कोरोना: आफ्ना सैनिक अधिकारीको निम्ति प्रार्थना गर्दै सुरक्षाकर्मीहरू

हेरिस काउन्टी सेरिफ्स अफिस अमेरिकाको टेक्सासस्थित कानुन कार्यान्वयन गर्न लगाउने सरकारी संस्था हो जसले हेरिस काउन्टीका ४० लाखभन्दा बेसी नागरिकको सेवा गर्दै छ ।[i] यस अफिसका सैनिक अधिकारी (सर्जन) रेमोन्ड स्कोलविन्सी हुन् । तिनी विगत २६ वर्षदेखि यस पदमा रहेका छन् । कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमणको पुष्टि भएपछि तिनी उपचारको लागि आईसीयुमा छन् ।

१५ अप्रिलमा रेमोन्डको कार्यालयका कर्मचारीहरू कार्यालयअगाडि जम्मा भए, प्रार्थनाको लागि । कोरोना भाइरसको विरुद्धमा लड्न तिनीहरूले शक्तिशाली प्रार्थना गरे । प्रार्थनामा सहभागी भएकाहरूले एक-अर्काबिच कम्तीमा छ फिटको दूरी कायम गरी सामाजिक दूरीको नियमलाई पालना मात्र गरेनन्, तर भाइरसको फैलावटलाई कम गर्न फेस मास्क पनि लगाए ।

रेमोन्डका छोरा ब्राएन सहभागीहरूमध्ये एक थिए जसले बिन्ती गरे, “मेरा बुबा, हाम्रो परिवार र स्वास्थ्यकर्मीहरूलाई सम्झेर प्रार्थना गरिदिनुहोला ।”[ii]

आआफ्ना हात उचाली तिनीहरूले प्रार्थना चढाए । रेमोन्डका छोरा ब्राएनको शरीरलाई छोई लप्टन सानोन बाउडिनले प्रार्थनाको अगुवाइ गरेका थिए । तिनले भने, “हे पिता, अहिले हामी तपाईंकहाँ आउँछौँ । येशूको नाउँमा म तपाईंकहाँ आउँछु । हे पिता, तपाईंले यो परिवारलाई छुनुहोस् भनी म बिन्ती गर्दछु । हे प्रभु, म खास गरी यही अनुरोध गर्दछु कि जुन अस्पतालको कोठामा रेमोन्ड छन् ठिक अहिले तपाईं त्यहाँ ओर्लनुहोस् । … तपाईंको सार्वभौम ताकत, शक्ति र अधिकारले तिनको शरीरको हरेक कोषमा छोइदिनुहुन्छ कि ? हे पिता, हामी हरेकलाई तपाईंको उपस्थितिले आशिषित तुल्याउनुहोस् । हामी हरेकले जान्न सकेका हौँ कि तपाईंले हामीलाई कहिल्यै छाड्नुभएको छैन, न त त्याग्नुभएको छ ।”[iii]

सर्जन रेमोन्ड आईसीयु कोठामा एकलै भए तापनि कोरोना भाइरस महामारी विरुद्धको लडाइँमा तिनी एकलै छैनन् । यी सुरक्षाकर्मीहरूले आफ्ना सङ्गी अधिकारीको निम्ति जे गरे, त्यो केवल दयाको कार्य थिएन । किनकि कसैको लागि प्रार्थनामा समय बिताउनु एउटा सुन्दर कार्य हो । सबैले ती सैनिक अधिकारीको पूर्ण चङ्गाइ र शीघ्र स्वास्थ्यलाभको निम्ति प्रार्थना गरे ।[iv]

मिडियाकर्मीहरू सही सूचना दिएर कोरोना भाइरसको विरुद्धमा लड्दै छन् भने स्वास्थ्यकर्मीहरू उपचारमा खटिएर आफ्नो भूमिका निर्वाह गर्दै छन् । राजनीतिज्ञहरू नीति-नियम बनाएर यस अदृश्य शत्रुको विरुद्धमा सङ्घर्ष गर्दै छन् भने सुरक्षाकर्मीहरू पहरा दिएर सक्रिय छन् । हामी ख्रीष्टियानहरू अन्य विविध सहयोगसँगै घुँडा टेकी यस कहरको विरुद्धमा लडिरहेका छौँ । प्रार्थनाको शक्तिलाई कहिल्यै शङ्का नगर्नुहोस् किनकि एउटा सानो प्रार्थनाले तपाईंको जीवन सदाको लागि बद्लन सक्छ ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/Harris_County_Sheriff%27s_Office Accessed on 26 April 2020

[ii] https://shareably.net/officers-prayer-sergeant-covid-19/ Accessed on 26 April 2020

[iii] https://www.facebook.com/HCSOTexas/videos/233068154742755 Accessed on 26 April 2020

[iv] https://godtv.com/police-officers-pray-fellow-officer-covid-19/ Accessed on 26 April 2020

Facebook Comments

Powered by Youth Circle