ख्रीष्टविनाको धनाढ्य जीवनभन्दा ख्रीष्टसहितको दरिद्रता नै बेस

ख्रिस्टाब्द १७३६ मा अमेरिकामा जन्मेका प्याट्रिक हेन्‍री अमेरिकाका वकिलसाथै राजनीतिज्ञ थिए । स्वतन्त्रताका योद्धा तिनी यस भनाइको लागि तिनी परिचित छन्, “मलाई कि स्वतन्त्रता दिनुहोस् कि भने मृत्यु ।”

वक्ताको रूपमा कहलाइएका प्याट्रिकको इच्छा–पत्रको अन्तिम अनुच्देछमा यसरी लेखिएको छ, “अब मैले मेरा सबै सम्पत्ति मेरो परिवारको लागि तयार पारेको छु । एउटा थप कुरो पनि छ जुन म तिनीहरूलाई दिने इच्छा गर्दछु र त्यो हो ख्रीष्टियान आस्था । यदि तिनीहरूसित यो छ र मैले तिनीहरूलाई एक कौडी पनि दिइनँ भने पनि तिनीहरू धनी हुने छन् । तर तिनीहरूसित यो छैन र मैले तिनीहरूलाई सारा संसार दिएँ भने पनि तिनीहरू गरिब हुने छन् ।”

ख्रीष्टलाई नपाईकन धनाढ्य भएर मर्नुभन्दा बरु ख्रीष्टलाई पाएर दरिद्र भएर मर्नु बेस हुन्छ । येशू आफैले भन्नुभयो, “सारा जगत् प्राप्त गरेर पनि आफ्नो प्राण गुमायो भने, मानिसलाई के लाभ हुन्छ ? अथवा मानिसले आफ्नो प्राणको सट्टामा के दिन सक्छ ?” (मत्ती १६:२८) ।

Facebook Comments

Powered by Youth Circle