मिसनरीद्वारा नदीभित्र प्रवेश गर्न डराउने जङ्गली आदिवासीको परिवर्तन

ख्रिस्टाब्द १९५५ मा अमेरिकामा जन्मेका म्याक्स लुकाडो प्रभावशाली लेखकसाथै वक्ता हुन् । झन्डै १०० ओटा पुस्तक लेखिसकेका लुकाडोको एउटा कृतिको नाउँ होः सिक्स आवर्स वान फ्राइडे । यस पुस्तकमा तिनले एक जना ख्रीष्टियान मिसनरीको कथा भनेका छन् ।

ब्राजिल दक्षिण अमेरिकाको सर्वाधिक ठुलो राष्ट्र हो । यस देशको जङ्गलको दुर्गमा क्षेत्रमा एक जना ख्रीष्टियान मिसनरीले एउटा इन्डियन जातिलाई फेला पारे । ती मानिसहरू एउटा ठुलो नदीको नजिकै बस्थे । तिनीहरूलाई स्वास्थ्य उपचारको खाँचो पर्‍यो । गाउँभरि नै एउटा सङ्क्रमण रोग फैलिरहेको थियो । मानिसहरू दिनदिनै मर्दै थिए ।

गाउँबाट अस्पताल धेरै टाढा थिएन । तर अस्पताल नदीको पारिपट्टि थियो । तर ती आदिवासीहरू नदी पार गरेर जाँदैनथ्ये किनकि नदीभित्र दुष्ट आत्माहरू बास गर्थे भन्ने तिनीहरूको विश्वास रहेको थियो । पानीभित्र प्रवेश गर्दा निश्चय नै मृत्यु हुन्थ्यो भनी तिनीहरूले ठान्ने गर्थे ।

ती ख्रीष्टियान मिसनरीले आफूले नदी पार गरेका र कुनै हानि नभएकोबारे बताए । तर तिनको बयानले तिनीहरूलाई प्रभाव पारेन । त्यसपछि तिनले ती जङ्गली मानिसहरूलाई नदीको किनारमा लगे र तिनले आफ्नो हात पानीमा डुबाए । तिनीहरूले अझै पनि पानीमा जाने आँट गरेनन् । अन्तमा, मिसनरी पानीभित्र हाम्फाले अनि पौडेर पारिपट्टि गए । तिनले मुठ्ठीलाई हावामा उठाउँदै विजयको सङ्केत गरे । तिनी पानीभित्र प्रवेश गरेका थिए र तिनलाई कुनै हानि भएको थिएन । त्यसपछि मात्रै ती जङ्गली आदिवासीहरू खुसीसाथ पानीभित्र प्रवेश गरे र उनको पछि लागे ।

Facebook Comments

Powered by Youth Circle