कोरोनाविरुद्ध लड्न ब्राजिलद्वारा राष्ट्रिय प्रार्थना तथा उपवास दिनको घोषणा

लेखकसाथै पास्टर डेभिड जेरेमियाले प्रार्थनाको शक्तिबारे शानदार ढङ्गमा व्यक्त गरेका छन्, “प्रार्थना एउटा यस्तो मार्ग हो जसद्वारा तपाईं/ले शैतानलाई पराजित गर्नुहुन्छ; हराएकाहरूकहाँ पुग्नुहुन्छ; विश्वास त्याग गरेकोलाई पुनस्थापित गर्नुहुन्छ; सन्तहरूलाई मजबुत पार्नुहुन्छ; मिसनरीहरूलाई बाहिर पठाउनुहुन्छ; बिरामीलाई निको पार्नुहुन्छ; असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ ।”[i]

ब्राजिल दक्षिण अमेरिकामा मात्र नभई ल्याटिन अमेरकामा पनि सबैभन्दा ठुलो मुलुक हो । नेपालभन्दा ५८ गुणा ठुलो ब्राजिलको क्षेत्रफल ८५ लाख वर्ग किलोमिटर रहेको छ । २०१९ को अनुमानअनुसार यहाँ २१ करोड जनसङ्ख्या  बसोबास गर्छन् ।[ii] संसारको पाँचौँ ठुलो देश ब्राजिलमा ८९% मानिस ख्रीष्टियान छन् ।[iii]

कोरोना सङ्क्रमित देशहरूको सूचीमा हाल ब्राजिल सोर्‍हौँ स्थानमा छ ।[iv] यहाँ १०,३६० जना कोरोना भाइरस (कोभिड-१९) बाट सङ्क्रमित भएका छन् भने ४४५ जनाको ज्यान गइसकेको छ; १२७ जना निको भएका छन् भने २९६ जनाको अवस्था गम्भीर छ ।[v]

कोरोना भारइसको प्रभाव बढ्दै गएपछि ब्राजिलका वर्तमान राष्ट्रपति जाइर बोल्सोनारोले राष्ट्रिय प्रार्थना तथा उपवास दिनको घोषणा गरे । कोरोना कहरको विरुद्धमा लड्न ब्राजिलले हिजो आइतबार प्रार्थना र उपवासमा समय बिताएको थियो ।

कोरोना भाइरसबाट मानिसहरूको मृत्युदर बढ्दै गएपछि राष्ट्रपति बोल्सोनारोको व्यवस्थापनको आलोचना हुन थाल्यो । फलत: तिनले इभान्जलिकल पास्टरहरूसित भेटघाट गरेका थिए । अनलाइन साइट रेउटर्समा बताइएअनुसार प्रार्थना र उपवासअगि राष्ट्रपतिले रेडियो स्टेसनलाई बताएका थिए, “पास्टरहरूसाथै धार्मिक अगुवाहरूसित मिलेर हामी ब्राजिलबासीहरूद्वारा प्रार्थना दिनको आव्हान गर्छौं ताकि जतिसक्दो चाँडो यस दुष्ट्याइँबाट ब्राजिलले उन्मुक्ति पाउन सकोस् ।”[vi]

ब्राजिलका इभान्जलिकल पास्टर मार्को फेलिकानोले भनेका छन्, “ब्राजिल गम्भीर सङ्कटमय परिस्थितिमा छ । दुष्टका शक्तिहरू परमेश्वरको भय मान्ने ख्रीष्टियान राष्ट्रपति र परिवारको रक्षकको विरुद्धमा खडा हुँदै छन् ।”[vii]

हामी जतिसुकै कठिन घडिमा भए तापनि प्रार्थनाको शक्तिलाई कहिल्यै उपेक्षा गरिनुहुँदैन । इतिहासका ठुलठुला रूपान्तरणमा प्रार्थनाको भूमिका छर्लङ्ग छ । येशूका भाइ याकूबद्वारा लिखित वचन झन्डै दुई हजार वर्ष पुरानो भए तापनि आज पनि उत्तिकै सान्दर्भिक छ, “धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्‍छ” (याकूब ५:१६) ।

 

सन्दर्भ स्रोतहरू:

[i] https://www.azquotes.com/author/7419-David_Jeremiah Accessed on 5 April 2020

[ii] https://en.wikipedia.org/wiki/Brazil Accessed on 5 April 2020

[iii] https://en.wikipedia.org/wiki/Religion_in_Brazil Accessed on 5 April 2020

[iv] https://www.worldometers.info/coronavirus/ Accessed on 5 April 2020

[v] https://www.worldometers.info/coronavirus/country/brazil/ Accessed on 5 April 2020

[vi] https://www.reuters.com/article/us-health-coronavirus-brazil-bolsonaro-idUSKBN21L3DL Accessed on 5 April 2020

[vii] https://www1.cbn.com/cbnnews/world/2020/april/god-above-all-brazils-president-calls-for-national-day-of-prayer-and-fasting-to-fight-coronavirus?fbclid=IwAR16kf0_nXNTGK7nyasDJ9KwJcMg1VrKTyKX5oqKVWPN7QDzLWflsY6CL_c

Facebook Comments

Powered by Youth Circle