एक जना मानवशास्त्री बोरा जातिलाई भेट गर्न गए । तिनले उनीहरूका बिचमा ख्रीष्टियान मिसनरीहरूको आलोचना गर्न लागे । तिनले भने, “ख्रीष्टियान धर्म गोरा मानिसहरूका लागि हो । तपाईंहरू आफ्नो पुरानो धर्म र चालचलनमा फर्कनुपर्छ ।” आफ्नो विगतलाई सम्झँदै क्रुद्ध बनेका बोरा जातिका मण्डलीका अगुवाले ती मानवशास्त्रीलाई गतिले जवाफ दिए, “हामीले त्यसो गर्यौँ भने यो भाँडोभित्र पर्ने पहिलो व्यक्ति तपाईं बन्नुहुन्छ ।”
पेरु, कोलम्बिया र ब्राजिलका जङ्गलहरूमा बस्ने एउटा जातिको नाउँ हो, बोरा । तिनीहरूको जनसङ्ख्या लगभग २,००० अनुमान गरिएको छ । तिनीहरूले विटोटन भाषा बोल्छन् ।
केवल एक पुस्ताअगि पेरुमा बसोबास गर्ने बोरा जातिका मानिसहरू डरलाग्दा र झगडालु थिए । तिनीहरू नरभक्षी थिए अर्थात् तिनीहरूले मान्छेको मासु खाने गर्थे । तिनीहरूले वरिपरिका अरू जातिका मानिसहरूलाई भेट्दा हिंसाले पहिलो स्थान पाउँथ्यो ।
तिनीहरूले येशू ख्रीष्टलाई चिनेका धेरै भएको छैन । ख्रीष्टलाई अङ्गालेपछि तिनीहरू आफ्ना पत्नी र छोराछोरीहरूप्रति कोमल भएका छन् । तिनीहरूले परिवर्तनको महसुस गरेका छन् । तिनीहरूले बाइबलका धेरै कुरा बुझ्न नसकेका भए तापनि एउटा कुरा भन्ने पक्का बुझेका छन्: ख्रीष्टलाई पाएपछि तिनीहरू परिवर्तन भएका छन् । ख्रीष्टलाई पाउनुअगिको जीवन र पछिको जीवनमा स्पष्ट भिन्नता देखिएको छ ।
Reasons to Believe KamalAdhikari.com.np 


