येशूले भन्नुभएको थियो, “म त तिनीहरूले जीवन पाऊन्, र त्यो प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ” (यूहन्ना १०:१०) । येशूको आगमनको एउटा उद्धेश्य थियोः मानव-जातिलाई प्रशस्तताको जीवन दिनु । ती मानिसहरू जसले येशूबाट प्रशस्तताको जीवनको अनुभव गरेका थिए तिनीहरूले संसारका मनग्गे क्षेत्रमा रूपान्तरण ल्याए: यसको नीतिशास्त्र, स्वास्थ्य, शिक्षा, अर्थतन्त्र, विज्ञान, कानुन, कला, साहित्य, सङ्गीत, सरकार इत्यादि । यस भिडियोमा तपाईंले येशूको आगमनले ल्याएको रूपान्तरणका निम्न लिखित ७ ओटा उदाहरण पाउनुहुने छः
१. येशूको जन्मले पात्रोलाई दुई भागमा विभाजन गर्यो ।
२. येशूको शिक्षाको प्रभावमा दास प्रथा उन्मूलन गरियो ।
३. येशूले दया र परोपकारको क्षेत्रमा परिवर्तन ल्याउनुभयो ।
४. येशूले लैङ्गिक समानताको पक्षमा वकालत गर्नुभयो ।
५. येशूको आगमनले शिक्षाको उन्नतिमा उल्लेखनीय प्रभाव पार्यो ।
६. येशूको शिक्षाको प्रभावमा नै अस्पतालहरू निर्माण गरिए ।
७. येशूका अनुयायीहरूले आधुनिक विज्ञानको उदय गराए ।