सुसमाचारबारे १८ ओटा घतलाग्दा भनाइ (भाग २)

हामीकहाँ आइपुग्न परमेश्वरले जे गर्नुभएको छ त्यस विषयमा भएको खबर नै सुसमाचार हो । यो परमेश्वरकहाँ पुग्न हामीले के गर्नुपर्छ भन्ने सल्लाह होइन ।

टिम केलर, रक्षाशास्त्री, पास्टरसाथै ईश्वरशास्त्री

येशू हामीलाई जीवनका प्रश्नहरूको जवाफ दिन आउनुभएन, उहाँ आफै जवाफ बन्न आउनुभयो ।

टिम केलर, रक्षाशास्त्री, पास्टरसाथै ईश्वरशास्त्री

तपाईं जुनसुकै परिस्थितिमा पनि खुसी हुन सक्नुहुन्छ । तपाईंले केवल परमेश्वरमाथि विश्वास गर्न आवश्यक छ ।

निक भुजिसिक, सुसमाचार प्रचारकसाथै वक्ता

सुसमाचारमा तपाईंलाई जे मन पर्छ तपाईंले त्यसलाई मात्र विश्वास गर्नुभयो र मन नपरेको कुरोलाई तपाईंले इन्कार गर्नुभयो भने तपाईंले विश्वास गर्नुभएको कुरो सुसमाचार होइन, यो त तपाईं आफै नै हुनुहुन्छ ।

अगस्टिन, ख्रीष्टियान दार्शनिक, लेखकसाथै ईश्वरशास्त्री

सम्पूर्ण सुसमाचार ख्रीष्टमा समावेश छ ।

जोन काल्भिन, ईश्वरशास्त्री, लेखकसाथै पास्टर

जुनसुकै बेला सुसमाचार प्रचार गरिँदा यो भनेको परमेश्वर हाम्रा माझमा आउनुभएको जस्तै हो ।

जोन काल्भिन, ईश्वरशास्त्री, लेखकसाथै पास्टर

सुसमाचारमा प्राकृतिक मानिसलाई आकर्षण गर्ने त्यस्तो कुनै कुरो छैन । सुसमाचारलाई आकर्षित देख्ने एउटै मानिस पापको विषयमा दोषी ठहराइएको मानिस हो ।

ओसवाल्ड च्याम्बर्स, सुसमाचार प्रचारकसाथै शिक्षक

मानिसलाई उचाली परमेश्वरलाई अपदस्थ गर्ने सुसमाचार सुसमाचार हुँदै होइन ।

विल मेजगर

संसारमा धेरै धर्महरू छन्, यहाँ एउटै मात्र सुसमाचार छ ।

जर्ज ओवेन

सुसमाचार भनेको “परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ” भन्ने होइन, तर यो भनेको “परमेश्वरका पुत्रको मूल्यमा उहाँले हामीलाई प्रेम गर्नुहुन्छ” भन्ने हो ।

डेरेक थोमस, पास्टरसाथै ईश्वरशास्त्री

जसरी एउटै मात्र परमेश्वर हुनुहुन्छ त्यसै गरी एउटै मात्र सुसमाचार हुन सक्छ ।

जेम्स डेनी, ईश्वरशास्त्रीसाथै वक्ता

मण्डली सुसमाचारको फल हो ।

हेवेल आर. जोन्स

अन्य सबै सुसमाचारले व्यक्त गरेको कुरोलाई यूहन्नाको सुसमाचारले प्रस्ट पार्दछ र त्यो कुरो यही हो कि क्रूस पराजय होइन तर हाम्रा परमेश्वरको विजय हो ।

स्टान्ली हाउरवास, ईश्वरशास्त्री, नीतिज्ञ

हामीले यसलाई स्मरण गरौँ: व्यक्तिको जीवनको ठोस साक्षीविना कसैले पनि येशूको सुसमाचारको घोषणा गर्न सक्दैन ।

पोप फ्रान्सिस

हामीले क्रूसमा टाँगिनुभएका ख्रीष्टको प्रचार गर्दा हामी लर्खराउनुपर्ने वा भकभकाउनुपर्ने वा अनकनाउनुपर्ने वा क्षमायाचना गर्नुपर्ने कुनै कारण नै छैन । सुसमाचारमा हामी शर्माउनुपर्ने कुनै कारण नै छैन ।

सी. एच. स्परजिन, प्रचारक, पास्टरसाथै लेखक

ख्रीष्टियान सुसमाचारको सर्वोत्तम खबर यही हो कि विश्वको सर्वोच्च महिमित सृष्टिकर्ताले हामी र उहाँका बिचमा भएको हरेक अवरोधलाई हटाउन येशू ख्रीष्टको मृत्यु र पुनरुत्थानमा काम गनुभएको छ ताकि उहाँको असीमित सौन्दर्यलाई देख्न र स्वाद लिनमा हामीले अनन्तको आनन्द प्राप्त गर्न सकूँ ।

जोन पाइपर, लेखक, वक्तासाथै पास्टर

एउटाबाहेक संसारको हरेक धर्मले परमेश्वरकहाँ पुग्न काम गर्नुपर्छ भनी बताउँछ । केवल बाइबलीय ख्रिस्टियमतले तपाईंको निम्ति उहाँले काम गर्नुभएको छ भनी बताउँछ ।

एड हिन्डसन, प्रचारकसाथै लेखक

सुसमाचार येशूको बारेमा भएको कथा हो । यो कथा यही हो कि उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ जो हाम्रा लागि मानिस बन्नुभयो, मर्नुभयो, पुनरुत्थान हुनुभयो अनि उहाँ सबै थोकमाथि प्रभुको रूपमा स्थापित हुनुभएको छ ।

मार्टिन लुथर, सुधारवादी, ईश्वरशास्त्रीसाथै लेखक

Facebook Comments

Powered by Youth Circle