ख्रीष्टियानहरूको अपमान गर्ने पीएच. डी गरेकी नास्तिक प्राध्यापक नयाँ सृष्टि बनिन्

साहित्यमा विद्यावारिधि गरेकी डा. होली अर्डीले फेब्रुअरी २०१४ मा नट गड्स टाइप नामक एउटा पुस्तक प्रकाशित गरिन् । यो किताब उनको आफ्नै व्यक्तिगत कहानी थियो । उनी नास्तिकबाट कसरी ख्रीष्टियान बनिन् भनी उनले यस कृतिमा अवगत गराएकी छन् । उनले सुरु गरेका छन्, “मैले मेरो जीवनमा कहिल्यै प्रार्थना गरेकी छैनँ; म कहिल्यै मण्डली सेवामा गएकी छैनँ । ख्रिस्टमसको अर्थ उपहारहरू हो भने इस्टरको अर्थ चकलेट । त्योभन्दा अरू केही होइन ।”

३१ वर्षको उमेरमा आइपुग्दा उनी कलेजका नास्तिक प्राध्यापक थिइन् । उनलाई आफ्नै तरिकाले सोच्न मन पर्थ्यो । ख्रीष्टियानहरूको बारेमा अपमानपूर्ण टिप्पणी गर्दा उनी रमाउँथिन् । परमेश्वरमाथि विश्वास गर्नु भनेको अन्धविश्वाससिवाय केही थिएन भन्ने कुरोमा उनी विश्वस्त थिइन् । परमेश्वरको पक्षमा कुनै कारण वा तर्क छैन भन्ने उनको बुझाइ रहेको थियो ।

तर एक दिनको कुरो हो । एक जना आदरणीय र तीक्ष्ण बुद्धि भएको मान्छेले अर्डीको सामु तिनी ख्रीष्टियान भएको खुलासा गरे जसले परमेश्वरको विषयमा सत्यताको खोजी गर्न प्रेरित गर्‍यो अर्डीलाई । आफ्नो खोजमा परमेश्वर अस्तित्वमा हुनुहुन्छ भन्ने निश्चयतामा पुगिन् उनी । नयाँ करार साँचो छ र येशू वास्तविक हुनुहुन्छ भन्ने निष्कर्षमा पुगिन् ।

यसरी बौद्धिक प्राध्यापक अर्डीले नास्तिकवादलाई त्याग गरिन् अनि आफ्नो खोजपश्चात् उनी ख्रीष्टियान बनिन् ।

Facebook Comments

Powered by Youth Circle