई कीटविज्ञानका पिता मानिन्छ । तिनी रसायनशास्त्रीसाथै भौतिकशास्त्री थिए जसले परमेश्वरको शक्ति, बुद्धि र भलाइबारे लेखे । तिनले नै परमाणु सिद्धान्तलाई परिचित गराएका थिए ।

  • जोन डाल्टोन (१७६६-१८४४)

रसायनशास्त्री, भौतिकशास्त्रीसाथै मौसमविद् ।

  • जर्ज कुभेर (१७६९-१८३२)

तिनलाई कहिले कहीँ जीवाश्मशास्त्रको पिताको रूपमा उल्लेख गरिएको छ ।

  • अन्द्रे मेरी एम्पाएर (१७७५-१८३६)

विद्युत-चुम्बकीय सिद्धान्तका एक संस्थापक । तिनकै सम्मानमा विद्युतीय प्रवाहको नाम एम्पाएर राखिएको हो ।

  • जोन अबेरक्रोम्बी (१७८०-१८४४)

भौतिकशास्त्रीसाथै ख्रीष्टियान दार्शनिक जसले स्नायुरोगबारे पाठ्यपुस्तकको रचना गरे ।

  • मेरी अनिङ्ग (१७९९-१८४७)

जीवाश्मशास्त्री जसले केही महत्त्वपूर्ण जीवाश्महरू पत्ता लगाइन् । उनी एक भक्त ख्रीष्टियान थिइन् ।

  • मार्सल हल (१७९०-१८५७)

परिचित चिकित्सक जसले चिकित्सा विज्ञानमा मनग्गे विधिहरू प्रस्तावित गरे । तिनी एक भक्त ख्रीष्टियान थिए र तिनका धार्मिक विचारहरूलाई तिनको जीवनीमा समेटिएको छ ।

  • एडवार्ड हिचकोक (१७९३-१८६४)

भूगर्भशास्त्री, जीवाश्मशास्त्रीसाथै पास्टर । तिनले प्राकृतिक ईश्वरशास्त्रमा प्रभाव पारे ।

  • बेन्जामिन सिलिम्यान (१७७९-१८६४)

रसायनशास्त्रीसाथै शिक्षाविद् । भौतिकवादलाई खुलमखुला इन्कार गर्ने तिनी एक सृष्टिवादी थिए ।

  • मिखाएल फाराडे (१७९१-१८६७)

विद्युत-चुम्बकत्व र विद्युत-रसायनशास्त्रमा उल्लेखनीय योगदान पुर्‍याए । मण्डलीका एल्डर तिनले विज्ञान र धर्मबिचको सम्बन्धबारे छलफल गर्थे ।

  • चार्ल्स ब्याबेज (१७९१-१८७१)

कम्प्युटरका पिता । तिनले आश्चर्यकर्महरूको पक्षमा वकालत गरे ।

  • जेम्स क्लार्क म्याक्सवेल (१८३१-१८७९)

गणितीय भौतिकशास्त्रको क्षेत्रमा परिचित वैज्ञानिक । तिनी चर्च अफ स्कटल्यान्डका एल्डर थिए ।

  • ग्रेगोर मेन्डेल (१८२२-१८८४)

आधुनिक वंशाणुविज्ञानका पितासाथै मण्डलीका अगुवा ।

  • हेनरिच हर्ज (१८५७-१८९४)

जर्मनीका भौतिकशास्त्री जसले पहिलो पटक निर्विवाद रूपमा विद्युत-चुम्बकीय तरङ्गको अस्तित्वको पुष्टि गरे ।

  • लुई पास्चर (१८२२-१८९५)

सुक्ष्म-जीवशास्त्रीसाथै रसायनशास्त्री जो खोपसाथै पास्चरीकरणका सिद्धान्तहरूको खोजको लागि परिचित छन् । तिनले भनेका छन्, “जति धेरै म प्रकृतिको अध्ययन गर्दछु त्यति नै धेरै म परमेश्वरको कामदेखि छक्क पर्दछु ।”

बिसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरू

  • एनोक फिच बुर (१८१८-१९०७)

खगोलविद्साथै पास्टर जसले धर्म र विज्ञानबिचको सम्बन्धबारे अत्यधिक बोले ।

  • लर्ड केल्भिन (१८२४-१९०७)

भौतिकशास्त्रीसाथै इन्जिनियर जसले थर्मोडाइनामिक्सको पहिलो र दोस्रो नियमको रचनामा महत्त्वपूर्ण योगदान पुर्‍याए ।

  • जे. जे. थमसन (१८५६-१९४०)

भौतिकशास्त्रीसाथै भौतिकशास्त्रमा नोबेल पुरस्कार विजेता । इलोक्ट्रोनको खोज र पहिचानको श्रेय तिनैलाई जान्छ । तिनी एक भक्त ख्रीष्टियान थिए ।

  • गुग्लिल्मो मार्कोनी (१८७४-१९३७)

रेडियोका आविष्कारक ।

  • जर्ज वासिङ्गटन कार्भर (१८६४-१९४३)

वैज्ञानिक, वनस्पतिविज्ञसाथै आविष्कारक । परमेश्वर र विज्ञान दुवैमाथि विश्वास गर्न सकिन्छ भनी तिनले मान्थे ।

  • आर्थुर एडिङ्टोन (१८८२-१९४४)

खगोल-भौतिकशास्त्रीसाथै गणितज्ञ ।

  • कार्ल ल्यान्डस्टेनर (१८६८-१९४३)

जीवशास्त्री, चिकित्सकसाथै प्रतिरक्षाविद् । १९३० मा चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार जितेका तिनी यहूदी धर्मबाट ख्रीष्टियान बनेका थिए ।

  • म्याक्स बर्न (१८८२-१९७०)

भौतिकशास्त्रीसाथै गणितज्ञ जो क्वान्टम यान्त्रिकीको विकासमा माध्यम बने ।

  • आर्थुर कम्प्टोन (१८९२-१९६२)

भौतिकशास्त्री जसले १९२७ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार जिते । तिनी मण्डलीका डिकन थिए ।

  • जर्ज लेमात्रे (१८९४-१९६६)

मण्डलीका अगुवा, गणितज्ञसाथै खगोलविद् । तिनी नै महाविस्फोट सिद्धान्तका प्रथम प्रस्तावक थिए ।

  • वेर्नर भोन बारुण (१९१२-१९७७)

रकेट विज्ञानका पिता । आफ्नो प्रौढ जीवनमा तिनले परमेश्वर र मृत्युपछिको जीवनमा दृढ विश्वास गरे ।

  • आर्थुर लिओनार्द स्कालो (१९२१-१९९९)

भौतिकशास्त्रीसाथै लेजरका सहआविष्कारक । १९८१ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार जितेका तिनी कट्टरवादी ख्रीष्टियान थिए ।

एक्काइसौँ शताब्दीका ख्रीष्टियान वैज्ञानिकहरू

  • रोड डेभिज (१९३०-२०१५)

सीएमबी विकिरणको खोजको लागि निकै परिचित ।

  • रिचार्ड स्मेली (१९४३-२००५)

१९९६ मा रसायनशास्त्रमा नोबेल पुरस्कार विजेता । तिनी सृष्टिवादका पक्षपोषक थिए ।

  • आर्थुर पिकोक (१९२४-२००६)

मण्डलीका अगुवासाथै जीव-रसायनशास्त्री ।

  • अलान स्यान्डेज (१९२६-२०१०)

खगोलविद् जसले चालिस वर्षको उमेरपछि ख्रिस्टियमतको अध्ययन गरे ।

  • जोसेफ मुर्रे (१९१९-२०१२)

१९९० मा चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार जितेका तिनले पहिलो पटक मानवीय मृर्गौलाको सफल प्रत्यारोपण गरे ।

हालसम्म जीवित रहेका ख्रीष्टियान वैज्ञानिकहरू

  • वेर्नर अर्बेर (जन्म १९२९)

सुक्ष्म-जीवशास्त्री, आनुवंशिक वैज्ञानिकसाथै १९७८ मा चिकित्सा क्षेत्रमा नोबेल पुरस्कार विजेता ।

  • फ्रान्सिस कोलिन्स (जन्म १९५०)

आनुवंशिक वैज्ञानिक । तिनले धार्मिक विषयहरूबारे लेखेका छन् ।

  • सिमोन सी. मोरिस (जन्म १९५१)

जीवाश्मशास्त्रीसाथै जीवशास्त्री जो विज्ञान र धर्मको अध्ययनमा सक्रिय छन् ।

  • पिटर अग्री (जन्म १९४९)

चिकित्सकसाथै जीवशास्त्री जसले २००३ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जितेका थिए ।

  • गेरहार्ड एर्टल (जन्म १९३६)

२००७ मा रसायनशास्त्रमा नोबेल पुरस्कार विजेता । एउटा अन्तर्वार्तामा तिनले भने, “म परमेश्वरमा विश्वास गर्दछु । … म ख्रीष्टियान हुँ र ख्रीष्टियानकै रूपमा जिउने कोसिस गर्दछु । … म अक्सर बाइबल पढ्दछु र यसलाई बुझ्ने कोसिस गर्दछु ।”

  • ब्राएन कोबिल्का (जन्म १९५५)

२०१२ मा रसायनशास्त्रमा नोबेल पुरस्कार विजेता ।

  • फ्रिम्यान डाइसोन (जन्म १९२३)

भौतिकशास्त्रीसाथै गणितज्ञ जो क्वान्टम विद्युत-गणितविज्ञान, खगोल विज्ञानजस्ता क्षेत्रहरूमा परिचित छन् ।

  • जोन डी. ब्यारो (जन्म १९५२)

विश्वविज्ञानविद् जसले मानवीय सिद्धान्तका आशयहरूबारे उल्लेखनीय रचनाहरू लेखे ।

  • गुई कन्सोलमाङ्गो (जन्म १९५२)

जेसुइट खगोलविद् जसले भ्याटिकन वेधशालामा काम गर्छन् ।

  • कार्ल विल्लार्ड गिबरसन (जन्म १९५७)

भौतिकशास्त्रीसाथ विद्वान् जसले विज्ञान र धर्मबिचको सम्बन्धबारे केही पुस्तकहरू प्रकाशित गरेका छन् ।

  • एन्टोनी हेविस (जन्म १९२४)

रेडियो खगोलविद् जसले १९७४ मा भौतिकशास्त्रमा नोबेल पुरस्कार हात पारे । तिनी ख्रीष्टियान हुन् ।

  • क्रिस्टोफर इसाम (जन्म १९४४)

भौतिकशास्त्री हुनुका अतिरिक्त तिनी दार्शनिक र ईश्वरशास्त्री पनि हुन् ।

  • डन पेज (जन्म १९४८)

भौतिकशास्त्रीसाथै व्यावहारिक इभान्जलिकल ख्रीष्टियान जसले वैज्ञानिक स्टिफेन हकिङ्गसँगै मिलेर केही रचनाहरू प्रकाशित गरे ।

  • जोन पोल्किङ्गघर्न (जन्म १९३०)

भौतिकशास्त्रीसाथै ईश्वरशास्त्री जसले विज्ञान र त्रिएकता नामक कृति लेखे ।

  • अलिस्टर म्याकग्रेथ (जन्म १९५३)

ईश्वरशास्त्री, रक्षाशास्त्रीसाथै वैज्ञानिक । तिनले विज्ञान र ईश्वरशास्त्रबिचको सम्बन्धबारे लेखेका छन् ।

  • मिखाएल रेइस (जन्म १९६०)

जीव-नीतिज्ञ, विज्ञानका शिक्षाविद्साथै ख्रीष्टियान अगुवा ।[i]

 

[i] https://en.wikipedia.org/wiki/List_of_Christians_in_science_and_technology

 

लेखक परिचय: कमल अधिकारी बाइबल शिक्षक, लेखक तथा अनुवादक हुन् । ९ ओटा पुस्तकका लेखक तिनले ७७ ओटा पुस्तक-पुस्तिका अनुवाद गर्नुका अतिरिक्त १७५ ओटाभन्दा बढी पुस्तक-पुस्तिका सम्पादन गरिसकेका छन् । ख्रीष्टियान विश्वासको पक्षमा बौद्धिक रूपमा वकालत गर्ने तिनी आफूलाई रक्षाशास्त्री भन्न रुचाउँछन् ।

 

 

 

 

Facebook Comments

Powered by Youth Circle