के रायोको बिउ सबैभन्दा सानो बिउ हो (मत्ती १३:३१-३२) ?

“येशूले तिनीहरूलाई अर्को दृष्‍टान्‍त भन्‍नुभयो, ‘स्‍वर्गको राज्‍य रायोको दानाजस्‍तो हो, जो एक जना मानिसले लगेर आफ्‍नो बारीमा छर्‍यो । त्‍यो सबै बीउहरूमा सानो हुन्‍छ, तर जब बढ्‌छ, तब त्‍यो सबै सागपातहरूभन्‍दा ठूलो हुन्‍छ र रूख नै भइहाल्‍छ । आकाशका चराचुरुङ्गीहरू आएर त्‍यसका हाँगाहरूमा गुँड़ लाउँछन्'” (मत्ती १३:३१-३२) । के येशूले भन्नुभएजस्तै रायोको बिउ (अङ्ग्रेजीमा मस्टार्ड सिड) “सबै बीउहरूमा सानो” अर्थात् सबैभन्दा सानो बिउ हो ?

रायोको बिउभन्दा पनि सानो बिउ अस्तित्वमा छ । उदाहरणको लागि, अर्किडको बिउ धुलोको कणजस्तै सानो हुन्छ । संसारमा रायोको बिउभन्दा पनि साना बिउहरू छन् भने येशूको भनाइको मतलब के हो त ?

येशूले रायोको बिउलाई सारा दुनियाँभरिका बिउहरूसित तुलना गरिरहनुभएको छैन, तर प्यालेस्टाइनमा उपलब्ध हुने बिउहरूसित मात्र तुलना गरिरहनुभएको छ भन्ने भनाइमा जवाफ पाइन्छ । कालो रायोको बिउ पहिलो शताब्दीमा त्यस भूभागका कृषकले छर्ने सबैभन्दा सानो बिउ थियो । यो बढेपछि झन्डै १२ फिट जत्तिको अग्लो हुन्छ र येशूले भन्नुभएझैँ आकाशका चराचुरुङ्गीहरूले त्‍यसका हाँगाहरूमा गुँड लाउँछन् ।

मत्ती १३ अध्यायको सन्दर्भले प्रस्ट पार्छ कि येशूले वनस्पतिविज्ञहरूको अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गरिरहनुभएको छैन, तर स्थानीयहरूको भिडलाई । तसर्थ, भौगोलिक दृष्टिकोणबाट रायोको बिउ येशूले भन्नुभएझैँ सबैभन्दा सानो बिउ थियो ।

Facebook Comments

Powered by Youth Circle