कोरोना भाइरस जाँचको लागि मण्डलीले ढोका खोल्यो

अलाबामा अमेरिकाको दक्षिण-पूर्वमा अवस्थित राज्यको नाम हो । भौगोलिक हिसाबले ३० औँ ठुलो[i] यस राज्यमा हालसम्म ६२७ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।[ii]

यही राज्यमा अवस्थित एउटा मेगाचर्चको नाउँ हो, चर्च अफ द हाइल्यान्ड्स । ख्रिस्टाब्द २०१८ सम्म यो अलाबामा राज्यकै सर्वाधिक ठुलो र अमेरिकाकै दोस्रो ठुलो मण्डली हो ।[iii]   साधारणतया २,००० भन्दा बढी सदस्य भएको मण्डलीलाई मेगाचर्च भनिन्छ ।

चर्च अफ द हाइल्यान्ड्सले कोरोना भाइरस जाँचको लागि आफ्नो मण्डलीको ढोका खोलेको छ । वेबसाइटमा जारी विज्ञप्तिअनुसार बिहान दैनिक बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म मण्डली जाँचको लागि खुला हुन्छ र स्वास्थ विभागको सहकार्यमा उसले यसो गरेको छ ।[iv] दैनिक ५०० जनाको जाँच गर्ने लक्ष्य लिएको यस मण्डलीको फेसबुक पेजमा भनिएको छ, “जाँच गर्ने स्रोत साधनहरू राष्ट्रिय स्तरमा नै अपुग छन् र ती ज्वरो वा खोकी लागेकाहरूका लागि सीमित छन् ।”[v]

चर्चले भनेको छ, “हाम्रो मण्डली सेवा होइन, तर हाम्रो मण्डलीमा सेवा छ । वास्तवमा मण्डलीको रूपमा हामी को हौँ भन्ने यो एउटा सानो हिस्सा हो ।”

 

सन्दर्भ सामग्रीहरू:

[i] https://en.wikipedia.org/wiki/Alabama Accessed on 28 March 2020

[ii] https://www.worldometers.info/coronavirus/country/us/ Accessed on 28 March 2020

[iii] https://en.wikipedia.org/wiki/Church_of_the_Highlands Accessed on 28 March 2020

[iv] https://www.christianpost.com/news/church-of-the-highlands-opens-coronavirus-testing-site-to-help-up-to-500-people-daily.html Accessed on 28 March 2020

[v] https://www.facebook.com/highlands/posts/10156981050028341 Accessed on 28 March 2020

Facebook Comments

Powered by Youth Circle