सूर्योदयमाथि विश्वास गरेझैँ म ख्रिस्टियमतमाथि विश्वास गर्दछु, मैले यसलाई देखेकोले गर्दा मात्रै होइन तर यसद्वारा मैले हरेक कुरोलाई देखेकोले गर्दा पनि हो ।
सी. एस. लेविस, साहित्यकारसाथै ख्रीष्टियान रक्षाशास्त्री
बचाउने ख्रीष्टियान विश्वासबारे भएको बाइबलीय दृष्टिकोणमा कहिल्यै अन्धो भएर छलाङ् मार्ने कुरो पर्दैन । हामीले सत्यतालाई जान्न सक्छौँ, केवल कुनै आत्मिक वा रहस्यमय तरिकाले होइन भन्ने अवधारणामा येशू आफै नै निश्चित हुनुहुन्थ्यो । हामीले परमेश्वर, मानिस र उद्धारको विषयमा वस्तुपरक तरिकाले जान्न सक्छौँ भनी उहाँले सिकाउनुभयो । त्यही नै अनुसन्धान, साक्षीका उत्कृष्ट रूपहरू हुन् र होसियार तर्क गराइले निश्चय नै परमेश्वर र हाम्रा निम्ति उहाँका महान् योजनाहरूतर्फ लैजान्छ ।
क्रेग हाजेन, लेखकसाथै सम्पादक
विश्वासमा पर्याप्त साक्षी हुनैपर्छ, नत्रभने यो केवल अन्धविश्वास बन्छ ।
अर्खिबाल्ड अलेक्ज्यान्डर होज, पास्टरसाथै लेखक
प्रत्येक विज्ञान कुनै न कुनै मात्रामा विश्वासबाट आरम्भ हुन्छ र यसको विपरीत विज्ञानतर्फ नडोर्याउने विश्वास गलत विश्वास वा अन्धविश्वास हुन्छ, त्यो वास्तविक वा विशुद्ध विश्वास हुँदैन ।
अब्राहाम कुपर, ईश्वरशास्त्री, पत्रकारसाथै राजनीतिज्ञ
ख्रीष्टियान विश्वास सबैभन्दा युक्तिसङ्गत विश्वदृष्टि हो भनी म पूर्णतः विश्वस्त छु ।
रबि जकरिया, ख्रीष्टियान रक्षाशास्त्री, लेखकसाथै प्रचारक
ख्रीष्टियान विश्वासको मुटुमा येशूको मृत्यु र पुनरुत्थानको कथा छ ।
जोन ओर्टबर्ग, लेखक, वक्तासाथै पास्टर
ख्रीष्टियान विश्वास … आधारभूत रूपमा प्रेम, प्रेम गरिने र मिलापको विषयमा हो । यी कुराहरू अति नै महत्त्वपूर्ण छन्, ती आधारभूत छन् र तिनले व्यक्तिसाथै परिवारलाई रूपान्तरण गर्न सक्छन् ।
फिलिप यान्सी, ख्रीष्टियान लेखक
म ख्रीष्टको शारीरिक पुनरुत्थानमाथि विश्वास गर्दछु । यो मेरो ख्रीष्टियान विश्वासको कुने–ढुङ्गो हो ।
फ्रान्सिस कोलिन्स, ख्रीष्टियान वैज्ञानिक
तर्क विश्वासको पूर्वानुमान हो र विश्वास तर्कको समाप्ति हो ।
पावल तिलिक, ख्रीष्टियान दार्शनिकसाथै ईश्वरशास्त्री
विश्वास भनेको तपाईंले पूरै भर्याङलाई नदेख्नु भए तापनि तपाईंले चाल्ने पहिलो कदम हो ।
मार्टिन लुथर किङ्ग जुनिएर, पास्टर, अभियन्तासाथै मानवतावादी
विश्वासले प्रश्नहरूलाई नामेट गर्दैन । तर तिनलाई कहाँ लैजाने भनी विश्वासलाई थाहा छ ।
एलिजाबेथ एलिअट, लेखिकासाथै वक्ता
विश्वास साक्षीको विपरीत छैन, विश्वास साक्षीभन्दा पर जान्छ । विश्वासले तर्कलाई बेवास्ता गर्दैन, तर विश्वासले तर्कको प्रतीक्षा पनि गर्दैन । विश्वास भरोसा गर्ने छनोट हो जुन हामी हरेक दिन गर्छौं ।
चार्ल्स सिन्डोल, लेखक, पास्टरसाथै रेडियो प्रचारक