कोरोना प्रभाव: २१% गैरख्रिस्टियानले बाइबल पढ्न सुरु गरे

९८ लाख वर्ग किलोमिटरमा फैलिएको अमेरिका (युएसए) संसारको चौथो ठुलो मुलक हो ।[i] २०१९ को अनुमानअनुसार यहाँको जनसङ्ख्या ३२ करोड रहेको छ ।[ii] यहाँका ६५% मानिस ख्रीष्टियान छन् ।[iii]

कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमितहरूको सूचीमा अहिले अमेरिका पहिलो नम्बर छ ।[iv] हालसम्म १२,७३,७९२ जना सङ्क्रमितहरूमध्ये अमेरिकामा ३,३६,८३० जना रहेको छ । यसको अर्थ हुन्छ कि संसारभरिका कोरोना सङ्क्रमितहरूमध्ये एक-चौथाइभन्दा बेसी अर्थात् २६% अमेरिकामा नै छन् । कोरोना सङ्क्रमणको कारण अमेरिकाले ९,६१८ जना आफ्ना नागरिक गुमाइसकेको छ भने १७,९७७ जना निको पनि भएका छन् ।[v]

मिडियाहरूले कोरोना भाइरस (कोभिड-१९) को महाव्याधिबारे त्रास पैदा गर्ने नकारात्मक शीर्षकहरू राखे तापनि परमेश्वर अझै पनि पुनर्स्थापनाको काममा व्यस्त हुनुहुन्छ । सारा विश्वको निम्ति भएको उहाँको असल र सिद्ध योजनालाई रोक्न सकिँदैन । हालैको नयाँ खोजले प्रकट गरेको छ कि यस महामारीको बिचमा पवित्र आत्माले ख्रीष्टियानहरूलाई मात्र नभएर गैरख्रिस्टियानहरूलाई पनि परमेश्वरको नजिक ल्याउँदै हुनुहुन्छ ।

कोरोना भाइरसले निम्त्याएको यस सङ्कष्टमय अवस्थामा करिब २१% गैरख्रिस्टियानले बाइबल पढ्न सुरु गरे भनी हालैको अध्ययनले देखाएको छ । द जोसुआ फन्डद्वारा गरिएको एउटा सर्वेक्षणमा यो नतिजा देखिएको हो । म्याकलाउग्लिन र उनका सहकर्मीहरूले १,००० जना अमेरिकी ख्रीष्टियानसाथै गैरख्रिस्टियानसित अन्तर्वार्ता लिएका थिए ।

प्रतिक्रिया दिनेहरूमध्ये ४४% काअनुसार यो महामारी एउटा जगाउने बोलावट हो । यस विश्वव्यापी कहर र आर्थिक डामाडोलले हामीलाई सजग मात्र गराएको छैन तर परमेश्वरमा विश्वास गर्न फर्काएको पनि छ ।[vi]

फेथवाएरमा लेखिएको छ कि झन्डै पाँच जनामा एक जना गैरख्रिस्टियान (अर्थात् २१.५%) ले भने कि यस सङ्कटमय परिस्थितिले गर्दा तिनीहरूले “बाइबल पढ्न थालेका छन् र अनलाइनमा बाइबलीय शिक्षा र ख्रीष्टियान प्रवचनहरू सुन्न थालेका छन् ।”[vii]

अध्ययनले यो पनि प्रकट गरेको छ कि यी गैरख्रिस्टियानहरू अनलाइनमा बाइबलीय भविष्यवाणीबारे खोज्न उत्सुक छन् । “मानव-जातिको लागि परमेश्वरको भावी योजना र परिवारसाथै मित्रहरूसित गरिने आत्मिक बातचित” जस्ता विषयहरू तिनीहरूको खोजीमा परेका छन् ।

अर्कोतिर, ४०.१% ख्रीष्टियानले जवाफ दिएका छन् कि तिनीहरूले पहिलेभन्दा बेसी बाइबल पढ्न थालेका छन् । हिजोआज ख्रीष्टियानहरूमा अनलाइनमा नै बाइबलीय शिक्षा र प्रवचनहरू सुन्ने झुकाव बढेको छ । यी ४०.१% ख्रीष्टियानहरूले पनि बाइबलीय भविष्यवाणीहरूबारे खोजी गर्न उत्सुकता देखाएका छन् र मानव-जातिको लागि परमेश्वरको भावी योजनाबारे खोज्न पनि त्यत्तिकै रुचि लिएका छन् ।[viii]

 

सन्दर्भ स्रोतहरू:

[i] https://en.wikipedia.org/wiki/List_of_countries_and_dependencies_by_area Accessed on 6 April 2020

[ii] https://en.wikipedia.org/wiki/United_States Accessed on 6 April 2020

[iii] https://en.wikipedia.org/wiki/Christianity_in_the_United_StatesAccessed on 6 April 2020

[iv] https://www.worldometers.info/coronavirus/#countries Accessed on 6 April 2020

[v] https://www.worldometers.info/coronavirus/country/us/ Accessed on 6 April 2020

[vi] https://godtv.com/non-christians-coronavirus-pandemic-bible/ Accessed on 6 April 2020

[vii] https://www.faithwire.com/2020/04/02/21-5-of-non-christians-say-coronavirus-pandemic-has-led-them-to-start-reading-the-bible-study-finds/ Accessed on 6 April 2020

[viii] Ibid.

Facebook Comments

Powered by Youth Circle