येशूको ईश्वरत्वबारे ९ ओटा तर्कसङ्गत भनाइ (भाग १)

एउटा मान्छे जसले नयाँ करारलाई पढ्न सक्छ र ख्रीष्टले मान्छेभन्दा बढी हुँ भनी दाबी गर्नुहुन्छ भन्ने कुरालाई देख्न सक्दैन भने ऊ बादल नलागेको दिनको मध्यान्हको घडीमा आकाशतिर हेरी सूर्यलाई नदेख्ने मान्छेजस्तै हो ।

फ्र्याङ्क मिडद्वारा सम्पादित द इन्साइक्लोपिडिया अफ रिलिजियस कोटेसन्स

पृथ्वीमा कसैलाई पाप क्षमा गर्ने अधिकार छैन न त उसको हैसियत नै छ । कसैले क्षमा दिएको पापले उहाँलाई बचाउन सक्दैन जसको विरुद्धमा सबैले पाप गरेका छन् । जब येशूले निश्चित रूपमा पापको क्षमा दिनुभयो उहाँले मानवीय अधिकारको अभ्यास गर्दै हुनुहुन्थेन । परमेश्वरले मात्रै पापको क्षमा दिन सक्ने भएकोले निष्कर्षमा यो प्रस्ट छ कि ख्रीष्टले पापको क्षमा गर्नुभएकोले उहाँ परमेश्वर हुनुहुन्छ । उहाँ परमेश्वर हुनुभएकोले अनन्त हुनुहुन्छ ।

लेविस चाफर, ईश्वरशास्त्रीसाथै लेखक

मानिसको पुत्र पुरानो करारको दानिएलको पुस्तकमा देखा पर्नुभएको ईश्वरीय व्यक्तित्व हुनुहुन्थ्यो जो संसारको अन्त्यमा मानव–जातिलाई न्याय गर्न र सदासर्वदा राज्य गर्न आउनुहुन्छ । यसरी मानिसको पुत्र हुँ भन्ने दाबी परमेश्वर हुँ भन्ने दाबीसँग बराबर छ ।

विलियम लेन क्रेग, रक्षाशास्त्रीसाथै लेखक

येशूले आफैलाई परमेश्वरको प्रिय पुत्र, परमेश्वरको राज्य ल्याउने र पापको क्षमा गर्ने जनको रूपमा बुझ्नुभयो । येशूले आफूलाई जसरी बुझ्नुभयो हामीले पनि उहाँलाई त्यसरी नै बुझेका हुनुपर्छ । येशूलाई हामीले ख्रीष्टको रूपमा ग्रहण गरेनौं भने उहाँको पहिचानको सम्बन्धमा कि उहाँले हामीलाई भ्रममा पार्नुभयो कि हामी भ्रममा छौं ।

केभिन भानहुजर, प्राध्यापक

मोशा, पावल, बुद्ध, मुहम्मद, कन्फ्युसियससाथै कुनै पनि परिचित धार्मिक अगुवाले आफू परमेश्वर हुँ भनी कहिल्यै दाबी गरेका छैनन् । येशू ख्रीष्ट यसको अपवाद हुनुहुन्छ । आफू परमेश्वर हुँ भनी दाबी गर्ने ख्रीष्ट मात्रै एक धार्मिक अगुवा हुनुहुन्छ र उहाँ परमेश्वर हुनुहुन्छ भनी संसारको ठुलो हिस्सालाई विश्वास दिलाउने उहाँ मात्रै एक व्यक्तित्व हुनुहुन्छ ।

थोमस स्कल्ज

म मेरो भोट आफूलाई बुद्धि हुँ (कन्फ्युसियस) भनेर दाबी गर्नेलाई दिन्नँ; न त आफूले ज्ञान प्राप्त गरेको दाबी गर्ने (बुद्ध) लाई दिन्छु; न त आफूलाई अगमवक्ता हुँ (मुहम्मद) भन्नेलाई दिन्छु । तर मेरो भोट त मानवीय शरीरमा परमेश्वर हुँ भनी दाबी गर्नुहुनेलाई दिन्छु जसले घोषणा गर्नुभयो, “अब्राहाम हुनुभन्दा अघिबाटै म छँदैछु” र यसलाई प्रमाणित पनि गरिदिनुभयो ।

नर्मन गेइस्लर, रक्षाशास्त्रीसाथै लेखक

म मानिसहरूलाई चिन्छु र येशू ख्रीष्ट केवल मानिस हुनुहुन्न । उहाँ र संसारमा भएका हरेकको बिचमा तुलना गर्नका लागि कुनै सम्भाव्य शब्द नै छैन । अलेक्ज्यान्डर, कैसर, चार्लम्याग्ने र मैले साम्राज्यहरूको स्थापना गरेका छौँ । हाम्रो क्षमता केमा आधारित थियो ? शक्तिमा । येशू ख्रीष्टले आफ्नो साम्राज्य प्रेममा स्थापना गर्नुभयो र अहिल्यै उहाँको निम्ति आफ्नो ज्यान अर्पण गर्न दशौँ लाख मानिस तयार छन् ।

नेपोलिएन बोनापार्ट, सम्राट्

येशू न खराब व्यक्ति न त परमेश्वर हुनुहुन्थ्यो, तर एक असल व्यक्ति हुनुहुन्थ्यो भन्नु आकर्षक र आनन्दप्रद हुन्छ । उहाँ खराब मानिस हुनुहुन्थ्यो भन्ने भनाइले ख्रीष्टियानहरूलाई अप्रसन्न तुल्याउँछ भने उहाँ परमेश्वर हुनुहुन्थ्यो भन्ने भनाइले गैरख्रिस्टियानहरूलाई अप्रसन्न तुल्याउँछ । दुवै नमान्नाले कसैलाई अप्रसन्न तुल्याउँदैन । तसर्थ गैरख्रिस्टियानहरू दुईमध्ये कुनैलाई स्वीकार गर्न चाहँदैनन् । तर यसले तर्कशास्त्रलाई अप्रसन्न तुल्याउँछ ।

पिटर क्रिफ्ट र रोनाल्ड के. टासेल्ली

खराब मानिसहरूलाई असल बनाउन येशू यस धरतीमा आउनुभएन; मरेका मानिसहरूलाई जीवित तुल्याउन उहाँ यस धरतीमा आउनुभयो ।

रबी जकरिया, लेखकसाथै रक्षाशास्त्री

Facebook Comments

Powered by Youth Circle