विश्वास र विज्ञानको सम्बन्धबारे १६ ओटा शानदार भनाइ

मेरो विज्ञानले मलाई संसार विज्ञानद्वारा व्याख्या गर्न सकिनेभन्दा ज्यादै जटिल छ भन्ने निष्कर्षमा पुर्‍यायो । अस्तित्वको रहस्यलाई म केवल अलौकिकताद्वारा बुझ्न सक्दछु ।

अलान स्यान्डेज, खगोलविद्

विज्ञानले हामीलाई कार र चालक मात्र उपलब्ध गराउँछ तर कहाँ हाँक्ने भनेर यसले हामीलाई बताउँदैन ।

जर्ज लन्डवर्ग, समाजशास्त्री

धर्मविनाको विज्ञान लङ्गडो हुन्छ र विज्ञानविनाको धर्म अन्धो हुन्छ ।

अल्बर्ट आइन्स्टाइन, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

विश्व अचम्म रीतिले व्यवस्थापन गरिएको र यसले केही नियमहरूलाई पालन गरेको देख्छौँ हामी । तर ती नियमहरूलाई हामी अस्पष्ट रूपमा मात्र बुझ्दछौँ । हाम्रा सीमित समझले तारा मण्डलहरूलाई क्रियाशील बनाउने रहस्यपूर्ण शक्तिलाई बुझ्न सक्दैन ।

अल्बर्ट आइन्स्टाइन, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

मेरो लागि सर्वोच्च चेतनाले यो विश्वासलाई अस्तित्वमा ल्यायो र मानिसलाई सृष्टि गर्‍यो भन्ने बोधसँगै विश्वासको थालनी हुन्छ । यस्तो किसिमको विश्वास राख्न मलाई कुनै कठिनाइ छैन किनकि जहाँ योजना हुन्छ त्यहाँ चेतना हुन्छ भन्ने कुरो अपरिवर्तनीय छ । सुव्यवस्थित, प्रकट भइरहेको विश्वले सर्वाधिक वैभवशाली कथनको सत्यताको गवाही दिन्छ जुन कथनले भन्छ, “आदिमा परमेश्वरले … ।”

आर्थुर कम्प्टोन, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

भौतिक संसारबारे हाम्रो वैज्ञानिक समझद्वारा देखाइएको अत्युत्तम सुव्यवस्थित अवस्थाले अलौकिकताको माग गर्दछ ।

भेरा किस्टियाकोस्की, भौतिकशास्त्रीसाथै शिक्षक

भौतिकशास्त्रले मलाई परमेश्वरको नजिक लग्यो । विज्ञानमा मेरा वर्षहरूभरि नै त्यो विचार ममा रहिरह्यो । मेरा विद्यार्थीहरूमध्ये कोही एक जना वैज्ञानिक प्रोजेक्ट लिएर मकहाँ आउँदा मैले एउटा प्रश्न सोध्थेँ, “के यसले तपाईंलाई परमेश्वरको नजिक लैजाने छ ?”

एसिडोर आइज्याक रबी, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

विज्ञानले विश्वको संयन्त्रलाई जान्न खोज्छ जब कि धर्मले यसको अर्थलाई । यी दुईवटालाई अलग गर्न सकिँदैन ।

चार्ल्स टाउनेस, भौतिकशास्त्री, अन्वेषकसाथै नोबेल पुरस्कार विजेता

मलाई लाग्छ, विश्व र जीवका आश्चर्यहरूसित जुध्नुपर्दा कसरी मात्र नभएर किन भनेर पनि सोध्नुपर्छ । एउटै मात्र सम्भाव्य उत्तर भनेको धर्म हो । … विश्व र मेरो व्यक्तिगत जीवनमा म परमेश्वरको आवश्यकतालाई देख्छु ।

आर्थुर एल. स्काओ, भौतिकशास्त्रीसाथै नोबेल पुरस्कार विजेता

म ईश्वरशास्त्री हुन चाहन्थे । लामो समयसम्म म बेखुसी भएँ । तर अहिले खगोल विज्ञानमा पनि मेरो कामद्वारा परमेश्वरको प्रशंसा भएको छ ।

जोहानन केप्लर, गणितज्ञसाथै खगोलविद्

सोचाइको साँचो स्वतन्त्रताबाट कोही पनि भयभीत नहोस् । सोचाइ र आलोचनामा हामी स्वतन्त्र होऔँ । तर स्वतन्त्रतासहित हामी विज्ञान धर्मको विरोधी होइन तर यसको सहायता हो भन्ने निष्कर्षमा आउनुपर्छ ।

लर्ड केल्भिन, भौतिकशास्त्रीसाथै इन्जिनिएर

विज्ञानमा भएका मेरा अनुभवहरूले मलाई परमेश्वरतर्फ डोर्‍याए । तिनले विज्ञानलाई परमेश्वरको अस्तित्वलाई प्रमाणित गर्न चुनौती दिन्छन् । तर के सूर्यलाई हेर्न हामीले साँच्चै मैनबत्ती बाल्नुपर्छ र ?

भोन बारुण, इन्जिनिएरसाथै रकेट विज्ञानका पिता

जसरी प्रकाश र विद्युत एक-अर्कामा अन्तर्विरोधी छैनन् त्यसै गरी विज्ञान र धर्म पनि परस्पर विरोधी होइनन् ।

विलियम हिराम

विज्ञानले अनुसन्धान गर्छ, धर्मले अर्थ खोल्छ । विज्ञानले मानिसलाई ज्ञान प्रदान गर्छ जुन शक्ति हो, धर्मले मान्छेलाई बुद्धि दिन्छ जुन नियन्त्रण हो । विज्ञान मूलतः सत्यतासित सम्बन्धित छ, धर्म मूलतः मूल्य–मान्यतासित सम्बन्धित छ । यी दुई प्रतिद्वन्द्वी होइनन्, तर पुरक हुन् ।

मार्टिन लुथर किङ्ग, पास्टर, अभियन्तासाथै मानवतावादी

यदि हामीले विज्ञानलाई परमेश्वरको सिंहासनसित जोड्न इन्कार गर्‍यौँ भने यो केवल सत्यताको थुप्रो हुन्छ, सत्यताले बनेको सुनको सिक्री होइन ।

फ्रान्सिस पी. कोबे, लेखिकासाथै सामाजिक सुधारक

परमेश्वरको वैभवशाली र उदेकको सृष्टिलाई अनुसन्धान गरी विज्ञान वास्तवमै आराधनाको माध्यम बन्न सक्छ ।

फ्रान्सिस कोलिन्स, वैज्ञानिक

Facebook Comments

Powered by Youth Circle