बाइबल आधुनिक समयमा लेखिएको वैज्ञानिक पाठ्यपुस्तक होइन, तर प्राचीन समयमा लेखिएको धार्मिक ग्रन्थ हो । तरै पनि बाइबलले यस्ता वैज्ञानिक सत्यताहरूलाई अभिलिखित गरेको छ जसले एउटा सचेत, तार्किकसाथै बौद्धिक व्यक्तिलाई छक्क पार्छन् । आधुनिक समयमा पत्ता लगाइएका ती मनग्गे वैज्ञानिक आविष्कारहरूलाई बाइबलले हजारौँ वर्ष पहिले नै उल्लेख गरेका थिए भन्ने सत्यताले तपाईं र मेरो आश्चर्यको सिमा झनै बढाइदिन्छ । यहाँ हामी सातवटा त्यस्ता आविष्कारलाई सङ्क्षिप्त रूपमा ध्यान दिनेछौँ ।
१. यो विश्व (अर्थात् युनिभर्स) को एउटा निश्चित बिन्दुमा आरम्भ भयो (उत्पत्ति १:१) ।
२. पृथ्वी शून्यतामा झुण्डिएको छ (अय्यूब २६:७) ।
३. जीवको उत्पत्ति जीवबाट मात्रै हुन्छ (उत्पत्ति १:११-१२; २४-२५) ।
४. पानीको एउटा चक्र छ (अय्यूब ३६:२७-२८) ।
५. जीवधारीको प्राण त्यसको रगतमा हुन्छ (लेवी १७:११) ।
६. आकाशमा ताराहरू अनगिन्ती छन् (यर्मिया ३३:२२) ।
७. सूर्यले परिक्रमा गर्छ (भजनसंग्रह १९:४-६) ।