बाइबल तीर्थयात्रीको लौरो मात्र होइन तर विमान चालकको कम्पास पनि हो

ख्रीष्टियान ईश्वरशास्त्रबारे एच. ओर्टोन विले र पावल टी. कुल्बर्टसनद्वारा लिखित ४ ओटा ठेलीमध्ये Introduction to Christian Theology को पृष्ठ सङ्ख्या ३७ को आरम्भमा लेखकद्वयले कसैको भनाइलाई उद्धृत गरेका छन् । यस वर्णनमा बाइबललाई सठिक ढङ्गमा व्याख्या गरिएको छः

परमेश्वरको मस्तिष्क, मानिसको अवस्था, उद्धारको मार्ग, पापीहरूको विनाश, विश्वासीहरूको प्रसन्नता बाइबलमा समावेश छन् ।

यसका सिद्धान्तहरू पवित्र छन्; यसका आज्ञाहरू पालनीय छन्; यसका निर्णयहरू अपरिवर्तनीय छन् ।

विश्वास गर्ने उद्देश्यले यसलाई पढ्नुहोस्; सुरक्षित हुने उद्देश्यले यसलाई विश्वास गर्नुहोस्; पवित्र हुने उद्देश्यले यसलाई अभ्यास गर्नुहोस् ।

यसमा तपाईंलाई बाटो देखाउने ज्योति, भरणपोषण गर्ने भोजन र प्रसन्न पार्ने सान्त्वना पाइन्छ ।

यो यात्रुको पथप्रदर्शक, तीर्थयात्रीको लौरो, विमान चालकको कम्पास, सिपाहीको तरवार र ख्रीष्टियानको अधिकार–पत्र हो ।

यहाँ स्वर्गलोक पुनर्स्थापना गरिएको छ; स्वर्ग खोलिएको छ र नरकका द्वारहरू उदाङ्गो पारिएका छन् ।

ख्रीष्ट यसको मुख्य विषयवस्तु हुनुहुन्छ; हाम्रो भलाइ यसको संरचना हो र परमेश्वरको महिमा यसको अन्त्य हो ।

यसले स्मृतिलाई भर्नुपर्छ; ह्रदयलाई शासन गर्नुपर्छ र पाउलाई अगुवाइ गर्नुपर्छ ।

यसलाई बिस्तारै, दैनिक र प्रार्थनापूर्वक पढ्नुहोस् ।

यो धन सम्पत्तिको खानी, महिमाको स्वर्गलोक र आनन्दको नदी हो ।

यो यस जीवनमा तपाईंलाई दिइएको छ; न्यायमा खोलिने छ र सदासर्वदा यसको सम्झना गरिने छ ।

यसमा उच्चतम उत्तरदायित्व सम्मिलित छ; यसले महानतम श्रमिकलाई इनाम दिने छ र यसको विषयवस्तुसित खेलवाड गर्नेहरूलाई यसले दण्ड दिने छ ।

Facebook Comments

Powered by Youth Circle