बाइबलको त्रुटिविहीनताबारे ७ ओटा चाखलाग्दा भनाइ

बाइबल परमेश्वरको वचन हो र परमेश्वरले भुल गर्न सक्नुहुन्न । तसर्थ सही किसिमले बुझिएको खण्डमा त्रुटिविहीनतालाई इन्कार गर्नु भनेको परमेश्वरको चरित्रमाथि नै आक्रमण गर्नु हो । त्रुटिविहीनतालाई इन्कार गर्नेहरू चाँडै नै सिद्धान्त र अभ्यास दुवै क्षेत्रमा धर्मशास्त्रको सम्पूर्ण अधिकारलाई इन्कार गर्ने खतरनाक प्रभाव क्षेत्रमा प्रवेश गर्छन् ।

रबी जकरिया, लेखकसाथै रक्षाशास्त्री

बाइबल परमेश्वरको वचन हो । परमेश्वरले भुल गर्न सक्नुहुन्न । तसर्थ बाइबलले भुल गर्न सक्दैन । यदि बाइबलले भुल गर्छ भने कि कुनै अर्थमा यो परमेश्वरको वचन होइन कि भने कुनै अर्थमा परमेश्वरले भुल गर्न सक्नुहुन्छ । तर्क अखण्डनीय छ ।

रिचार्ड होवे, दर्शनशास्त्रका प्राध्यापक

पवित्र धर्मशास्त्रले कहिल्यै गल्ती गर्न सक्दैन । … यसका आदेशहरू पूर्ण र अकाट्य सत्यता हुन् ।

ग्यालिलियो ग्यालिली, खगोलविद्

परमेश्वरको त्रुटिविहीन वचनमाथि भरोसा गर्नु भनेको जीवनदातामाथिको विश्वासलाई देखाउनु हो । इतिहास र मानवीय स्वभावले हरेक दिन बाइबलको सत्यतालाई प्रमाणित गर्दछ तर महान्‌तम साक्षी भने परिवर्तित जीवनहरूमा देखिन्छ जसलाई इन्कार गर्न सकिँदैन । यो अकाट्य पुस्तक यसको आफ्नै टिप्पणी हो, “तपाईंका सम्पूर्ण वचनहरू सत्य छन्” (भजनसंग्रह ११९:१६०) ।

फ्र्याङ्कलिन ग्राहम, मिसनरीसाथै प्रचारक

सर्वप्रथम, मेरो विचारमा बाइबलको सही अर्थ बुझिएमा पवित्र बाइबलले कहिल्यै असत्य बोल्न सक्दैन भन्नु ज्यादै धर्मपरायण हो भने यसको पुष्टि गर्नु ज्यादै बुद्धिमान् ।

ग्यालिलियो ग्यालिली, खगोलविद्

धर्मशास्त्रको त्रुटिविहीनता आधारभूत सिद्धान्त हो जसमा अन्य सबै सिद्धान्तहरू आश्रित छन् । भजनका लेखकले ठिकसँग भने, “यदि जग नै नष्ट हुन्छन् भने, धर्मी जनले के गर्न सक्छन् र ?”

नर्मन गेइस्लर, ईश्वरशास्त्री, दार्शनिकसाथै रक्षाशास्त्री

बाइबलीय त्रुटिविहीनता येशू ख्रीष्टद्वारा सुस्पष्ट रूपमा निश्चयतासाथ स्वीकार गरिएको मात्रै होइन तर बाइबलमा हुनुभएका परमेश्वरका प्रतिज्ञाहरू र प्रकाशहरूमाथि हाम्रो दृढ भरोसाको लागि आधारभूत पनि छ ।

डेभिड लिम्बाक, टिप्पणीकारसाथै लेखक

Facebook Comments

Powered by Youth Circle