एउटै लेखकले एउटै खण्डमा एकातिर मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिन आज्ञा दिएका छन् भने अर्कोतिर नदिन । हितोपदेश २६:५ ले मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिन अर्ती दिएको छ, “मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ दे, नत्रता त्यो आफ्नै नजरमा बुद्धिमान् हुनेछ ।” तर योभन्दा ठिक अगिल्लो पदले त्यसो नगर्न आज्ञा दिन्छ, “मूर्खलाई त्यसको मूर्खताअनुसारको जवाफ नदे, नत्रता तँ आफै पनि त्योजस्तै हुनेछस्” (पद ४) । मूर्खलाई त्यसको मूर्खताअनुसार जवाफ दिनुपर्ने हो कि होइन ?
सरसरति पढ्दा यी दुईवटा आज्ञा एक-अर्कामा बाझिएको जस्तो देखिए तापनि वास्तविकता त्यस्तो छैन । आआफ्नो ठाउँमा यी दुवै आज्ञा बुद्धिमानी छन् । पद ४ ले भन्न खोजेको कुरो यही हो कि हामीले मूर्खलाई जवाफ दिँदा त्योजस्तै मूर्ख भएर जवाफ दिनुहुँदैन । हामीले त्यसको मापदण्डलाई अङ्गाल्नुहुँदैन । तर पद ५ को अर्थ हुन्छ कि मूर्खलाई सुधारिनुपर्छ ताकि त्यसले आफू ठिक हुँ भनी निष्कर्ष ननिकालोस् । मूर्खको मापदण्ड के हो भनी देखाइदिनुपर्छ ।
परिस्थितिअनुसार हामीले मूर्खलाई जवाफ दिनुपर्ने हुन्छ । पद ४ लाई कहिले लागु गर्ने र पद ५ लाई कहिले लागु गर्ने भन्नाका लागि बुद्धिको खाँचो पर्छ ।
Reasons to Believe KamalAdhikari.com.np 


